परिचय
सर्बप्रथम जनमतका प्रधान सम्पादक मोहन दुवालज्यूलाई धन्यवाद दिंदै, जनमतको यो सिक्किम साहित्य विशेष –१ भित्र प्रवेश गर्न चाहान्छु । मोहन दुवाल एक यस्ता साहित्यकार तथा प्रधान सम्पादक हुनुहुन्छ जस्ले देशकामात्र नभएर प्रदेशका कुनाकाप्चामा रहेर निरन्तर साहित्य सिर्जना गर्ने व्यक्तिहरू जो ओझेलमा परेका छन्, लाई खोजी खोजी त्यस्ता व्यक्तिको बारेमा जनमतमा विशेष स्थान दिएर सबैका सामु साक्षात्कार पारिदिनुहुन्छ । जनमतलाई कहिले व्यक्ति विशेष, कहिले जिल्ला विशेष प्रकाशन गर्दै आउनु भएकोमा यसपटक (२०७०, श्रावण अङ्क) भने सिक्किम साहित्य विशेष लिएर दुवालजी हामी सामु उभिनु भएको छ । यस विशेषले हामी नेपालका साहित्यकारहरूलाई केही सिक्किमका साहित्यकार र साहित्यिक गतिविधिको जानकारी पाउने सुवर्ण मौका मिलेको छ । प्रधान सम्पादक मोहन दुवालजीले यो विशेषलाई सिक्किमप्रतिको सद्भावको रूपमा लिनु भएको छ । अतिथि सम्पादक प्रद्युम्न श्रेष्ठज्यूले यस अङ्कको लागि रचना सङ्कलन गर्न प्रयासरत रहँदा रहदै पनि ‘विशेष सिक्किमका बरिष्ठ साहित्यकारहरूका रचनाहरू प्रायः छुटेका छन् तर जति रचनाहरू यो अङ्कमा प्रकाशित हुनेछन् तिनीहरू अवश्य पनि भाग्यशाली छन् कारण नेपालजस्तो ठूलो फाँटमा यी रचनाहरूले प्रकाश छर्नेछन्’ भन्ने धारणा राख्नु भएको छ । आज नेपालीहरू जहाँ पुगेका छन् त्यहाँ नेपाली साहित्यको सिर्जना हुन थालेको छ भने भारतका विभिन्न प्रान्तहरू( बनारस, आसाम, सिक्किम, दार्जिलिङ, मेघालय, देहरादून आदि)मा त नेपाली साहित्यले गहिरो जरो गाडेको छ । कवि वीरभद्र कार्कीढोली र पद्मश्री केदार गुरुङलाई यस अङ्कमा विशेष महत्व दिइएको देखिन्छ । यस अङ्कले हामी नेपालका साहित्यकारहरूको लागि पनि यो एउटा गौरवको कुरा हो, कारण सिक्किमका साहित्यकार र साहित्यिक लेख रचनाको बारेमा सानोरूपमा भए पनि परिचित हुने मौका दिएकोछ ।
जनमतले समेटेका सिक्किमका कवि र तिनका कविताहरूः–
अर्जुन यावाको ‘प्रार्थनाहरूमा हाम्रो देश’ कविताले धर्मनिरपेक्षताले भरिपूर्ण भएको देशमा यी सबै प्रकारका धार्मिक कार्यले निरन्तरता दिनुपर्छ र धर्मबाटै राष्ट्र एकता र अखण्डता खोजिनु पर्ने, र देशले शान्ति पाउनुपर्छ भनिएकोछ ।
अप्सरा दाहालको कविता ‘रातले विहानीलाई जन्माएपछि’ कवितामा रातले सपनाहरू, निद्राहरुलाई जति फकाए पनि विहानी जन्माउँछ र सूर्यले सबैमा समनताको प्रकाश छर्छन् । विकासका कर्म थालिन्छनर््, भागवानका भक्तहरूले पूजा गर्छन र वरदान माग्दछन् भन्दै रात पछि दिन आउने धारणा प्रष्टयाईको छ ।
चक्रपाणी भट्टराईको ‘सोच–चिन्तन’ कवितामा पूर्णिमाको उज्वालो र दिवाकरले मानव जीवन, सन्तति, सबैलाई प्रकाशिलो पारेर सबै कल्मषलाई फ्याक्ने धारणा लिएकोमा आज त्यो हुन नसकी माया, प्रेम, सहिष्णुता र ममता प्रतिको चिन्तन कसैमा देखिदैन र यस्ता अनेकौं कमीहरूलाई कस्ले पुरा गरिदिन्छन् भनि कविमा मानवीय चिन्तित देखिन्छ । हुन पनि हो ,आजको संसार मानवले सोचेजस्तोरूपमा चल्न सकेको छैन । विश्वमा मानवताको कमी हुँदै गएको छ ।
