चोखोमाया त दिएकै थिए, आवरणमा कमि देख्यो कि त
आउँछु भन्थ्यो डोली लिइ, डाँडैले पो छेक्यो कि त ।
एउटा नाता जोड्न खोज्दा, धेरै होलन् छोड्नपर्ने
आफन्तलाई खुशी पार्न कलिलै माया रेट्यो कि त ।
माया नै ईश्वर हो रे ,ईश्वरको भक्त्ति गर्दै जादाँ
साँचो प्रेम नै बली माग्ने देवीलाई नै भेट्यो कि त ।
दुई पलको जिन्दगी काट्न, तिम्रै याद काफी छ भन्थ्यो
छातीमा गढेको तस्विर आज अनायाशै मेट्यो कि त ।
साथ त सधै दिएकै थिए,पैंचो माग्यो हृदयको धड्कन्
नासो सुम्प्या त्यो मुटुलाई लीलामैमा बेच्यो कि त ।
चोखोमाया त दिएकै थिए, आवरणमा कमि देख्यो कि त
आउँछु भन्थ्यो डोली लिइ, डाँडैले पो छेक्यो कि त ।