प्रिय! तिम्रो सम्झना न् आएको हैन
जीवनको यो दौडधुपमा
तिमीलाई न् सम्झेको हैन
तिमीले नै सम्झेर होला
बाडुली लागेको त् गन्ती नै छैन
तिमी पिर र् ब्यथाले थालिएकी छौ
मलाई थाहा छ, म् समयमै आएर
हेर बिचार गर्नु पर्थो
तिम्रो बगलमा बसेर
तिमीलाई नियाली रहनु पर्थ्यो
तिम्रो कपाल सुम्सुमाएर
तिमीलाई ढाडस दिनु पर्थ्यो
प्रिय!
मेरा आशु तिम्रा कुशलताको लागि बगिरहेको छ
मेरी बाबा तिमी चाडो सन्चो होउ
म् ढोकामा उभिएर
तिमीलाई नियालदा
तिम्रो पिडा स्वरमा मिसिएर बोलिरहेको थियो
आउनु भयो ?
हो! प्रिय! म् फर्किए
तिम्रो निम्ती फर्किए
सरौचिया,बिराटनगर