विन्दा खरेलको ‘व्यस्त जीवन’ कवितामा मानव खान र लाउने आवश्यष्क्ता पूर्तिगर्नमात्र डौडी रहन्छ ‘त्यो सीमित आवश्यक्ताका दौडिने प्रकृयालाई जीवन जिउने प्रकृया स्वीकार्न सकिदैन, समयले पलपल छाड्दै छ र मृत्यु अन्तिम सत्य हो । त्यो जान्दाजान्दै पनि मानवले गल्ती गर्दै जान्छ । गल्ति गर्दा मान्छेले आफ्नो जिम्वेबारी र कर्तव्य के हो भन्ने मात्र नभै आँफूलाई नै भुल्छ र आपूmलाई अजरअमर ठान्छ भन्ने धारण पोखिएको छ । यथार्थतामा मानव जीवन नासबान छ ।कर्तव्यको वोध गरेर मानिस अघि बढ्नु पर्दछ ।
हरिकुमार निरौलाको ‘सम्झौता’ कवितामा मानवले एक कर्म जाने पनि अर्कौ कर्म गर्न सिक्नु खोला एक भए पनि किनारा दुई हुन्छन् जो कहिलै आपसमा मिल्दैनन् । जिन्दगीका विविध भोगाईमा दुबैमा समानता भए पनि एक नदीका दुई किनाराजस्तै कहिलै भेट नहुने दुख, दर्द सबै एकै भए पनि साटासाट हुन नसक्ने भएकोल कविले उनको जिन्दगीको गीतमा सरगमताल नाच्ने धरणा राख्ेका छन् अर्थात सम्झिौतालाई अघिसारेका छन् ।
तेजमान दराइलीको ‘हिमालय पर्वतसँग’को कवितामा कविले हिमालयलाई विविध दृष्टिले उच्च महत्व दिदै मुटु, संस्कार र अनासक्त मानवता ठानेका छन् ।
कपिलमणि अधिकारीको ‘आह्वान तिमीलाइ ’ कवितामा आफ्नो आफ्नो स्थानमा सबै प्रकाशवान हुन्छन्, प्रकृतिबाट प्राप्त रूपरङ्गहरू मूल्यवान हुन्छन् हाम्रा आँखा बन्द गरेर संसार अँध्यारो हुँदैन र संसार अँध्यारो भयो भने हाम्रा आँखा आँफै बन्द हुन्छन् । कम्प्युटर विनै फेसबुक देख्न सकिन्छ । आज स्वच्छ हृदयको खाँचो छ र कृतिम सिङ्गार राखिने बाकसभित्र विद्रोहको राँको हुन सक्छ । बर्तमान मात्र नभई वितेका दिनहरूलाई पनि हेर्न सक्नुपर्छ भन्ने धारणा राखिएकोछ ।
कवि वीरभद्र कार्कीढोलीका कविताहरूमा ९वटा कविताहरू ( १तिर्खा र त्यो मान्छे, २ ऊ र उसको नयाघर, ३ हो, होइन तर, ४ अहिलेसम्म, ५ भ्रमजस्तै भ्रम, ६ बाँच्नुका कुरा लिएर, ७ सोच फगत, ८ बगेर कापकापबाट बाँधहरूका, ९ उज्यालोको लोभले) यहाँ समावेश गरिएका छन् । कविले आफ्नो पहिचान भिन्न प्रकारले दिएका छन् । उनका कवितामा गहिराइ छ, माथीका शीर्षक बाटै कविता बोल्न खोजेको आभाष मिल्छ । कविताले जीवन जगतलाई प्रष्टयाउन खोजेका छन् । कविता सरल देखिन्छन् तर यिनलाई बुभ्mन मन मस्तिकको लगानी गर्नु पर्दछ । यी कविता पढ्दा यस्तो लाग्छ युगवोध भन्दा जीवनवोधको साथै मानवीय र वैयक्तिक संवेदनालाई कविले प्रष्ट्याउन खोज्नु भएको देखिन्छ । हेरौं उहाँका एक दुई कविताका हरफहरू–
जम्नेहरू गम्दै रहेछन्
गम्नेहरू जम्दै रहेछन्
लाटो कोसेरो हाँस्छ र मुसुक्क
अचेल सोच बुझेर ।
७औं कविता सोच फगत पृष्ठ ४२
सूर्य अस्ताउने वेला एकतमासको हावा चलेको हुँदा उज्यालोको लोभले ढोका नखोल्ने संदेश दिंदै छन् कविले उनकै शब्दमा हेरौं –
‘बतास जस्तो छैन, तर
बतासै हो । त्यो चलेको
जसरी हुन्छ यो बत्तीको सुरक्षा गर
यो साँझले
चुक अन्धकार ओसार्दै छ ।
होसियार ढोका–खोलेर
बाहिर निस्कौला !!!’
