19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तेजविक्रम कार्की October 26, 2013, 7:52 am

तिमीले गाउने उदास गीत हुँ म

कसैले हारेकेा नमीठेा जीत हुँ म

तान या च्यात अक्षर पखालिएकेा

तिनै चिठ्ठीकेा धमिलेा प्रित हुँ म

थामेर हत्केलामा राखेर के गर्छैा

तिम्रेा प्यास मेट्न नसक्ने सीत हुँ म

भिज्यैा, नभेटीने रित्तेा पर्खार्इ तिम्रेा

जिवन हारेकेा निर्लज्ज रीत हुँ म

चन्द्रनिगाहपुर-१, रैातहट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।