14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

शान्ति अधिकारीको शान्ति वाटिका नियाल्दा

कृति/समीक्षा सदानन्द अभागी November 16, 2013, 8:22 am
सदानन्द अभागी
सदानन्द अभागी

परिचय

तार्कु खहरे, लमजुङमा पुर्खौली घर भै तनारागाउँ डोल्पामा आमा अम्बिका र बुबा पदमहरि अधिकारीकी पुत्रीरत्नको रूपमा जन्मेकी शान्ति अधिकारी ( पोख्रेल )को वैवाहिक घर इनरुवा , सुनसरी भै हाल उहाँ स्थायी रूपमा कोहलपुर, बाँकेमा बसोबास गर्दै आउनु भएको छ । उहाँको शिक्षा प्रमाण–पत्र तहसम्म भएको र नेपालगञ्ज नर्सिङ्ग क्याम्पस कोहलपुरमा सम्प्रति रहेको उहाँको व्याक्तिगत विवरणबाट पत्ता लाग्दछ । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर र पल्लव साहित्य प्रतिष्ठान चितवनमा उहाँ सम्लग्न रहनु भएको छ । शान्ति वाटिका शान्तिजीको पहिलो गजलसङ्ग्रह हो । यो गजलसङ्ग्रहको प्रकाशन पल्लव साहित्य प्रतिष्ठान नारयणगढ चितवनले गरेको र यसको विमोचन पनि २०७०÷५÷१० गते पल्लव साहित्य प्रष्ठिानको बार्षिक साहित्यिक सम्मेलनमा भएको थियो । यो कृति मलाई उक्त भव्य साहित्यिक जमघटमा वितरणको रूपमा प्राप्त भएको थियो ।

कृतिको संरचना र कृति र कृतिकार प्रति साहित्यिक अभिव्यक्ति –

शान्ति वाटिका (१२४+२४)=१४८ पृष्ठमा सजिएको छ । यसमा १२४वटा गजलहरू समावेश गरिएका छन् । यसमा प्राय पाँच शेरका गजलहरू समावेश गरिएका छन् । गजल विविधतामा भरिएका छन् र प्रणयभावलाई बाहुल्यरूपमा छरिएका छन् । गजलमा बहरसहितका गजलका शेरहरूको रचना गर्नु पर्ने धारणा र बहररहितका गजलका शेर निमार्ण गरिएका सन्दर्भमा बहस आफ्नो स्थानमा यथावत कायम छन् तर गजलकारहरू भने गजल लेखनमा अग्रसरता देखाई रहेका छन् । समयको प्रवाहले परिवर्तन ल्याउँछ । यी दुवै बहसले गजल लेखनलाई एक दिन आफ्नै किसिमको बोलाई परिमार्जन गर्दै जाने छन् र स्थायित्वमा पु¥याउने छन् । त्यसो हुँन्दा गजललाई लेख्दै जाउँ आफ्नै किसिमको स्थापित्व जमाउँदै जाउँ, भन्ने मेरो मान्यता हो ।

शान्तिबाटिको प्रकाशन, मैले माथि नै उल्लेख गरि सकेको छु कि, पल्लव साहित्य प्रतिष्ठानले गरेको छ र यी गजलहरूलाई धधध।उबििबधब।अयm।लउ मा पनि पढ्न पाइन्छ । प्रकाशकीयमा, पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खे साहिलोले प्रकाशकीय शुभकामना शिर्षमा लेख्नुहुन्छ – ‘आजको यो आधुनिक युगले मानिसहरू संसारको जुनसुकै कुनामा बसेको भए पनि विभिन्न आकाशे तरङ्गहरूले सबैलाई गोलबन्ध गरी सामीप्यता र निकटताको बन्धनले बाँधेको छ । यसैको उपज हो गजलकार शान्ति अधिकारी र शान्ति वाटिका गजलसङ्ग्रह ।’

यस गजलसङ्ग्रहको भूमिका बरिष्ठ साहित्यकार केशवराज आमोदीजीले लेख्नु भएको छ । ‘शान्ति–वाटिका’ मा प्राप्त आनन्दानुभूति छोटो परिचर्चा शीर्षक दिएर आमोजीले गजलको परिभाषा यसरी दिनुहुन्छ – ‘गजल भनेको श्रुतिमधुरताले परिहित, कोमलकान्त पदावलीले आकल्पित एवम् मनोभिराम भावाभिव्यञ्जनाद्वारा अभिप्रशीत यस्तो रमणीय शेर–पुञ्जको माला हो जसको पहिलो थुँगाको रूपमा मत्ला र अन्तिम थुँगाको रूपमा मक्ता रहन्छ । बिम्ब, प्रतीक वा उपमा माध्यमबाट सुकुमार शैलीमा रदिफोकाफियासहित, लयबद्धतामा अभिमण्डित संरचनायुक्त गेयात्मक काव्यिक विधा नै गजल हो ।’