९औं कविता, उज्यालोको लोभले
मीना सुब्बाको ‘मेरो गाउँः हिजो आज’ कवितामा मीना सुब्बाले हिजोकोे समय शान्त स्वर्गजस्तो घर, आजको समयमा त्यस्तो रहन सकेको छैन । आज आफन्तले पनि आफन्तलाई चिन्न छाडेको छन् र सबै हुँदाहुँदै पनि नितान्त एक्लो महसूस भएको कवियित्रीलाई आभाष हुन्छ । अर्थात हिजोको जस्तो शान्ति र प्रेमको साथै सौहार्दता, आफ्नो सांस्कृति मेला आदि जुन मानवीयरूपमा हुन्थ्यो त्यो आज पाउन सकिदैन । आज समाज निश्चित सीमामा बाँधिएको छ र सहजता पाइँदैन भन्ने आजको यथार्थतालाई प्रष्ट्याइएको छ ।
दीपा राईको ‘खोजाइ’मा हजारौं टुक्रामा विभाजित मनलाई मान्छे हुनुको अर्थ खोज्दै, खुला आकाशलाई हेर्ने चाहना राख्र्दै, जीवनज्योतिको खोजीमा स्वास्नी मान्छे हुनुको ÷लिङ्गभेदको पीडालाई बोक्दै, समयको न्यानो अँगालो खोज्दै, दुख्दो मनस्थिति बीचको जडलाई खोज्न्न आएको धारणा राखिएको छ । नारी पीडालाई दर्शाइएको छ र पीडाबाट मुक्तिको साथै अधिकारको खोजीएको छ । नारीले भोग्न परेका असमनता, यातना पीडा र विभेदको अन्त्य र अधिकारको खोजी गरिएको छ कवितामा ,
प्रेम मुखिया्‘वैरागी’ को ‘शब्दहरूसित खेल्ने मान्छे’ कवितामा मान्छेले शब्दलाई कैद गर्छ, मनभित्रबाट शब्द छानी छानी निकाल्न सक्छ, उसले सृजेको दङ्गामा परेर मर्नेलाई साधारण मृत्यु सम्झन्छ भने उसका मनले खाएकाहरू सहिद बन्न पुग्छन् । देशलाई योगदान दिने, स्वाभिमानी बनाइदिने स्रक्ष्टाहरूको योगदानको कदर गरिदैन बरु भ्रष्टचारी, अत्याचारी, पाखण्डीको मृत्युमा देशको लागि ठूलो क्षति हुन पुग्छ भन्ने धारण पोखिएको हुन्छ । यस कवितामा शब्दलाई सही ठाउँमा, सही प्रयोग न्यायोचित प्रयोग हुनुपर्ने अभिव्यक्ति आएको छ ।
शिवदर्नालको ‘श्रद्धाञ्जलि कविलाई’ कवितामा भानुभक्तले नेपालीलाई ज्योति दिएको, भाषदिएकोले भानुको योगदान सदैब अटल रहने छ र जहाँ तिम्रा नेपाली छन् त्यहा तिम्रो मान र शान छ भन्दै कविप्रति हार्दिकता दर्शाइएको छ । बास्तवमा भानुभक्त नेपालीको जनजीब्रो हुन् । संसारभरी छिरलिएका नेपालीलाई भाषगतरूपमा एकतामा बाँधेका छन् ।
पासाङ नर्बु लामाको ‘सपनाहरूको यात्रा’मा बालक पनमा देखिने सपना र दिन बित्तैजाँदा देखिने सपनामा फरक पर्ने र सपनाहरू विविधकारणले गर्दा सकार हुन नसकेको र जीवन जीवनै हो र यो सत्य हो । सपना सपनै हुन् । बालक कालमा दखिने सपनालाई व्यवहारमा उतार्न कठिन हुने र जीवनका पछिल्ला क्षणमा देखिने सपनामा फरक हुने भावनाहरू यसमा पोखिएका छन् ।
उषा शर्माको ‘नरिसाऊन मेरी कविता’मा कविता मार्फत मानव जीवनका यथार्थ भोगाई र भावनालाई पोख्दै कवितालाई आदर भावसँग उनको समिप आउने आग्रह गरिएको छ ।्
रामप्रसाद गदाइलीको ‘कविता कहानी परीक्षामा कवि मानवजीवनका जीवन्त घटनाक्रमलाई समायोन गरेका छन् । उनका चारहरफ कविता पढेर हारौं–
सम्पत्ति भए हकवाला हुन्छ
ऋणवाँकी भए तर्किने हुन्छ
खाइ पनि दिन्छ
दुष्ट पनि हुन्छ
उपमान बस्नेतको यसैले सताइएका छौं कवितामा मानवहरू जोखिममा जुझ्दै अभाव र असामन्जस्यको झरिमा रुझ्दै बहुसंख्यकले अल्पसंख्यकलाई, श्रमजीवीलाई शोषणजीवीले आदि विविध प्रकारले विविधलाई सामन्तबाट सताइएको छ र मानव जीवन संघर्षमा जुट्दै बाच्न बाध्यता भएको, आजको संसारले भोग्दै आएका यथार्थतालाई प्रष्ट्याउने प्रयास गरिएको छ ।
