17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शङ्कर शाह March 30, 2008, 7:09 pm

भूल यो कि भ्रम हो आफ्नो बाटो भएछ बेग्लै
सङ्ग साथ हिँड्दा हिँड्दै हामी बाटो  भएछ बेग्लै !
 
जति नै घात गरे पनि आकाशमा चोट देखिन्न
त्यस्तै  हुन  नसकेरै  हामी  बाटो भएछ बेग्लै !
 
कति कमजोर  जीवन छातीभित्र दुःख अटाउन्न
बल्केर दिल एक भाुको फुटी बाटो भएछ बेग्लै !
 
प्रहार  भए  पानीमा घाउ बनेर मेटीहाल्छ
ठेस लाग्दैमा मुखै मोडिई बाटो भएछ बेग्लै !
आशियाना, रंगचोक, गल्कोपाखा-२९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।