स्वयम् गजलकार शान्ति अधिकारी पोख्रेलले ‘शान्ति मन भित्रका कुरा’ आफ्नो लेखन यात्राको बारेमा, गजलको बारेमा, लेखनको थालनी गर्दा मानिसले चोट धोका केही न केही घटनामा परेर मात्र लेखनको थालनी गर्ने सर्जकहरू हुन्छन् भन्ने धारणा र यस्ता धारणामा भने शान्तिजी सहमत नभएको धारणा राख्नुहुन्छ । सिर्जना भनेको साधारणरूपमा सृष्टि गर्नु हो अथवा कुनै चिजको थालनी गर्नु हो । यसलाई नवनिर्माणको रूपमा पनि लिन सकिन्छ । यसप्रकारको कामको थालनी गर्दा कुनै न कुनै वातावरणले लेखकको मनलाई अवश्य छुन्छ र भावनाको उत्पत्ति हुन्छ, ती भावनाका लहरलाई कसैले लिपीबद्धरूपमा कागजमा उतार्छन्, कसैले भावनामा बग्छ तर त्यसलाई जनसमक्ष ल्याउँदैन । शान्तिजी तपाइँ एकातिर घटनाक्रममा परेका (दुख पीडा, प्रेम आदिमा धोका खाएका ) मानिसहरू साहित्यमा लाग्दछन् तर तपाइँको अभिव्यक्तिमा त्यस्तो परिवेशको आधारमा तपाइँ साहित्यमा नलागेको भन्दा भन्दै पनि धनाढ्यको व्यवहार, समाजमा बाच्ने कोही स्वाभिमानी जीवन, मरण, सामाजिक वातावरण ,स्वयम् आफ्नै बहिनीको असामयिक निधनले निम्त्याको पीडा र थालिएको लेखनले सिर्जित(उत्पादन) शान्ति बाटिका विविधताले सजिएका पूmलका थुङ्गाहरू । मानव जीवनमा पार्ने विविध खाले प्रभावहरू नै हुन् जस्ले मानव हृदयलाई छुन्छ , भवनाहरू बग्छन् ती भावनालाई कागजको टुक्रामा छरिन्छ र बन्न जान्छन् काव्य, महाकाव्यहरू ।

अव म तपाइले गजल शेर मार्फत पोखेका अभिव्यक्तिमा केही तर्क वितर्क गर्न चाहान्छु । शान्ति बाटिकामा शन्तिजीले धेरै प्रेमका पूmल रोप्नु भएको छ । गजल विधामा प्रणय–दर्शनले बाहुल्यता छाउनु स्वभाविक पनि हो । प्रणय विधाले अग्रस्थान लिए पनि शान्तिजीका गजलमा विविधता छ । गजल–१मा शान्तिजीले शान्त्बिाटिकामा आइदिन,े मायालाइ दिने, यथार्थताको गीत गाइदिन र यसमा भएका कमीकमजोडीलाई औंल्याइ दिन अनुरोध गर्नु भएको छ । शान्तिजी जसले काम गर्छ त्यसका काममा राम्रो नराम्रोमा विचार विमर्श हुन्छ । कर्महीन व्यक्तिमा कसले के भन्छ र ?

शृङ्गगारिक सरको बाहुल्यता –

यस गजलसङ्ग्रहमा शृङ्गारिक रसमा आधारित शेरहरूको बाहुल्यता छ । उदाहरणको रूपमा केही शेर हे¥यौं–

मीठो मान्दै दिलभित्र पस्यौ सुस्त सुस्त

तिम्रो न्यानो अँगालोमा कस्यौ सुस्त सुस्त (गजल–२, पृष्ठ–२)

दुःख परे झेलौंला नि के को पीर मान्ने

खुसी साटौं अहिले भन्दै डस्यौ सुस्त सुस्त (गजल–२, पृष्ठ–२)