अमर कश्यपको ‘हात्तीढुङ्गाले जन्माएका सपूत शिव दर्नाल’ कवितामा शिवदर्नालको जनता प्रति गरेका कामको प्रशंशा छ र उनको कलमको तीक्ष्णता र शक्तिले गर्दा अव गरिबको उद्धार(शोषक सामन्तबाट)हुने र सुखका दिन आउने आशा व्यक्त गरिएको, शिव दर्नालका शृजनशील कामलाई गौरवको र वीर योद्धाको रूपमा लिइएको व्यहोरा दर्शाइएकोछ ।
के एस राई सहयोगीको ‘आज त्यो गाउँ’ कवितामा पनि शान्तिको कामना गरिएका,े ईश्वरले आफ्ना सिर्जनालाई आमाको भन्दा बढ्ता माया दिने, र आँखामा पट्टी बाँधेर अव नबसौं, बारुदको खेती नहोस्, डोजरको निर्मम् हत्यामा मसिना पिपिराहरू नमरून्, सत्यताको उपद्रवले उब्रेका जमिनहरूमा अब करुणा र वात्सल्यको खेती लाउनु पर्छ, उचित दिशानिर्देशनको सूत्रपात गर्नै पर्छ भन्ने धारणाहरू राखिएको छ ।
प्रेम ‘निराशी’ बेसुरको ‘परदेश जाने परदेशी दाइ’का कविताहरूले पोखेका भावनाहरूलाई अध्ययन गर्दा परदेश जाने परदेशी दाइलाइ आमाबाबाको दुख बूभ्mदै, संसार परिवर्तशीलछ तर आमाबाबाको कोमल हृदय कहिलै बदलिदैन, आमाबाबाको पीडन संझेर, परदेशमा गरिने मोजमस्ती आदिलाई छाडेर, चाँडै घर फकर्ने अनुरोध गरिएको छ ।
कविता समसामयिक, राष्ट्रप्रतिको, धर्मप्रतिको, दुखकष्टको भोगाई जीवनगजत आदि विविधताले भरिएका छन् र कवितामा भावना बगेका छन् र व्यवहारिक्तालाई अङ्गालेका छन् । प्रस्तुती मीठो छ ।
समीक्षा
श्रीमती पुपा शर्माले, सन्दर्भ ः भानुभक्तीय रामायणको चर्चा–प्रेरणा स्रोतको शीर्षकमा अति छोटो, मीठो, सारगर्भितरूपमा समीक्षा प्रस्तुत गर्नु भएकोछ । सर्बप्रथम उहाले रामायणको अर्थ सिद्धिने प्रंस्तुत गरेको चारहरफ
(संस्कृतका) यसप्रकार छन्–
“आदौ राम तपोवनादि गमनं हत्वा मृगं काञ्चनम्,
वैदेही हरणमं जटायु मरणं सुग्रीव सम्भाषणम्
वाली निग्रहणंं समुद्र तरणं. लङ्कापुरी दाहनम्
पश्चात रावणं–कुम्भकर्ण हननं एतद्धि रामायणम्
पुष्प शर्माजीले रामायणमा जसले जस्तो आदर्श, नीति, प्रेरणा खोज्न चाहान्छ त्यस्तै पाउन सकिने र रामायण कल्पवृक्ष र रामायण चिन्तामणि हो भन्नु भएको छ । वाल्मीकिले तेत्रायुगमा व्याधाले एक कौच्च पंक्षीलाई मिथुनादेकमबधीमा मारेको र सोही अवधीमा फुरेको कविताबाट रामायण लेखनको थालनी भएको र यसलाई विविभन्न भाषामा अनुवादित गरिए । नेपालमा भानुभक्तले आफ्नो मौलिकतालाई प्रष्ट्याउँदै रामायणको अनुवाद गर्दै नेपालीहरूलाई भाषागत रूपमा एकशूत्रमा बाँधेको र उनलाई मोतीराम भट्टले चिनाएको कुराको साथै भानुभक्तलाई नेपाली बाल्मीकि भनेर प्रष्टयाउनु भएको छ । यस समीक्षमा पृथ्वीनारायण शाहाले नेपाल खाल्डोका देशहरू(सन् १७६८) जितेर सरकारी कामकाजको भाषा नेपालीमा सुरु गरेका र नेपाली साहित्यमा भाषाका आदिप्रयोक्ताको खोजी गर्दा सम्बत १३७८ को आदित्य मल्लको ताम्रपत्रमा गएर इतिहास (हालसम्मको खोजमा) मा अडिएको आदि विवरण सूक्ष्म तर स्तरीयरूपमा प्रस्तुत गर्नु भएको छ ।
अर्को समीक्षा ज्ञानु अधिकारीले कवि वीरभद्र कार्कीढोलीका अनुभूतिको गहिराई नाप्ने कविता शीर्षक दिएर ‘शब्द र मन’(२०००)नामक कवितालाई चिरफार गर्नु भएको छ । उहाँले यस समालोचनामा कार्कीढोलीका ६७ वटा कविताहरूमा विविध भाव, विषय, भोगाइ, अनुभूति, विचार, चिन्तन, प्रकृति, संस्कृति, आलम्बन, प्रणयपरक, पङक्षी बिम्ब, जीवनका सम्वेदनाहरू, अनोकौं विकृति विसङ्गति, सहरीया जीवन र जटिलता, समसामयिक चेतना र युगवोध, रागात्मक चेतना, गीति संरचना, विविधतामा उदाहरण सहित विश्लेषण गर्नु भएकोछ र विविध भाव र बिम्बहरूको पुञ्ज भएको यो कृति युगवोध भन्दा जीवनवोधको साथै मानवीय र वैयक्तिक संवेदनालाई प्रस्तुत गरेको ठम्याउनु भएको छ । कवितामा मानवीय संवेदना, जीवन र जगत बुझ्न पठनीय भएको ठहर गर्नु भएको छ ।
