थोरै नशा, पिएर उठेँ
भारी मन लिएर उठेँ ।
पीडा जति, मैले लिएँ
खुसी उतै दिएर उठेँ ।
मन गलेन, उनको कतै
आफ्नै ओँठ सिएर उठेँ ।
आज, बेसरी च्यातिएछु
फाटेको मन लिएर उठेँ ।
म चुपचाप रोइरहेँ, छेउमै
आँसुमै निथ्रुक्क भिजेर उठेँ ।
म, मुटु भक्कानिएपछि
दुई हातले थिचेर उठेँ ।
रुँघा ७, रुकुम