खासगरी उमेरले ४० वर्षभित्रका य्ुवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने परम उद्देश्य राखेर जेसीज संस्थाको स्थापना भएको हो । य्ुवाहरु भित्र अन्तरनिहित विप्ूल सम्भावनाहरुलाई बाह्य जगतमा प्रकटिकृत गर्न तथा उनीहरुको सर्वाङ्गिण उन्नती प्रगतिका लागि वातावरण तयार गर्न विभिन्न रचनात्मक, सिर्जनात्मक तथा अभियानात्मक क्रियाकलाप सञ्चालन गर्न हेत्ु जेसीजले आफ््नो ध्यान केन्द्रीकृत गरेको देखिन्छ ।
पर्वत जेसीजले पनि आफ््नो स्थापनाको उषाकालदेखि नै पर्वत जिल्लाभित्रका य्ुवाहरुलाई संगठित गर्दै उनीहरुकै अग्रसरतामा थ्ुप्र्रै समाजग्राह्य तथा प्रशंसनीय गतिविधिहरु सम्पन्न गरेको छ । य्ुवावयका नौजवानहरुलाई गलत मार्गमा लाग्नबाट सजग र सतर्क गराउँदै उनीहरुलाई राष्ट्र, राष्ट्रियताप्रति अगाध प्रेमभावले ओतप्रोत राख्ने तथा आफ््नो वैयक्तिक विकासमा अनवरत लाग्न अभिप्ररित गर्ने काममा पर्वत जेसीजको योगदान अत्ुलनीय एवम्् अन्ुकरणीय रहेको छ । समाजको सचेत, जागरुक र ऊर्जाशील सदस्य ह्ुन्ुका नाताले य्ुवाले गर्न सक्ने कैयन कामहरुको बारेमा प्रशिक्षित गर्ने र उनीहरुमा अन्तरनिहित प्रतिभालाई उजागर गर्न पर्वत जेसीजले अनेकौं काम गरिआएको तथ्य सबैका बीचमा छलङ्र्ग भएको विषय हो ।
समाजको भरोसालाग्दो तथा केही गरेर आफ्ूलाई प्रमाणित गर्न सक्ने य्ुवा वर्गलाई संगठित, सचेत र सशक्त बनाउने अभियानमा पर्वत जेसीजको अनवरत यात्रा आज पनि जारी छ । पर्वत जेसीजका उत्पादनहरु आज समाजका हरेक क्षेत्रमा प्रच्ुर सम्भावना बोकेर अघि बढिरहेका छन्् । जेसीजको माध्यमबाट खास खालको अन्ुशासन, मर्यादा, संस्कार, संस्कृति, म्ूल्य र मान्यता सिकेका य्ुवाहरुले आज पर्वत जिल्ला भित्रका सार्वजनिक निकायहरुमा नेतृत्वदायी भ्ूमिका निर्वाह गरिरहेको अवस्था छ । जेसीज र यसमा आवद्ध य्ुवा जमातले समाजमा भिन्दै प्रकृतिको पहिचान र परिचय स्थापना गर्न सफल भएका देखिन्छन्् । आगामी दिनमा पनि आफ््नो अभियानमा सरिक ह्ुन नसकेका र छ्ुटेका य्ुवाहरुलाई पनि समावेश गर्दै पर्वत जेसीजले अझ प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्दै जानेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।
पर्वत जेसीजले निखारेका, पाइन लगाएका र विविध विषय तथा विधाका तालिम, कार्यशाला, गोष्ठि, सभा, समारोह एवम्् बैठकहरुबाट अब्बल ठहरिएका य्ुवाहरुको संख्या ज्यादै ठ्ूलो छ । यिनै अग्रगन्य य्ुवाहरुको पङ््तिका एक होनहार अभियन्ता ह्ुन्् अन्तिम ग्ुरुङ, जसले भर्खरै आफ््नो वक्तृत्व सङ््ग्रह ‘आदाज ध्वनी’ पाठक सम्ुदायका माझ सार्वजनिक गरेका छन्् ।