दुबै माथिका समलोचना स्तरीय, पठनीय र अनुकरणीय छन् ।
कथा तथा लघुकथा
यस अङ्कमा आठ ओटा कथाहरू समावेश गरिएका छन् । यी आठ ओटै कथाहरू समसामयिक समाजले भोगेक तथा घटेका घटनाक्रमलाई समातेर लेखिएका छन् । प्रथम कथा छ एम.एस. खानको । कथा जागीर पछिको जीवनलाई सार्थक पार्न समाज सेवा, कृति लेखन, पुस्तकालय स्थापना, साहित्यिक सामाजिक क्षेत्रमा लागेर सेवा, योगदान, प्रतिभालाई उजागर गर्दै मरे पछि पनि सार्थक भएर बाँच्न सकिने धारणा उदाहरण सहित प्रस्तुत गरिएको छ ।
चन्द्रलाल शिवाकोटीको विचरी भीममाया द्रोस्रो कथा हो । यस कथामा भीममायाको उदाहरण लिएर महिलाहरूले नशासेवन गर्ने पुरुषबाट गरिने अभद्र व्यवहार, कुटपिट, भोग्न परेका पीडाको साथै छोराप्रति बावुआमाले गर्ने अन्धो मायाबाट बुहारीप्रति गरिने कटु व्यहारलाई्र प्रष्ट्याइएको छ । यो कथाले आजको समाजमा महिलाहरूले भोगेका कटुसत्यलाई बोकेको छ ।
कालूसिंह रनपहेलीको फर्केको दिन तेस्रो कथा हो । यस कथामा उषाको जीवन तहस नहस हुने ( बाटो बिराएको) अवस्थामा उसकी साथेले दिएको सकरात्मक र उच्चमनोबल हुने सुझवले उषाको जीवन तहसनहस हुनबाट बच्छ र उनी पछि गएर वकिल बनेर साथीलाई न्याय दिलाउन सफल भएको सन्देश बोकेको छ । गलत बाटोलाई मोडिदिन सकेमा जीवनलाई उच्चाइमा पु¥याउन सकिने ज्ञानबद्र्धक छ कथा ।
विजयकुमार सुब्बाको दुइवटा रहस्य चौथो कथा हो । यस कथाले नराम्रो कामको नतिजा आपूm लगायत आफ्ना छोरानातीसम्म पनि नराम्रो हुन्छ भन्ने शिक्षा दिएको छ । एउटा शिकारीको छोरा शिकार खेल्न वनमा जाँदा सँगै गएको शिकारीले मृग सम्झेर साथीलाई नै मारिदिन्छ । मृतकका बाबुले यो उसले जीवनभर शिकारखेलेको पापको नतिजा हो भन्दै छोरा मार्ने शिकारीलाई बाबु, आमा र विधवा पत्नीले माफी दिन्छन् र शिकारीले शिकार खेल्न छाडेर सुकर्ममा लाग्छ । अर्को घटनामा झगडामा मान्छे मार्नेले आँफै ठानामा गएर मारेको स्वीकार्दछ । कथाकारले कथाको अन्त्यमा दुइवटा रहस्यलाई यसरी प्रस्तुत गर्नु भएकोछ – ‘... आजसम्म पनि राजवीरे मरेको रहस्य र आरावाल माहिलाको छोरा झगडा हुँदै गर्दा एकान्तमा भुकुनीसँग ख्यालठट्टागर्दै बसिराखेको रहस्य कसैलाई थाहा छैन ।’
धुर्व पडयाङबो (मुलुके)को मायाको पूmलबारीमा फुल्न पाएन उसले, पाँचौं कथा (लघुकथा) हो । यसमा एउटी गरिब बालिकाको ( भावनाको) गरिबीको कारणले गर्दा उसका जीवनका सपनाहरू, धारणा र भावनाहरू साकार हुन सक्दैनन् र दुःखदरूपमा आगोमा जलेर मृत्यु भएको छ । भावनाले मायाको अमूल्य मोल जीवनकै बलिदान दिएर जीवन समाप्त भएको धारणा कथामा आएको छ ।
राजके श्रेष्ठको खोजीक्रम छैटौं कथा हो । यस कथामा खोजीक्रम निरन्तर चलिरहने क्रम हो जो विविध पक्षमा, विविध समयमा यसको खोजी भै नै रहन्छ ‘तर हिजोआज मान्छेलाई नै मान्छे खोजी पाउन कठिन भइरहेछ । यहाँ मानवको रूपमा दानव लुप्त भएको मानव र दानवबीचको बिचार मान्छेको परिचय खोजी भेट्टाउन कठिन भइरहेछ’ भन्ने कथाकारको धारणा प्रष्टिएको छ ।
