आकाश छुने लक्ष बोकेका वीरहर
धर्तीमातालाई पनि हसाउने कोशीस गर
नथाक तिमी सक्दिन भनी
हरेसलाई त्यग्ने कोशीस गर !
मै मोरी लानु के छ र भनी
सहयोग गर्ने कोशीस गर
नमान लाज आफ्नो भन्न
हात मिलाउने कोशीस गर !
कथा हो जीवन तिमी भन्छौ
कबिता भुझ्ने कोशीस गर
त्यगीदेऔ स्वार्थ केही छ भने
आँफैमा रमाउने कोशीस गर !
पाप छैन तिमीमा पनि
कर्म गर्ने कोशीस गर
अरुलाई रुवैइ म हस्छु भनी
गहिरो कोशीस कहिलै नगर !