म दूर हुनुको अर्थ बुझेनौ
म एकसुर हुनुको अर्थ बुझेनौ ।
केके थिए मेरा बाध्यताहरू
म मजबुर हुनुको अर्थ बुझेनौ ।
भन्यौ एक्लै बाँच्न सक्छे सायद्
म मसुर हुनुको अर्थ बुझेनौ ।
दुनियाँले आफ्नै परिभाषा दिए
म बेसुर हुनुको अर्थ बुझेनौ ।
आफैँलाई मार्ने निर्णय अन्तिम
म क्रुर हुनुको अर्थ बुझेनौ ।
सालु–३, रामेछाप ।