प्रेम गर्छौं साँच्चै भने जात नसोध
मन परायौ फूल भने पात नसोध
आँखाभित्र सजाएर राख्न सक्छौ राख
चह¥याउँदो विगतको बात नसोध
तिर्खा लाग्छ, आऊ पिऊ, रित्याएर जाऊ
कहाँ बिताएँ अतीतको रात नसोछ
भोको भए भोजन गर, बुत्याएको खाऊ
बासी होस् या साजी होस् भात नसोध
आगोसँग पर बस जल्न सक्छौ नत्र
पग्लिएको जवानीको मात नसोध