एक्लो छु, एक्लो हुँ म दिन कसरी बिताउँ ?
तिमी बिनाको जीवन म कसरी बिताउँ ?
छाडी जानथ्यौ त आयौ नै किन जीवनमा
बिर्सी जानथ्यौ त बस्यौ नै किन यो मनमा
कत्ति निष्ठुरी रहेछौ मलाई बिर्सी देउ भन्छे
अर्का की भैसकें मलाई अब भुली देउ भन्छे
बिर्सन सक्ने भए यसरी किन उदास म हुन्थें
तिमी सम्झंदै जून हेरी म किन रोई बस्थें
एक्लो छु, एक्लो हुँ म दिन कसरी बिताउँ
तिमी बिनाको जीवन म कसरी बिताउँ ?