वाङदी छिरिङ लामाको सिन्दुर पुछिएको साँझ सातौं कथा हो । यस कथामा डिसेम्बरको अन्तिम रात एकातिर आउने नवबर्षको हर्षेाल्लास चलिरहेको छ भने अर्कोतर्फ दाम्पत्य जीवनको मिठो सपनालाई टुक्य्राउँदै, भायोलिनको धुनहरूमा मुच्र्छना ब्युँझाउने सपना अधुरो राख्दै, धन कमाउन नसकी गरिबीको काँडेतारले जेलिएको, जिन्दगीसँग विरक्तिएको मदन आत्महत्या नगरी रक्सी खाएर प्राकृति मौतको रूपमा आफ्नी मञ्जरीलाई सदाको लागि यो संसार छाडिरहेको हुन्छ । मञ्जरीले जीवनका सबै घटनाक्रमहरूलाई सम्झदै रोइरहेकी हुन्छिन् । उसलाई आज ‘जे जस्तै भए तापनि लोग्ने भनेको ठूलो आड हुँदो रहेछ’ भन्ने आभाष मिलिरहेको हुन्छ । कथा मार्मिक छ । प्रेम विवाहले पछि निम्त्याउने जीवनको जटिलता पनि देखिएको छ । गरिबीले मानवजीवनमा निम्त्याउने मृत्युवरणलाई पनि समेटेको छ ।
दलमान डी. गुरुङको घरदेखि परतिर आठौं कथा हो । यो कथामा कथाकारले मानवजीवन र प्राकृतिक सौन्दर्यालाई जोडेर, मानवले कष्टकर समयमा पनि प्राकृतिक सुन्दरताबाट प्राप्त गर्ने आनन्द, सहानुभूति, जीवनमा जिउने आधारलाई जोड्दै एक घरदेखि पर गएको लोग्ने घर फर्केर नआएकोमा लोग्ने खाने डंकिनीको संज्ञा पाएर सहारा विहिनतामा छोराछोरीलाई सवल बनाएर पनि एकल जीवन बिताउन परेका कष्टकर पक्षलाई कथाले समेटेको छ । सासूससुरा तथा समाजले एकलमहिलालाई गर्ने व्यवहार, आजका छोरा बुहारीले आमाबाबु माथिगर्ने व्यवहार र एकल आमाको छोराछोरीलाई सक्षम बनाउने दायित्व गरिबी आदिलाई कथाले समेटेको छ । आठओटै कथा सारगर्भित, व्यवहारिक, शिक्षाप्रद र पठनीय छन् ।
परिचय
प्रद्युम्न श्रेष्ठको पद्मश्री केदार गुरुङबारे केही सम्झनामा पद्मश्री केदार गुरुङको बाल जीवनदेखि र उहाँको साहित्यिक व्याक्तित्वको रूपमा चिनाउने प्रयास गरिएको छ । सुदूरपश्चिम सिक्किमको सर्दोंग बस्ती लिमचोम गाउँमा ९ जुलाई १९४२मा जन्मेका केदार गुरुङले आफ्नो गोठाले जीवनदेखि पढाइलेखाई (गेजिङदेखि थालनी गरी उच्चशिक्षा हाँसिल दार्जिलिङ्गबाट स्नातकसम्म) भएको र शिक्षको जागीर थालनी गरेर, त्यो जागिर छाडेर पूर्णरूपमा साहित्यमा समर्पित गर्नु भएको, १५वटा कृति प्रकाशन भएका, उहाँको सम्पादनमा ५वटा पत्रिका प्रकाशनमा आएका, सिक्किम, दार्जिलिङ, भारत, नेपाल, बेलायत, अमेरिका, अरब, जापान, हङकङ, सिङ्गापुर आदि साहित्यि संस्थाहरूमा उहाँ आवद्ध भएको र उहाँको साहित्यप्रतिको योगदानलाई कदर गर्दै दुइदर्जन भन्दा बढी संघसंस्थाहरूबाट (मार्च २०१२मा भारतका राष्ट्रपतिको बाहुलीबाट पद्मश्री सम्मान सहित) सम्मानित भएको, आदि विवरण यस लेखमा अध्ययन गर्न सकिन्छ । पद्मश्री केदार गुरुङको साहित्यिक व्यक्तित्वको बारेमा प्रकाश पार्ने प्रयास भएको छ । लेखकले आपूmले जाने बुझेका सत्यतथ्यहरूलाई प्रष्टरूपमा प्रस्त’त गरेको देखिन्छ ।
एकाङ्की
