15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रस्थान गर्नुअघि भूमिका सङ्ग्रहको संक्षिप्त विवेचना

कृति/समीक्षा सदानन्द अभागी January 21, 2014, 4:05 am
सदानन्द अभागी
सदानन्द अभागी

परिचय

प्रस्थान गर्नुअघि भूमिका सङ्ग्रहका रचनाकार हुनुहुन्छ बालकृष्ण घट्टराई । उहाँको पिताको नाम पं.रामप्रसाद भट्टराई र माताको नाम हो हरिकला देवी भट्टराई । वि.सं २००१ साल कार्तिक १७ गते बृहस्पतिबार बौद्या–गुम्हा गा.वि.स. –२ शीतलसदन, छेर्लुङ, पाल्पामा जन्मनु भएका भट्टराई, हाल बसन्तपथ, सिधार्थनगर–१२, रुपन्देहीमा स्थाइरूपमा बसोबास गर्दै आउनु भएकोछ । पेशाले उहाँ भैरहवा बहुमुखी क्याम्पस, सिधार्थ नगरमा ‘सहप्रध्यापक(नेपाल्ी विभाग) हुनुहुन्छ । उहाँको साहित्यिक यात्रातिर लम्कनुमा, उहाँका ‘पिताज्यूको सृजनशील व्यवहार छन्दमा कविता रचना गरी लय हालेर सुनाउने बानीबाट बाल्यकालमै बसेको संस्कारको साथै अध्ययनकालमा गुरूहरूबाट प्रप्त शिक्षा अग्रजसं्रष्टाहरूका कृतिको अध्ययन र अनुशीलता, प्राप्त अभिप्रेणाबाट सानो उमेरबाटै साहित्य यात्रामा लम्कनु भएको याथार्थता उहाँकै आत्म निवेदनबाट जानकारी हुन आउँछ । उहाँले कविता, गीत, कथा, समीक्षा–समालोचना, लेख–निवन्ध, संस्मरण, जीवनी, अनुवाद लगायतका विविध विधामा आफ्नो कलम चलाउनु भएको, उहाँका रचनाहरू प्रकाशित हुँँदै आएका छन् र हासीले अध्ययन गर्दै आएका पनि थियौं भने कृति प्रकाशनको हकमा भने उहाँको यो ‘प्रस्थान गर्नुअघि’ प्रथम कृति भएको छ । यस कृतिभित्र हामीले उहाँका समकालिन र दोस्रो पुस्ताका साहित्यकारहरूका कृतिहरूमा उहाँको भूमिकाले वोजनदार तथा यथार्थपरक धारणा व्याक्त गरेको देखिदन्छ ।

कृतिको संरचना

यो कृति १०४ पृष्ठको छ । यसको प्रकाशन श्रीमती नेत्रकुमारी भट्टराईज्यूले गर्नु भएको छ र मूल्य रु १५०÷– राखिएको छ । यसकृतिमा खण्डकाव्य १, कवितासङ्ग्रह ८ र बाल कवितासङ्ग्रह २, मुक्तकसङ्ग्रह १, जीवनी १, उपन्यास २, र कथासङ्ग्रह १, गरी १६कृतिका भूमिकाहरू समावेश गरिएका छन् ।