प्रेमको न्यानो अङ्गालोमा मात्र कसिनु नभएर नाता जोड्न नसक्नु नाता जोड्न नसके पनि छोड्न नसक्नु, रगतको नातालाई भन्दा भावनाको मायाले जित्नु, मायालाई मुटु नै सुम्पिनु, बन्दि पुरको यात्रा, उकालो बाटो, हात समाउँदै, सुन्तला छोडाउँदै, मुख रसाउँदै मस्र्याङ्गीका तिरको छलछल कलकल गीत गुञ्जनलाई सुन्दै र घुम्दै यात्रामा गोरखकालीको दर्शन गर्दै सँगै बाच्ने सँगै मर्ने चाहनालाई अङ्गिकार गर्दै यात्रामा रमाउने यी भावनाम सजिएका शेरले साच्चि नै मन छुन्छ । प्रेमलाई कसरी हेर्ने रातमा आउने याद प्रातमा आउने याद, मातमा आउने याद मात्र नभै कल्पनामा आउने खात र मायालुले प्रदान गरेको सौगातमा आउने याद भन्दा पनि जब कुनै अरुहरूलाई साथमा देख्दाको यादले साह्रै सताउँछ । यादै यादको सौगातलाई कसरी पु¥याउनु ती मायालु जोडीको तिर्षनालाई मेट्न, जुगजाने मायालुलाई भेट्न । यस्तै हो कहिले काँही त दिल दियो दर्द लियो ।

प्रेममा शंका हुन्छ, भ्रम हुन्छ, अनि प्रेमी प्रेमिकाले मन मनै गुनगुनाउन थाल्दछन् –माया कतै मोडियोकी, उतै छोडिएको की, अन्तै जोडियोकी, यतिमात्र नभएर कलेजीबाटै तोडीयोकी अमृतको बोट भन्दै विष वृक्ष रोपियो कि, शङका–उपशंकामा नै रूमलिंदा सायद रिस उठ्न सक्छ र शान्तिको भण्डार नै फोडिन सक्ने सम्भावना हुन्छ । शान्तिजी प्रेममा धेरै शंका नर्गुहोस् । थाहा होलानी शङ्काले लङ्क पिरछ भन्ने उखान ।

मायामा कल्पना हुन्छ। कल्पनामा बग्दा बग्दै उनलाई पाउने आशा हुन्छ, पाए पछि मन्दमन्द मुस्काउने मुस्कान बग्छ तर त्यो दिन नपाउँदा आज बगेका छन् अश्रुधारा । चाहे दुनियाले डाहा किन नगरोस् चाहाना छ खुसी साथ जिउन र शान्ति–मुखी अँगालोमा उनी द्वारा नै दाएको दिन पर्खन । मानवग जीवनमा जेजति काम गरिन्छ त्यसमा जैविक आवश्यक्ताको परिपूर्ति गर्न र सृष्टि थाम्नु पनि एउटा गहन काम हो जस्तो लाग्छ । कोही घुसघुसे होला ? कोही प्रष्ट होला तर यो सबैलाई थाहा छ कि यो संसारमा जीवले जैविक आवश्यक्तालाई परिपूर्ति गर्छ गर्छ । यस विषमा गजलकार प्रष्ट छन् । चाहे उनका गजललाई अश्लिल÷सलील जस्ले जे सम्झोस् तर यथार्थतालाई गजलकारले यसरी पस्केकी छन् –

चकमन्न अँध्यारो भो अल्लि नजिक सर

अङ्गालोमा बेरेपछि इच्छा माफिक गर

ह् ह् ह्

मनसँग खेल्दा खेल्दै मायाको त्यो किलो

दिलभित्र धसाई छाड्यो नानाभाँती गर्दै

ह् ह् ह्

राम्रो देखें बिरुवालाई ल्याई सारेंआगनीमा

फुल्ला भनि मलजल गरे फुल्दा खेरी पाती रैछ

ह् ह् ह्

गजलकार प्रेममा आशावादी छन् । मुटुमा नाम लेख्ने नजाऊ भनी बाटो छेक्ने, हाँसो र रोदन देख्ने, पीडालाई उमङ्गमा बदल्ने र लडखडाइ लड्न खोज्दा आधार दिने सायद उनी सिवाय को होला उनका प्रेमीलाई ? जवानी–जोसमा, मान्छे हुँदैन होसमा, पागल सरी भौंतारिँदै यात्रा गर्छ कोसमा, जमानालाई दोष दिँदै, जव उमेरले नेटो काट्छ अनि मात्र आँखा खुल्छन्, तब रुन्छ मान्छे ।