थमन नौवाग द्वारा रचित एक मात्र एकाङ्की यसमा समावेश गरिएको छ । यस एकाङ्कीमा एउटा १५बर्षकी केटी कार्तोससँग प्रेम गर्छे । आमले कलिलो उमेरमा पढाइमा ध्यान दिनुपर्छ प्रेममा फस्ने हैन भन्दाभन्दै कार्तोस (उसको प्रेमीका)सँग घरबाट भाग्दछे । कार्तोसले उसलाई वनमा लगेर केही लफङ्गाहरूको हूललाई बेची दिन्छ । लफङ्गाहरूले करुणा (त्यो केटी) लाई वासनामा तृप्त भइ मारिदिने कुराहरू चल्दा एउटी एड्सबाट पीडित र वासनाकी शिकार भैसकेकी पगलीले त्यो हूलसँग प्रतिकार गर्दै करुणालाई बचाउन खोज्छे तर त्यलाई पनि त्यो हूलले घायल बनाएर ढलाइ दिन्छन् । यतिवेला वनमान्छे ले मार्नको लागि उठाएको ढुङ्गो खोसेर सबैलाई एकएक गरी कसैका खुट्टा कसैका आँखा, कसैका हातै भाँची दिएर घायल बनाएर पल्टाइदिन्छ र करुणा र पगलीलाई बचाउँछ साथै कार्तोसलाई खोजेर ल्याइ पगली र वनमान्छेले मार्न खोज्दा करुणाले जिन्दगीको अंश नै भएकोले कार्तोसलाई नमार्ने आग्रह गर्छे । यस एकाङकीमा मानवभित्रको दानवता जब उर्लेर आउँछ त्यस अवस्थामा कोही न कोही देवता बनेर आउँछ र अन्याय अत्याचारबाट मुक्ति दिलाउँछ भन्ने धारण र ‘औरत गृहणी, जन्मदाता, पुज्नेलाई देवीमाता, बुझ्नेलाई धरती माता (एकै चोटी कराएर) कुल्चन खोज्नेलाई रणचण्डी, पनि हो (करुणाले काठको गतिलो दाउराले वेहोस हुन्देर कार्तोसलाई हिर्काइ रहन्छे सबै स्थिर रहन्छन् ) पर्दा झर्दै जान्छ’ नाटक समाप्त हुन्छ । पात्र वनमान्छे एउटा वफदार सिपाही, जस्ले आफ्नो सर्वस्व गुमाएर, विरक्तिएर गुफामा बसेको भनिएको छ । वन मान्छे (वनको ओडारमा बसेको मान्छे) लाई वीर मान्छेको रूपमा प्रदर्शन गरिएको छ । झट्टहेर्दा नायक र नायिका कस्लाई मान्ने भन्ने प्रश्न उठ्नु स्वभाविक देखिन्छ । नाटक प्रदर्शन गर्न सकिने खालको छ ।
संस्मरण
बालकृष्ण श्रेष्ठको पद्याश्री कविवर केदार गुरुङ ‘स्रष्टा’ सम्पादकसितको सम्बन्ध एकमात्र स्मरण लेख हो । यस लेखमा बालकृष्णको केदार गुरुङसँगको सम्बन्ध करिव ४० बर्षजति भएको । यसमा श्रेष्ठजीले केदारजीका कृति, प्रकाशनहरूको बारेमा, सम्पादक भई पत्रिका प्रकाशन गर्दा आपूm आजीवन सदस्य भइ सहयोग गरेका कुरा, भारतीय नेपाली साहित्य एवं संस्कृतिको संरक्षण केन्द्रमा भएको सङ्गोष्ठीमा सहभागी भएको, ३वटा पुस्तक पुस्तकालयलाई चढाएको, भारतको संविधानको आठौ अनुसूचीमा सन् १९९२को २०तारिक अगस्तमा नेपाली भाषा अन्तरभूक्त भएको, श्री इन्द्रबहादुर प्रधानले १९७६मा एकादमी पुरस्कार प्राप्त गरेको, केदार गुरुङले पद्मश्री पुरस्कार पाएको, अनुवाद साहित्यतिर लाग्नुपर्ने कुरा, च्ययत केही दिनमा प्रकाशन हुने, स्व.बद्री नारायण श्रेष्ठले ःयतजभचको अनुवाद गरेको, केदारजीले किताबहरूलेख्न बालकृष्णजीलाई प्रोत्साहन गरेकाले संस्मरण लेख्न थालेको, साहित्यिक कार्यक्रममा साहित्यिक व्यक्तिहरूलाई मुख्य अतिथि बनाउन पर्ने कुरा, नाम्ची स्कुलको कौस्तुभ जयन्तीको स्मारिका छपाउन केदारकै हात रहेको, केदार गुरुङलाई बालकृष्णले सिक्किमका पारसमणि प्रधान हुन् भनि पत्रिकामा लेखेको र पारसमणि प्रधान पुरस्कार केदारजीले पाएको, एकादमी सिक्किम छ तर भनेजस्तो काम नभएको, केदारजीले हालसालै प्रकाशित गर्नु भएको ‘अस्रोत स्रोतथहरूको प्रतिस्रोतहरू’मा भारतका विभिन्न राज्यहरूबाट प्रकाशित पत्रपत्रिकाका नामहरू( सिक्किम, आसाम, पं.बङ्गाल,ृ त्तर–प्रदेश, मेघालय, भाग्सू, हिमाञ्चलप्रदेश, उत्तरखण्ड, मणिपुर, मिजोराम, दिल्ली, नागाल्याण्ड, झारखण्ड महाराष्ट्र, अरुणाचल) र पत्रपत्रिकाको वेलीविस्तार, गुरुङ जातीका समुदायका बर्णन, पृष्ठ ३६४मा प्रकाशित डा. ईश्वरबरालोपाध्यालाई लेखेको पत्र सम्बन्धी कुरा, आदि आदिलाई सरल र सुवोध भाषामा प्रकाश पार्दै बालकृष्ण श्रेष्ठजीले अन्त्यमा केदारजीलाई स्याबासी दिनुहुँदै स्मरण लेखको बिटमार्नु भएको छ । स्मरण लेखले साहित्यका धरै सत्यतथ्यलाई समेट्ने प्रयास भएकोछ । मुख्यमन्त्रीजस्ता वयक्तिहरूले पनि कृतिप्रकाशनमा सहयोग गरेको पनि देखियो र लेख प्रशंसनीय छ ।