कृति र कृतिकारप्रति साहित्यकारहरूको धारणा

यस कृतिमा बरिष्ठ साहित्यकार तथा नेपाली समालोचनाका प्रखर व्यक्तित्व कृष्णचन्द्रसिंह प्रधान, बरिष्ठ गजलकार, साहित्यकार, समालोचक डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ र बरिष्ठ कथाकार, समालोचक कपिलदेव लामिछाने, क्रमस ‘प्राक्कथन’, ‘मुखबन्ध’ र ‘भूमिकाबारे छोटो भूमिका’ शीर्षकमा आफ्ना धारणाहरू व्यक्त गर्नु भएको छ । कृष्णचन्द्रसिंह प्रधान लेख्नुहुन्छ– ‘परिमार्जित भाषा, शिष्ट प्रस्तुति, परिपक्क शैली, विचार र समीक्षकीय शोच, प्रबृत्तिका बालकृष्ण भट्टराई हुन् भनेर यसका भूमिकाबाट अवगत गरें’ । यसरी नै डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले यस कृतिप्रति र कृतिकारप्रति आफ्नो तुलनात्मक अभिव्यक्ति यसरी पस्कनु भएको छ – यस अन्तर्गतका भूमिकाहरूले, बस्तुतः बालकृष्ण भट्टराईभित्रको द्रष्टा व्यक्तित्वको राम्रोसँग परिचय दिएका छन् । यी भूमिकाहरूमा कृतिको सामान्य परिचयमात्र नभएर विश्लेषणात्मक अध्ययनको आभाष पनि पाइन्छ । समीक्षात्मक शैली र शिल्प, कृतिकार र कृतिका पक्षमा सकरात्मक दृष्टि–प्रक्षेपण, सीमा वा कमीकमजोरीको सुपाच्य भाषामा सङ्केतनजस्ता विशेषता यी भूमिकामा भेटिन्छन् । खास गरी सबल, ओजमय र परिशुद्ध, प्राञ्ज्वल भाषिक अभिव्यञ्ज्वनाको दृष्टान्तका रूपमा यी भूमिका रहेका छन् । बालकृष्ण भट्टराईमा अन्तर्निहित समीक्षात्मक क्षमता र उत्कृष्ट भाषिक प्रयोगको नैष्णात्य यी भूमिकामा अवलोकन गर्न सकिन्छ । यस कृति र कृतिकार प्रति कपिलदेब लामिछाने आफ्ना तुलनात्मक धारणा राख्नु भएको छ । भूमिका तर्फ उहाँले लेख्नु हुन्छ– ‘...... समग्रमा यिनले कृतिको मर्म प्रष्ट पार्दै भूमिकाको धर्म निर्वाह गरेका छन्’ । कपिलदेव लामिछानेले बालकृष्णका लेखनशैली र कृति प्रकाशनतिर पनि आफ्नो धारणा राख्नु भएको छ – ‘बालकृष्ण भट्टराईले लेख्नु भएको कुराको जनाउघन्टी फुटकर प्रकाशनले दिइआएकै हुन् तर आफ्ना रचनालाई सग्लो ओतदिने वा सङ्ग्रहका रूपमा प्रकाशनमा ल्याउने मामिलामा वहाँले उदासिनता देखाउनुुभएकै हो । अब त्यसो भन्न पनि उचित छैन ’।

कृति र कृतिकारमा माथि उल्लेखित साहित्यकारका धारणा र कृतिको समग्र अध्ययनबाट के प्रष्ट हुन्छ भने बालकृष्ण एक बरिष्ठ साहित्यिक व्यक्तित्व हो । उहाँमा, साहित्यका विविध विधामा यथेष्ट सैधान्तिक तथा व्यवहारिक ज्ञान छ । उहाँको लेखनमा, शिष्ट र तुलनात्मक (समीक्षात्मक) प्रस्तुति र सकरात्मक दृष्टिकोण पाइन्छ । उहाँको लेखनशैली उत्कृष्ट र सन्तुलित छ ।

