जीवनको उत्तरार्धमा छोड्ने पाजीहरुसंग !!
किन जोड्नु नाता हिजोका राजीहरुसंग !!
म त सम्हालिन्छु, मदिराको नसासंगै
छोड्यौ मलाई नाच तिनै दाजीहरुसंग !!
बेसहारा जीन्दगीमा, संकट अनेक थरी
हराई मलाई जित्यौ होला बाजिहरुसंग !!
मन भित्र पीडा लुकाएर, सहारा छुटाएर
अनन्त यात्रा गर्नु तिमि माझीहरुसंग !!
भुल मेरो थिएन, बाध्यतामा टाढा भए
निजि गन्थन नसुनाऊ है काजीहरुसंग !!
दमौली, तनहुँ