17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत मनु लोहोरुङ् October 20, 2013, 12:57 am

सहेकैछु घातहरु थप्दै जाऊ, सही दिन्छु

फूल कुल्ची जाने संग आफै मूर्ति भइ दिन्छु

ढुंगाले नि आड लाग्ने ठाउँ पाउँछ माटोसंग

गर्दिन भो क्यै गुनासो तिमी हिड्ने बाटोसंग

सहनुमै जित सम्झेँ,जे जे दिन्छौ सही दिन्छु

फूल कुल्ची जाने संग आफै मूर्ति भइ दिन्छु

अब देखि जिउन सिक्छु तिमीबिना एक्लै

मेरो संसार बनाउँछु म तिम्रो भन्दा बेग्लै

दुई-चार दिन गाह्रो होला, बरु सही दिन्छु

फूल कुल्ची जानेसंग आफै मूर्ति भइ दिन्छु

सहेकैछु घातहरु थप्दै जाऊ, सही दिन्छु

फूल कुल्ची जाने संग आफै मूर्ति भइ दिन्छु

सितलपाटी-६, संखुवासभा, हाल: न्युयोर्क

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।