पर्वत जिल्लाको द्ुलर््ुङ गाउँ विकास समिति वडा नं. ६, काफलचौरमा पिता नाराणप्रसाद ग्ुरुङ र माता चिनक्ुमारी ग्ुरुङको प्ुत्ररत्नको रुपमा विसं. २०४७ चैत्र २६ गते जन्मिएका अन्तिमलाई म केही वर्ष अघिदेखि जान्दछ्ु । नयाँ क्ुरा सिक्न, जान्न र विषयवस्त्ुमा घोत्लिने मामलामा यिनी ‘छ्ुच्चा’ लाग्छन्् मलाई । गरिखाने र प्ु¥याएर देखाउनेहरुका लागि छ्ुचो ह्ुन्ु जाती नै हो भन्ठान्छ्ु म । अतिशय छ्ुचो ह्ुन्ु धेरै सिक्न र जान्न उद्धत ह्ुन्ु पनि हो । ज्ञान, विधा, सीप र प्राज्ञका भोकाहरु छ्ुचो ह्ुन्ुको यथोचित विकल्प पनि छैन । अन्तिम पनि शायद यसै कोटीका यात्री ह्ुन्् । पछिल्लो समयमा अन्तिमले प्राप्त गर्दै गएको सफलताबाट म भित्रैदेखि प्ुलकित र प्रच्ुर उत्साहित थिएँ । पर्वत जेसीजको सदस्यका रुपमा यिनले एक पछि अर्को सफलताका ख्ुट््किलाहरु चढिरहेका थिए । जेसीजले आयोजना गर्ने हरेकजशो प्रतियोगिताहरुमा यिनको सफलता साच्चिकै इष्र्यालाग्दो थियो नै ।
हाम्रो समाजमा नाम र काममा सङ्गती नमिलेका धेरै उदाहरणहरु भेटिन्छन्् । धन नह्ुनेलाई धनबहाद्ुर, निर्वलीयालाई बलबहाद्ुर, मनका कञ्ज्ुसलाई मनबहाद्ुर यस्तै यस्तै दर्जनौं उपमाहरु । त्यसो त नामले कामको प्रतिनिधित्व गर्न सक्दैन पनि । गतिलो नाम पाएकाले कर्म नगरी बस्दा हरिपमा दरिन्ुको नियती भोग्नै पर्ने ह्ुन्छ । नाम मात्रको महिमा नत लिटरमा भर्न सकिन्छ, नत मिटरमा नाप्न नै । यस्तै भएको छ अन्तिमका बारेमा पनि ।
जिन्दगीको व्यवहारिक परीक्षामा अक्सर प्रथम स्थान हासिल गर्ने तर नामले अन्तिम भनिएका, चिनिएका र जानिएका मेरा शिष्य ह्ुन्् ‘आजाद ध्वनि’ का स्रष्टा अन्तिम ग्ुरुङ । स्नातक तह अध्ययन गर्दै गरेका यिनी भित्रको प्रतिभा कक्षा कोठामा छताछ्ुल्ल भएको अन्ुभ्ूति म सँग धेरै पहिलेदेखि नै थियो । समाजशास्त्रको विद्यार्थी ह्ुन्ुको अन्तरदृष्टि, चेत, स्ुझब्ुझ र समझ यो ठिटोभित्र अटेसमटेस छ भन्ने निधो गरेको थिएँ मैले आफैभित्र । पर्वत जेसीजको छत्रछाँया तथा आडभरोसामा ह्ुर्किरहेको एउटा अजस्र सम्भावना बोकेको ठिटो थिए अन्तिम ग्ुरुङ मेरो नजरमा । मेरो ठम्याईमा यिनी नदेखिने, नदेखाइने अझ यसो भनौं भ्ूतलको अनन्त गरिराइका लाभा ह्ुन्् । सधैंजसो शान्त, धीर र गम्भीर देखिने यिनी समय आउँदा अजस्र गर्जन ह्ुँकार्दै ज्वालाम्ुखी फ्ुट््छन्् र बाणीको आगो छ््याप्छन्् मान्छेहरुका बीचमा ।
