19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

त्रिणविन्दु

कविता गुणराज लुइंटेल December 14, 2013, 8:49 pm

आकार शुन्य हुनु,

धारो थोपा बन्नु

पाथी दियोमा बदलिनु

लहरा मुण्टा मै सीमित हुन

आखिर त्रिणबिन्दु कै रुप हैन र ।।

हिमाल खिइदै जानु,

पहाड होचिंदै जानु

सिमाना खुम्चिंदै जानु

बृक्षले पोथ्राको रुप लिनु

आखिर त्रिणबिन्दु कै रुप हैन र ।।

आदर्श पलायन हुंदैजानु,

विश्वास गिर्दै जानु,

बाचा तोडिदै जानु,

घमण्ड बढ्दै जानु

आखिर त्रिणबिन्दु कै रुप हैन र ।।

खगोल विश्रृंखलित हुनु,

तारा झर्न थाल्नु

शमुद्री स्वभाव बदलिनु,

वायु गतिहीन हुनु

आखिर त्रिणबिन्दु कै रुप हैन र ।।

सिङ्गोलाई टुक्र्याउनु

टुक्र्याउने नै चिराचिरा हुनु

म्याराथुनमा कछुवा चाल लिनु

पराजयको नियति हुनु

आखिर त्रिणबिन्दु कै रुप हैन र ।।

पलायनता चुलिंदै जानु,

देश खाली हुंदै जानु,

नेपालित्व भुलिंदै जानु,

सरल मनहरु थुरिंदै जानु

आखिर त्रिणबिन्दु कै रुप हैन र ।।

भर्जिनिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।