भूमिका लेखनमा बहस र कृतिभित्र पस्दा

यो कृतिभित्र पस्नु भन्दा पहिला भुमिकाको बारेमा पनि केही बहस देखिएकाछन् । भूमिका के हो र कस्तो हुनु पर्छ भन्ने धारणाहरू पनि आएका छन् । सर्ब प्रथम तत्कालिन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेको नेपाली बृहत् शब्दकोश (पाँचौ संस्करण २०५८)लाई अध्ययन गर्दा छ वटा परिभाषामा प्रथम परिभाषा–‘कुनै ग्रन्थका सम्बन्धमा ज्ञातव्य कुरा लेखिएको, त्यसै ग्रन्थको आरम्भको बक्तव्य, प्रस्तावना, प्राक्कथन, आमुख, उपोद्घात, मुखबन्ध’ भनी अथ्र्याइएको छ । जुनसुकै कृतिमा हेर्दा हामीले कृतिको प्रारम्भपूर्ब कुनै न कुनै रूपमा केही न केही लेखिएको पाउँछौं । यस कृति(प्रस्थान गर्नुअघि) मा पनि भूमिका लेखिएका छन् र त्यसमा आएका धारणालाई यहाँ प्रस्तुत गर्न चाहान्छु – भूमिकाको बारेमा माथिका बरिष्ठ साहित्यकारको मत पनि एक छैन । कृष्णचन्द्रसिंह प्रधानको धारणामा –‘भूमिका आफैमा स्वतन्त्र सिर्जनात्मक रचना होइन । समालोचनाभित्र पनि पर्दैन ।’ यसरी नै डा. घनश्यामजीको धारणामा –‘भूमिका वस्तुत समालोचनाको एउटा भेद हो । कृति उपभोक्ता अर्थात पाठकसमक्ष आउनुपूर्वको अनुशीलन वा निरूपणका रूपमा यसलाई लिन सकिन्छ’ । कपिल लामैछानेको धारणामा –‘ साहित्यको एउटा हाँगो समालोचना हो भने भूमिका पनि एक प्रकारको समालोचना नै हो’ । स्वयम् कृतिकार यस विषयमा के भन्नु हुन्छ त ?–‘प्रकाश्य ग्रन्थको परिचायत्मक प्रस्तुतिको निम्ति भुमिका उपयोगी नै मानिएको छ । भूमिकाकारको पाण्डित्य प्रदर्शन गर्ने वा विद्वताको मात्र छनक दिने मात्र उद्देश्य भने भूमिकाको हुनु हुँदैन भन्ने मान्यताबारे मेरो पनि विमति छैन’ ।

मेरो विचारमा भूमिका कुनै पनि कृतिको परिचयात्मक सन्देश हो । यदि कुनै पनि भूमिकाकारले कुनै कृतिको भूमिका लेख्छ भने उसले कृतिलाई राम्ररी अध्ययन गरेर त्यसमा भएका कमीकमजोडीलाई कृतिकारलाई समग्रमा सुधार्न लगाएर भूमिका लेखिन्छ भने त्यस भूमिकाले कृतिकार, कृति र भूमिकाकारको दायित्वलाई निभाउँछ र यस प्रकारको भूमिका लेखनले सबैको गरिमालाई बढाउँछ । समाजमा सुशन्देश दिंदै परिवर्तनलाई आह्वान गर्दछ र कृतिकारलाई मार्गदर्शन बन्छ साथै ऊ सवल पथतिर लम्कन्छ । मैले धेरै कृतिहरूका भूमिकाहरूअध्ययन गरेको छु । कही भुमिकाको लागि भुमिका भेटिन्छन । , कतै समिक्षात्मक रूपका भूमिका भेटिन्छन्, कतै बालकृष्णजीले भनेकाजस्तै भूमिकाकारका पाण्डित्य प्रदर्शन गर्ने र विद्वताको छनक दिने खालका, हुन्छन् भने कतै कतै कृतिको आकार र भूमिकाहरूको आकार पनि बराबरी देखिन्छन् । जे जसरी भूमिका लेखिए पनि भूमिका कृतिको तस्विरको रूपमा प्रस्तुत हुनुपर्दछ । अर्थहीन भूमिकाको कुनै अस्तित्व हुँदैन ।