टिप्पणी
खड्गबहादुर ठटालले लैख्नकै लागि जन्मेका हुन् कि जस्तो लाख्छ कवि बीरभद्र कार्काीढोली शीर्षकमा एउटा टिप्पणी लेख्नु भएकोछ । यस लेखमा कार्कीढोलाीलाई एक बरिष्ठ सफल सम्पादक ( ‘प्रकृया’, स्थापना, प्रथा, हाम्रो पिँढी स्तरीय पत्रिका) कवि (आठ वटा कवितासङ्ग्रह),कथाकार((दुई कथासङ्ग्रह), स्मरण लेखक( एकवटा स्मरण लेख) अनुसन्धान कर्ता ( सिक्किम भूमिका कविहरू÷कविताहरू जसलाई धर्मप्रसाद देवकोटा र श्रीमती बृन्दादेवी देवकोटाले प्रकाशन गरेका छन्),को रूपमा लिइएकोछ । उहाँ नेपाली भाषामामात्र नभएर हिन्दी र आसामीया भाषमा पनि उच्चस्थान ओगट्न सफल साहित्यकार हुनुहुन्छ, उनका कविताहरूको बारेमा नपाल र भारतका धेरै विद्वानहले कलम चलाएको, उनका तीनवटा कवितासङ्ग्रह हिन्दी भाषामा र एकवटा कवितासङ्ग्रह असमिया भाषामा अनुवाद भएको, साहित्यिक क्षेत्रमा वरिष्ठता र विशिष्ठताको कदर गर्दै भारत, नेपाल, कुवैत आदि लगायतका देशबाट दर्जनो सम्मान र पुरस्कारले सम्मानित कवि स्रष्टालाई सिक्किमबाट भने ‘उनको आजसम्मको भाषा साहित्यलेखन र सेवामा सिक्किमबाट हुनुपर्ने मूल्याङ्कनदेखि उनी आजसम्म बञ्चितहुँदै र ओझेलमा पारिदै आइरहेका छन्’ भन्ने धारण यस लेखमा पढ्न पाइन्छ । यस लेखमा टिप्पणीकारले बीरभद्रलाई महान्, उदार, कवि, लेखकको रूपमा लिंदै ‘नेपाली साहित्यभण्डारमा यति धेरै उत्कृष्ट बौद्धिक रचनाका पुस्तकहरू दिएर नेपाली साहित्य धनी बनाउन सक्ने कवि ÷ कथाकार ÷ सम्पादक वीरभद्रकार्की ढोली, नेपाली जातिमा लेख्नकै निम्ति जन्मेका हुन् कि जस्तो लाग्छ मलाई कहिलेकाँही’ जस्ता अभिव्यक्ति ठटालजीले पोख्दै वीरभद्र कार्कीढोलीको साहित्य लेखनको उच्च मूल्याङन गर्नु भएकोछ । वास्वबमा सबै कामको सबै क्षेत्रमा मूल्याङ्कन हुनै पर्छ । लेखले यथार्थतालाई प्रष्ट्याएको छ साहित्यकारले लेखेका कृतिले दिएको सन्देश समेत सङ्क्षिप्तमा विश्लेषण गरिएको छ ।
अतः साहित्यिक मासिक जनमतको सिक्किम साहित्य बिशेष–१ पढन पाउँदा धेरै खुसी लाग्नु स्वभाविक हो । सिक्किमको साहित्य विशेष –२ पनि अवश्य पढ्न पाइने छ भन्ने धारणा लिएकोछु । कवि ÷ कथाकार ÷ सम्पादक वीरभद्रकार्की ढोली र पद्मश्री केदार गुरूङजस्ता मूद्र्धन्य साहित्यकारका बारेमा सूक्ष्म जानकारी पाउन सकियो । कथा कविता, समीक्षा, परिचय, र टिप्पणीजस्ता रचनाहरूले यथार्थता, सामजिक परिवेश, समसामयिकतालाई अङ्गालेका र साहित्य समाजको दर्पण हो भन्ने सुवोध गराएको महसूस भयो । निश्चय पनि यति लामो दूरीमा बोलिने र लेखिने भाषामा अलिक फरक पर्नु स्वभाविकै हुन्छ नै, त्यो यहाँ पनि देखियो र यो लेख सिक्किममा पढियो भने त्यहाँ पनि यस्तै महसूस होला जस्तो लाग्छ । अन्त्यमा सिक्किम नेपाली साहित्यमा धनी छ भन्ने जानकारी त थियो नै त्यसमा यस अङ्कले झनै गाढा बनाइ दियो । सिक्किम नेपाली साहित्यमा अझै मौलाओस् त्यहाँका साहित्यिक गतिविधिको जानकारी र कृतिहरु पढ्न पाइओस् भन्दै विदा चाहान्छु ।
शान्तिचोक, कावासोती–१, नवलपरासी