सुन एउटा पात्र आउछ, अनि जान्छ !
खोज्छ आफ्नो हिस्सा, अनि लान्छ !
बक्दै थियो, आफन्तमा यस्तो हुन्छ
पराई पनि उस्तै सोच्छ, अनि ठान्छ !
ठोक्किदा नबोल्ने, अपरिचित सम्म
बिर्सियौ आफ्नै मान्छे, अनि तान्छ !
भोकालाई खाना, नांगा लाई कपडा
स्वार्थ सबैजसो लिन्छ, अनि मान्छ !
हिजो धेरै बहस गरेका थियौ, होइन
अनविज्ञता जनाउदै हस्छ,अनि हान्छ !
दमौली तनहुँ