नारीवादी चिन्तन र गजलकारः–

यस गजलसङ्ग्रहमा नारीवादी चिन्तन पनि भेटिन्छ । गजलकार स्वयम् नारी भएर होला, नारीले भोग्न परेका पीडा, नारकीय जीवन विताउनु परेको बाध्यता, रामको परीक्षामा धेरै सीताीहरूले गर्नुपरेका मृत्युवरणका घटनाहरू, स्वास्नी माथि गरिने पशुवत व्यवहार, घरमा श्रीमती छँदाछँदै अर्की भित्र्याउने प्रवृत्ति, छोरी चेली लुटिएका कथा, आफ्नै जन्मदाताले हिटलर बनेर मृत्युवरण गराएका घटनाहरू, दाइजोरूपी बिकृतिमा भोग्न परेको पीडा तथा त्याग्न परेको ज्यान, यौवनलाई किन्ने प्रबृतिसँग हुनुपर्ने सावधानी, आदिमा गजलकारका धारणा प्रष्टिएका छन् । यतिमात्र हैन आज महिलाहरू आधुनिकताको नाममा नाङ्गिने प्रबृति, गलतबाटोतिर लाग्नेबानी र आफ्नो पनबाट टाढिंदै गएको र नारीले आफ्नो कर्तव्यवोध बाट टाढिन गएकोमा चिन्तित हुँदै भगवानसँग रक्षा गर्नको लागि प्रार्थना गरेकी छन् गजलकारले । नारी आज आफैंभित्र हारिदै छन् , झनै पछि पारिदै छन्, नारीलाई अधिकारहीन र पशुवत व्यवहार गरिदैछन् , दाइजोरूपी हिंसामा आज पनि नारी मारिदै छन् यस्तो अवस्थामा नारीदिवस मनाउनुको के औचित्य हुन्छ र ? भन्ने प्रश्नबाची धारणा गजलकारले राखेकी छन् । बास्तवमा नारीदिवस मनाउने नै हो भने यी सबै विकृति र विसङ्गतिबाट नारीले स्वतन्त्रता पाउनु पर्छ र नारीीलाई हक अधिकारबाट सुसम्पन्न गराउनु सक्नुपर्दछ । तबमात्र सार्थक नारीदिवसको कल्पना गर्न सकिन्छ ।

गजलमा विविधता ः–

शान्ति वाटिकामा गजलकारले थरी थरी प्रेमप्रणयका पूmलका जातहरूले सिङ्गारे पनि, देशले भोगेको द्वन्द्व, राष्ट्र र राष्ट्रियताप्रतिको प्रतिबद्धता, राष्ट्र–प्रेम, राष्ट्रिय अखण्डता, सीमा अतिक्रमण, गरिबीको मारमा परेका जनताप्रतिको यथार्थता, जनजीविका÷रोजगारीको कारणले पलायन भएकाहरूको मार्मिक वेदना, मानवता, जीवन–सङ्घर्ष, कर्मशीलभाव, परोपकारिक धारणा आजको फैलिदो मदिरा सेवनको कुलतले निम्त्याएको सामजिक विकृति आदिलाई सुन्दर रूपमा प्रस्तुत गर्नु भएको छ । यी सबै प्रस्तुतिलाई केलाउँदा गजलकारले गजलमा विविधतालाई समेट्ने प्रयास गरेकी छन् । उनका गजलका केही शेरहरू अध्ययन गरौंं–

दाइजोरूपी हिंसाभित्र मरे कति दिदी–बहिनी

कतिलाई खारिदै छ किन मनाउँ नारी दिवश

गजल–१२४, पृष्ठ १२४

गुन्यू–चोली फालिन् उनले रक्षा गर भगवान्

गलत पाइला चालिन उनले, रक्षा गर भगवान्

गजल–१०८, पृष्ठ– १०८

बारुद भर्दा बम फाल्दा आफ्नै मित्र बन्धुत्वको

ज्यानै जाँदा आफन्तको थुकेको सम्झना छ

गजल–७२, पृष्ठ ७२

आफ्नो स्वार्थ पूरागर्न, सलाई दियो देशद्रोहीले

हेर्दा हेर्दै राष्ट्रियता , जलाई दियो देशद्रोहीले

गजल–५८, पृष्ठ– ५८

सलाई बिना पनि आगा,े बल्छ प्रेमभित्र

सम्झी बस्दै शरीर नै, गल्छ प्रेमभित्र

गजल–५२, पृष्ठ– ५२

अन्त्यमा, गजलमा भाषा सरल छ, लेखनकर्म प्रयत्नशील छ, सिङ्गारिक रसमा राम्रैसँग स्नानगर्न सकिन्छ तापनि गजल लेखनमा विविधता छ । केही कमीकमजोडी यहाँ पनि भेटिन्छन् । यी सुधारहुँदै जाने क्रम हुन् । सुन्दर कृतिको सिर्जना भएको छ । गजलकारलाई धन्यवाद दिँदै केही गजलका शेरहरू म पनि पस्कुँ–

शान्ति तिम्रो वाटिकामा प्रणयका पूmल फुले

स्वच्छ भाव, पवित्रामै भमरा नै अति झुले

राष्ट्र अनि राष्ट्रियता, बन्धुभाव, मानवता,

नारीवादी सिङ्गार छर्दै शेरमा यी नै डुले

बृद्धिमुखी देश बनोस हटोस विपन्नता

गर्नु थियो दृढ–चिन्तन् नेताजीले भुले

कासोती–१ शान्तिचोक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।