विहानीको ताली ,बज्छ एकपल्ट
जवानीको ताली, बज्छ एकपल्ट
केही नयाँ त, केही पुराना
कहानीको ताली ,बज्छ एकपल्ट
बुढेसकालमा सहारा, लाग्छ लाखापाखा
मानहानीको ताली, बज्छ एकपल्ट
यादहरु बल्झिएर, अल्झाउछ धड्कन
निशानीको ताली ,बज्छ एकपल्ट
आउदा बेग्लै बस्दा बेग्लै जाँदा पनि बेग्लै
सिरानीको ताली बज्छ एकपल्ट
सम्झी आँशु झार्लाने कोही, हास्लान् पनि कोही
विरानीको ताली, बज्छ एकपल्ट ।।