सन्् २०११ मा नेपाल जेसीजले चितवनको नारायणगढमा आयोजना गरेको राजेन्द्र राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेर पर्वत जेसीज र समग्र पर्वतका य्ुवाहरुको शान, मान र सम्मान बढाउन सफल भएका अन्तिम ग्ुरुङ अहिले आफ््ना वक्तृत्वहरुको सङ््ग्रह लिएर प्रस्त्ुत भएका छन्् हाम्रा बीचमा । आफ्ू बाँचेको समाज र आफ््ना भनेका मान्छेहरुको अतिसार मानसिकता, अचाक्ली चिन्तन, अछ्ुतो व्यहार, आरिसे ध्याउन्न, अरिमठ््ठे आनीबानी र अपजस श्रृङ््खलाबाट म्ुक्त ह्ुँदै यिनले देखेको सपना वास्तवमै ‘बह्ुजन हितायः बह्ुजन स्ुखाय’ को पक्षमा प्रकम्पित भएर फैलिएको छ लेखनीमार्फत र अभिव्यक्तिमार्फत । आफ््नो अभिव्यक्ति कलामा पृथक बान्की, शैली र लयको खोजी गर्ने यिनको चाह सहजै प्रकट भएको देखिन्छ यस प्ुस्तकमा पनि ।
उमेरले लोर्के य्ुवा भएपनि यिनका विचारमा अपेक्षित परिपक्वता, दृढता र आशावादीताको ध्वनि सतत्् ग्ुञ्जायमान भएको पाइन्छ । औसत जीवन र जगतलाई मापन गर्ने यिनका आफ््नै खालका औजारहरु छन्् कि भन्ने लाग्छ, यिनका लेखहरु पढ््दा । भलै जीवनलाई नाप्न नत तनले सकिन्छ नत मनले नै । परन्त्ु जिन्दगीको रस्साकस्सी नबेहोरी धरै छैन कसैलाई पनि । त्यसो त समाजशास्त्रको विद्यार्थी ह्ुन्ुको नाताले यिनले आफ््ना वक्तृत्व, निबन्ध, मन्तव्य र कविताहरुमा विप्ूल मात्रामा सामाजिक सरोकारका सवाल र म्ुद्दाहरु घ्ुसाएका छन्् । सकल जनको अन्ुहारमा उज्यालाका बान्की हेर्ने र मौज्ुदा असहज परिस्थितिलाई फेर्ने अभिलाषा कतै न कतै व्यञ्जित छ यिनका भावनाहरुमा ।
क्ुविचार, क्ुसंस्कार र क्ुप्रथाबाट आत्तिएका यिनी समाजको सार्थक निकासको खोजीमा आत्ुर देखिन्छन्् । सभ्य, समृद्ध, स्ुखी, सौहार्द र सकारात्मक सोच सहितको समाज व्यवस्था भैदिए कति जाती ह्ुन्थ्यो भन्ने आन्तरिक चाह यिनका हरेकजसो अभिव्यक्तिमा अटेसमटेस भएर देखापरेका छन्् । पर्वत जेसीजको कारखानाका कर्मठ उत्पादन भएका छन्् अन्तिम । ग्ुरुङ सम्ुदायभित्रबाट प्रच्ुर सम्भावना बाकेर उदाएका छन्् अन्तिम । यिनमा ह्ुने विरुवाका प्रशस्त चिल्ला आँक्ुराहरु पल्लवित भएका छन्् । त्यसैले यिनले स्ुविचारित ढंगले लल््कार छेड््छन्् विभेद, असमानता, अन्यौल र सामाजिक–साँस्कृतिक क्ुरुपताका विरुद्धमा आफ््नो कलम र स्वरमार्फत ।