शारांसमा बालकृष्णजी यथार्थताको कसौटीमा उभिनु भएको छ । उहाँ आफै सचेत हुनु हुन्छ र उहाँले लेखेका भूमिकामा विषयगतरूपमा गहिरो मनन् चिन्तन गरेर कृतिलाई र कृतिकारलाई स्वदेशी तथा विदेशी साहित्यकार, तिनका धारणा, माक्र्सवादी दर्शनको अवलम्वन र कृतिले दिन खोजेका सन्देश तथा मार्गदर्शनहरूसँग तुलनात्मक विवेचना गर्दै भूमिकालाई दर्बिलो र सन्देशमूलक पार्नु भएको छ । अब हामी भट्टराईजीले भूमिका लेख्नु भएका कृतिहरू र कृतिकारका बारेमा पोखेका अभिव्यक्तिहरूको शङ्क्ष्ेप्तिकरण –

७७ बर्षे यात्रीको ‘अन्तर वेदना सर्सती हेर्दा

७७ बर्षे यात्रीको ‘अन्तर वेदना सर्सती हेर्दा शीर्षकमा बालकृष्ण भट्टराई द्वारा लिखित पहिलो भूमिका हो । यो कवितासङ्ग्रहका रचयिता हुनुहुन्छ ७७ बषीय श्री हर्षध्वज राई । यस भूमिकामा भूमिकाकारले ३९वटा कवितालाई केलाउनु भएको छ । यसमा भट्टराईजीले यहाँ ‘...स्वान्त, सुखाय लेखिएका धेरै जसो कविता औपदेशिक बन्न पुगेका छन् ’ भन्नु हुन्छ, र उहाँले प्रमाणिक रूपलाई केलाउँदै ‘...यी उपदेशात्मक कविताहरूलाई आदर्शका बढी नजिक देखिनु स्वभाविकै हो’ भन्ने ठान्नुहुन्छ । यहाँ कविले आदर्शको खोजी गरिएको, सङ्घर्षमय जीवनका कुरा, विकृति र विलासिताको विरोध, शिवम् र सुन्दरम् ले पूर्ण राष्ट्रिय भविष्यको परिकल्पना गर्ने कविलाई बर्तमानको सत्यम्(?) कटु यथार्थवादी बनाएको, युवा स्वावलम्वन तिर लम्कने अभिव्यक्ति, जनआन्दोलनको अनिवार्यता, आँधिवेरीका रूपमा जनआन्दोेलन जानु पर्ने, जनशक्तिका अगाडि जुनसुकै शक्ति पनि परास्त हुनुपर्छ भन्ने दृढता, भारतीय नाका बन्दीको मा ठूलाराष्ट्रले साना राष्ट्र माथि प्रदर्शन गरेको अहम््ता हो भन्ने ठान्नु, आदिजस्ता कविका कविताले बोलेका विविध धारणाहरूलाई भूमिकाकारले सप्रमाण सहित प्रेरणादायी भूमिका निभाउनू भएको छ ।

अभिमत (अतृप्त जिन्दगीका असीमित चाहना)

डा.हर्षबहादुर बुडा मगरको ‘अतृप्त जिन्दगीका असीमित चाहना’ आत्म कथानक उपन्यासलाई ‘अभिमत’ शीर्षक दिएर बालकृष्णजीले दोस्रो भूमिका लेख्नु भएको छ । यस भूमिकामा बालकृष्णजीले संस्कृतको दुई हरफको कविताबाट उपन्यासले स्मरण योग्य र सार्थक पारेको अभिमत प्रकट गर्नु भएको छ –

क्षणे क्षणे अन्नवतामुपैति

तदेव रूपं रमणीयतायाः ।

अर्थात ‘जुन छिन छिनमा नयाँ नयाँ बन्दै जान्छ , त्यही नै रमणीयता अर्थात सौन्दर्यको स्वरूप हो ।’ यो दुई पृष्ठको भूमिकामा बालकृष्णजीले पारीजातका कृतिहरूको प्रभाव परेको हुन सक्ने धारणा र जीवनको व्यापकतालाई छुने प्रयास, अङ्ग्रेजी र हिन्दीका मुक्त प्रयोग, सहरीया पाठकलाई ग्राह्य हुने, यसमा उखान टुक्का र बाग्धाराको प्रचुर प्रयोग, नायक नायिकाको प्रणय प्रसङ्ग, धर्म, राजनीति, राष्ट्रियता, देशभक्ति, प्रेम , मानव अधिकार सम्बन्धी चर्चा आदि धारणालाई छोटो तर मीठो प्रस्तुतिमा भूमिका समाप्त पार्नु भएको छ ।

