पहिलो पहिलो माया किन प्राणभन्दा प्यारो हुन्छ
त्यही माया पछि किन ढु्ङ्गाभन्दा सारो हुन्छ ?
जसको निम्ति सारा जीवन साँचिएको थियो
उसैलाई सम्झिएर बाँच्न किन गाह्रो हुन्छ ?
मया र मन मिलेपछि जातथर नमिल्दैमा
समाजमा जिउन फेरि किन अप्ठ्यारो हुन्छ ?
मनले रोज्या मान्छेसँग जीवन जिउन खोज्दा पनि
आफ्नै परिवार किन किन तगारो हुन्छ ?
यति ठूलो दुनियाँ छ जाबो एउटा साथ छुट्दा
उसको लागि संसार किनकिन अँध्यारो हुन्छ ?
जिन्दगीको बाँच्ने आधार एउटा माया छुटेपछि
जीवन भन्दा मृत्यु नै किनकिन प्यारो हुन्छ ?
गागल भदौरे–४, रामेछाप ।