म दुख्न सक्छु भावना नखोल आज बैगुनी
हराउछौ कहाँ कहाँ बिहान साँझ बैगुनी ।
खुलेर प्रेम गर्दिनौ लुकेर हुन्न भन्छु म
डराउछौ अझै तिमी समाज माझ बैगुनी ।
म भुल्न सक्छु भूत त्यो खुलेर भन्न सक्दिन
छ याद साथ साथमा र कामकाज बैगुनी ।
पिएर हेर बैँश त्यो, फुलेर झर्न सक्दछ
नमार चाहनाहरू नमान लाज बैगुनी
हुँदैन भन्न सक्दिनौ दिदैछु प्यार आज नै
बनेर हेर प्रेमिका दिनेछु ताज बैगुनी
(पञ्चचामर छन्द ( बहरे हजज मुसम्मन मखबुज) (मफाइलुन् x ४)
सुनारपानी-९, रामेछाप