19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रत्यागमन एक युग ध्वनि

कविता गुणराज लुइंटेल January 12, 2014, 8:23 pm

आकाशको कुरा गर्दा

तिमी ध्रुब तारा थियौ

धर्तीको कुरा गर्दा

तिमी सच्चा मानव थियौ

साथी थियौ तिमी

अभिभावक पनि

कोमल, निश्चल अनि स्वाभिमानी ।

जीवनको रोजाई र भोगाईसगै

रगत पिएर

पसिनाको मुल फुटाउदै

सिसा झैं फुटेको मनलाई

धा“जा धा“जामा अड्याउदै

जीवनको नया“ कथा रच्यौ तिमीले

तिम्रै शब्दमा–यो पाताल लोक–मा

माया“–प्रेमको वर्षा गरायौ

आफ्ना व्यथाहरु रातमा फुकाउथेउ कि?

दिनमा त सवैलाई हर्षित गरायौ

तिमी भित्रको आत्मा निश्चल थियो

त्यसैले त तिमीले मित्रु मात्रै कमायौ ।

साधुवाद छ तिम्रो सहनशीलतालाई

सम्मान छ तिम्रो अग्रगामी साथलाई

अनि तिम्रो निरन्तरको परिश्रम र लगनशीलतालाई ।

सही बाटोको खोजी

तिम्रो लक्ष्य हो कि?

सवैलाई अघिपछि लट्पट्याउने,

घारको रानो पो थियौ कि?

मनिसलाई लत बसाउने

कुनै नशा पो हौ कि?

सवैलाई ओत दिने

छहारी पो थ्यौ कि?

पाताल भूमिमा तिमी सधैं थाक्यौ होला,

तर मलाई गौरव छ–

तिम्रो परिश्रम कहिलै थाकेन,

तिम्रो गराइ र भोगाइले

विषाक्ततालाई सायद वाकेन ।

सच्चाईलाई गोदमा राखेर

सार्थकतासम्म पु¥यायौ तिमीले

का“डाको मरुभूमिमा

सद्भाव, मानवता र स्वतन्त्रताको

फूल फूलायौ तिमीले ।

भन्न मन लाग्छ,

कतै अर्जुनको सारथी तिमी नै थियौ कि?

सोच्न मन लाग्छ,

गयामा ज्ञान तिमीले नै पाएथ्यौ कि?

पहाडको रिक्ततालाई

मैदानले पूरा गर्न सक्दैन

सागरको रिक्ततालाई

मरुभूमिले प्रत्याभूत गर्न सक्दैन,

तिमी तिमी नै थियौ,

तिम्रो रिक्तता,

एक जटील प्रश्न बनेको छ मलाई,

यो रिक्तता यस्तो खालीपन

मानौं जहा“ संगीतका सबै साधन छन्

तर संगीतकार कोही पनि छैन ।

तिम्रो आगमन

एक युगको थालनी थियो भने

प्रत्यागमन एक युग ध्वनि

जस्ले धेरैलाई घच्घच्याएको छ

अनि सम्बोधन गरेको छ–

“सन्तोषं परमं सुखम् ।

गरौं, गराउ“ र अघि बढौंं ।।”

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।