19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रभु विवश October 19, 2013, 5:31 pm

यो हेराईको जवाफी, नजरसँग प्यार भो

अनयासै कताकता, अधरसँग प्यार भो

उनको मन्द मुस्कानले पागल झै बनाउदा

मुस्कानमा दीपदन्त, लहरसँग प्यार भो

कल्पन्छु म गगनमा सँगै हाम्रो प्रेम यात्रा

ढकमक्क तारा लाग्न,े सगरसँग प्यार भो

जीवन लामो नदी नाउँमा सयर हामी

अंगालोमा बाधिराख्ने, बगरसँग प्यार भो

प्रेमिल नजर गड्दै मनसम्म छाम्न पुग्दा

ममताको बिज रोप्ने, रहरसँग प्यार भो

सित्तलपाटी ६ सिन्धुली , हाल: मन्थली देवकोटा चोक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।