16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल गोपाल झापाली October 20, 2013, 1:46 am
गोपाल झापाली
गोपाल झापाली

छाति भित्र छामि हेरेँ, मुटु सरे जस्तो लाग्यो

मध्य रातमै बर्बराउँछु, ऐठन परे जस्तो लाग्यो ।

किनार सम्म डोर्याउने, धेरै आए जिन्दगीमा,

वारि मलाई एक्लै छाडी सवै तरे जस्तो लाग्यो ।

बचेकैथेँ पानीबाट, आगोबाट जोगिऔंँ भन्थे,

थाह नपाइ भुङ्ग्रै भित्र अब परे जस्तो लाग्यो ।

मनको धुरी फाट्दा टाल्ने, अलिकति मायाँ हुन्थ्यो,

अब छैन केहि पनि, आकाश झरे जस्तो लाग्यो ।

छरे पनि, झरे पनि गर्नु जति गरि सक्यौ,

फूल फुल्ने मौषस पनि अब टरे जस्तो लाग्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।