आफ्ू य्ुवा ह्ुन्ुको मर्म यिनले आफ््ना सिर्जनामा गम्भीर ढंगले उद््घाटित गरेका छन्् । पछिल्लो समयमा य्ुवाय्ुवतीहरुमा बढ््दै गएको नकारात्मक परिदृश्यबाट यिनी प्रताडित र असन्त्ुष्ट छन्् । यसै भएकाले य्ुवाहरुलाई सही मार्गमा लाग्न यिनले प्रशस्त उपायहरु स्ुझाएका पनि छन्् । महिलाका पक्षमा पनि यिनका खवरदारीप्ूर्ण ह्ुँकारहरु र महिलालाई साधनस्रोतमा कसरी स्थापित गर्न सकिन्छ भन्ने आधारहरु यस प्ुस्तकमा पढ््न पाइन्छ । यस बाहेक पर्यटन, खेलक्ुद, लाग्ूऔषध द्ुव्र्यशन, देशप्रेम, अन्ुशासन, विकास, शान्ति, समृद्धि, राजनैतिक पद्दति, प्रकृति प्रेम आदिका बारेमा यिनका विचारहरु पोखिएका छन्् प्रस्त्ुत प्ुस्तकमा । आफ्ू विद्यार्थी, शिक्षक, खेलक्ुद प्रशिक्षक, जेसीज÷रोट््¥याक्टको सदस्य आदि ह्ुन्ुको मिश्रित अन्ुभवका बान्कीहरु प्ुस्तकभित्र छताछ्ुल्ल भएकाछन्् ।
कथनी र लेखनीका आ–आफ््नै खालका बाध्यता र बन्धनहरु ह्ुने गर्दछन्् । यो प्ुस्तक पनि स्वाभाविक रुपमा केही सीमा र बाध्यताले बाँधिएको छ । दिइएको विषयमा बोल्न्ु र लेख्न्ुपर्ने बाध्यता, धेरै कट्ु आलोचनात्मक ह्ुन नमिल्ने परिस्थिति, कार्यक्रमिक औपचारिकताको पालना गरिन्ुपर्ने शास्त्रीयता आदिका बीचबाट लेखक ग्ुज्रिन्ुपर्ने अवस्था रहेको देखिन्छ प्ुस्तक पढ््दै जाँदा । त्यसै भएर होला यिनले आफ््ना अभिव्यक्तिहरुलाई धेरै तिरबाट खोजिखन्तरी गरेर सिंगार्ने प्रयत्न गरेका छन्् । विषयलाई मौलिकताको ढाँचामा उभ्याउने प्रयास गरेकाछन्् । अपेक्षा गर्न सकिन्छ कि आगामी दिनमा यिनको अभिव्यक्ति कौशलतामा थप निखार र परिष्कार अवश्य आउने छ ।
प्ुस्तकमा प्रय्ुक्त भाषा, शैली, सिलसिला तथा शब्दको सही चयन, स्ुस्वाद्ु वाक्य गठन र सहज सम्प्रेषण शैलीमा निखार ल्याउन्ुपर्ने ठाउँ अवश्य पनि प्रशस्तै छ । अपित्ु प्ुस्तकमा सङ््गृहीत सामग्रीहरु भित्र प्रस्त्ुतिको शैली भिन्दै छ, वाक्य गठनको ढाँचा भिन्दै छ । कतिपय अभिव्यक्तिहरु कवितामय लाग्दछन्् भने कतै नारामय भावहरु म्ुखरित भएका भेटिन्छन्् । शायद आफ््नो भिन्दै परिचय स्थापित गर्ने अन्तिम ग्ुरुङको यो प्रथम प्रयत्न हो भन्न सकिन्छ । परन्त्ु प्ुस्तक सबै खालका पाठकका लागि उपयोगी, रोचक र फलदायी ह्ुनसक्छ भन्ने अपेक्षा गनर््ु अर्घेल्याङँ नहोला । खासगरी विद्यालयतहमा अध्यनरत छात्रछात्राहरुका लागि यसले खास प्रभाव राख्ला भन्ने विश्वास गर्न सकिन्छ ।
अन्तमा, अन्तिमजस्ता प्रखर, उर्वर र तिख्खर य्ुवाहरु जन्माउन सफल पर्वत जेसीजलाई साध्ुवाद टक्राउँदै अन्तिम ग्ुरुङको यो ओझिलो, दर्बिलो र प्रभावकारी प्रथम पाइलो ‘आजाद ध्वनी’ समग्र य्ुवाप्ुस्ताको स्वतन्त्रताको अपेक्षासहित सगरमाथाको शिखर च्ुम्नका लागि अनवरत अघि बढिरहोस्् भन्ने हार्दिक स्ुभेच्छा प्रकट गर्दछ्ु ।
मैत्रीचोक, कुश्मा ।