चियाबारीमा गुन्गुनाएँ मैले तिम्रो नाम फेरि
एकान्तले तर्साएर चिल्न लाग्यो घरीघरी ।
सिमसिम पानी जपेँ मैले तिम्रो नाम फेरि
विछोडले हप्काएर दागा धर्यो घरीघरी ।
बगैँचामा पसेपछि तिम्रो याद घरीघरी
फूललाई सोधेपछि तिम्रो साथ वरिपरि ।
माहुरीले कानेखुसी, कोयलीको भाखाभित्र
मैले श्यामश्वेत हृदयमा तिम्रो चित्र ।
फ्रेम हाली सजाएर अब रङ भर्छु आज
सकेदेखि चित्रभित्रै रमाएरै मर्छु आज ।