बहार भई आउ, साहारा भई आउ यो मेरो जिवनमा
खुशी सजाई देउ, पिडा मिटाई देउ उदाशीको यौवनमा
यो प्यारो माटो, नागबेली बाटो कति महान छन्
यो गगन, यो पवन, मधुमाश कति शुन्दर छन्
ज्योती भई आउ,मोती भई आउ प्रतिक्षाको जिवनमा
यो घर दैलो देउसि र भैलो, चुपचाप सुनसन छन्
झस्कि/सम्झि, आतुर/चतुर भई यि आँखा चिहाउछन्
बिहानि भई आउ सरगम भई आउ बिवश यो जिवनमा
खोटाङ