16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रेम सेर्मा March 30, 2008, 8:26 pm

प्रजातन्त्र भोग्नेलाई अमन भयो  
भन्नेहरु भन्थे प्रतिगमन भयो ।
 
सहिदको सपना खोज्दै लोक हिड्दा
फेरि पनि त्यहीनेर दमन भयो ।
 
एकापसमा निगरानी गर्दागर्दै  
हुलका हुल गस्तीहरु रमन भयो ।
 
विश्वासको सङ्कट यहा पलाएर
कलम बाध्न तिमीबाट समन भयो ।  
   
सर्पलाई दूध ख्वाई पालेर हो कि
प्रेमको फल विष वमन भयो ।
 माङ्जाबुङे, मोरङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।