14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गीत

गीत भेषराज रिजाल December 31, 2013, 5:53 am

बिहानीको हिमालजस्तो भए तिम्रो मन

गोधुलिको क्षितिजजस्तो भए तिम्रो तन

यो पहरे छाती हुन्थ्यो आकासभन्दा उचा

यी फलामे पयर हुन्थे धर्तीभन्दा चौडा

दुःख पीर लुकाउने सहाराको झोली

वासन्ती सुसेलीजस्तो भए तिम्रो बोली

यी ककर्श आलापहरू हुन्थे अमर गीत

यी दुखान्त विछोडहरू हुन्थे अमर प्रीत

नयनताल पौडेर अधरअधर डुल्न पाए

हृदयाकास चहारेर अन्तरमनमै भुल्न पाए

खण्डहरमा पनि बन्थ्यो मेरो घरबास

यी चीसा रातहरू हुन्थे मधुमास

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।