19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अर्थपूर्ण जीवन

कविता डा. सुमन राज ताम्रकार November 9, 2013, 10:26 pm

ठान्छन् काँडेतार सुरक्षा कवच हो,

ठान्छन् बन्दुकको पहरा कर्तुत छोप्ने उपाय हो

तर सकिँदो रहेनछ अपराध छिपाउन

तर सकिँदो रहेनछ अन्याय लुकाउन

जब, विवेकका स्वरहरू

मनहरूबाट फुत्कन्छन्

तब बर्लिनको पर्खाल ढल्छ

इन्क्लाब जुरुक्क उठ्छ

चाउचेस्कु फाँसीमा चढ्छ

इतिहास भनिरहको छ बारम्बार—

मानिस तिमी बाँच

बरू थोरै बाँच तर अर्थपूर्ण बाँच

मानिस ! तिमी मृत्यु भोग

बरू गान्धी मृत्यु भोग

बरू लिंकन मृत्यु रोज

तर बन्दुक र काँडेतार

तिम्रो रक्षक कहिल्यै होइन

बरू भक्षक हुन सक्ला

यो ध्रुवसत्य हो बेलैमा बुझ ।

हालः मन्थली, रामेछाप

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।