19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छोरीको सुत्ने बेलाको कथा

कविता कृष्ण उपाध्याय December 21, 2013, 2:37 pm
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

अग्रगामी आलोकित गन्तब्य खोज्दै

अल्लादित अधबैंसे हिमभालु हिमबाटिका चहार्छ,

आफ्नै अधबैंसे गोडाका डोबहरु निहुरेर नियाल्छ

चिसा चम्किला हिमबाटिकामा उसले हिड्दा वनेका हिमपथ हेर्छ ।

दिगन्त हेर्छ

हिमालोकित हिमान्चलबाट बतास कतै हतास दौडिएको देख्छ

फेरी दिगन्त हेर्छ

चिनेका चरा जति बग्रेल्ती बर्गेन झर्दै गरेको देख्छ,

उन्माद र उमङ्गमा उडाइमा बतास जत्तिकै हतास र हतारमा उडेको देख्छ

हिउकै आवरणमा देख्छ ।

भालु भक्कानिन्छ

लम्किदा लम्किदै आफ्नै जिउ जुर्मुराउछ

आफ्नै जिउ पनि हेर्छ हिउको जिउ देख्छ

खुशी हुन्छ हिमभालु हुनुको आलोकित आनन्दमा/

हिउँको हिमभालु हुनुको आनन्दमा

हिउँका ढिकुरा माथि चड्छ

तल धेरै तल लोंडोनियम नियाल्छ बग्रेल्ती बत्तिहरु देख्छ

बाटाभरिका हिममानब देख्छ हेमानका हिमांगहरु.…

भालुका भावनाहरुमा

लोंडोनियमका बग्रेल्ती बत्तिहरुले मधुर गीत गाएको सुन्छ

दौडिदै हिममानबको हिमांग छुन्छ अंकमाल गर्छ सुसेल्छ …

फेरी हेर्छ

साच्चिकै मान्छे पनि चिसा चिसा दिनहरुमा न्यानो न्यानो प्रेम साट्दै थिए

राता राता टोपीका पहिरनमा आलोकित भावहरुमा!

वेम्ब्ली, लण्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।