जातीयताको भेल
मेरो देषमा उर्लिरहेको छ
मलाई बाटो देखाउने साथी
यस पटक चिप्लिएछ
पश्चिमाहरुको लहै-लहैमा लागेर
जातीयताको बाली भित्र्याउन थालेछ
प्रिय मित्र !
तिमीलाई सोभियतसंघ, युगोसलाभियाको उठीबास
थाहा थिएन र ?
यसबेला सुडान
जातियताको चपेटमा बली रहेको छ
आँफै-आँफैमा युद्ध हुर्काइ रहेको छ
छातीमा हाथ राखेर भनत ?
तिम्रो मनले मानी राखेको छ त ?
तिमी आँफै नेपाललाई
सुडान बनाइ रहेका छौ
हो! षड्यन्त्रको तानाबुनामा
तिमी बहकी रहेछौ
राष्ट्रलाई मृत्युदण्ड पस्किरहेछौ
बिराटनगर