अभिमत (‘राष्ट्रका गौरव तथा नेपालका प्रथम अमर शहीद लखन थापा मगर (द्वितीय)’

बालकृष्णजीको तेस्रो भूमिका पनि डा. हर्षबहादुर बुडा मगरको जीवनीमूलक कृति ‘राष्ट्रका गौरव तथा नेपालका प्रथम अमर शहीद लखन थापा मगर(द्वितीय)’को बारेमा लेख्नु भएको छ । लखन थापा मगर (‘द्वुतीय) कहिलै भूल्न नहुने व्यक्ति भएकोले उनका बारेमा लेखिएको यो कृति ऐतिहासिक बन्न पुगेको, विगतको अनुभवले बर्तमान र भविक्ष्यका रेखा कोर्ने र राष्ट्रनिर्माण एवम् जातीय उत्थानमा जुट्नेहरूले यस्ता जीवनीबाट मनग्गे प्रेरणा प्राप्त गर्न सक्ने भएकोले कृति महत्वपूर्ण बन्न पुगेको, प्राध्यापक भिक्टर प्रधानको अभिव्यक्तिलाई दुई दुई ठाउँमा उल्लेख गर्दै जीवनी साहित्यको महत्वलाई यस कृतिसँग तुलना गरिएको, यस कृतिले तत्कालीन समसामयिक समाज, राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति, धार्मिक सामरिक अवस्थाको चित्रण भएको र यसको यध्यनबाट गोर्खाली वीरताको इतिहासको ज्ञान, विश्वका धर्मिक सम्प्रदायहरूको विवरण र ऐतिहासिक घटनाहरूसँग परिचित हुन सक्नेजस्ता महत्वपूर्ण पक्षलाई अङ्गाल्दै भारतमा १८५७ई.मा भएको सिपाही विद्रोहलाई दवाउन नेपालबाट पुरानो गोरखगण सित लखन थापा मगर(द्वितीय) र कालीबहादुर गणसित श्रीपति गुरुङ गएको र सिपाही विद्रोह दवायर नेपाल फर्के पछि खरोमिजास भएका गुरुङलाई टुँडिखेलको विजय परेडमा सैनिक विद्रोहका निम्ति अधिकृतहरूलाई उस्कायो भन्ने निहुँमा मारिएको तर लखन थापा मगर (द्वितीय) ले सिपाही विद्रोहबाट जङ्गबहादुरलाई सत्तााच्युत गर्न नसकिने, जङ्गबहादुरलाई सत्ताच्युत गराउनको लागि जनतामा राजनीीतक चेतना बढाएर आन्दोलन मार्फतबाट मात्र सत्ताच्युत गर्न सकिने, जनजातिभित्रका त्याग र बलिदानलाई जनसमक्ष ल्याउने अभिभारा भावी पिँढीका युवाहरूमा आइपरेको, समाजमा सन् १८५१ई मा बनेको मुलुकी ऐनले ल्याएको तागाधारी र मतवाली भनेर कोरिएको विभाजन रेखालाई हटाउन वि.सं. २००७ सालको प्रजातन्त्र र २०४६को संसदीय प्रजातन्त्रले नसकेको र हालसम्म जङ्गबहादुरले स्थापित व्यवस्था कायमै रहेको, जुनजसुकै समुदायले दिएको बलिदान र शहादत सम्पूर्ण राष्ट्रका लागि हुने, जङ्गबहादुरले आपूm र आफ्नो वंशलाई बलियो बनाउनु र तत्कालिन शाहवंशीय नाम मात्रको शासकलाई पदच्युत गरी आँफै नेपालको महाराजाधिराज हुनको लागि ब्रिटिस सरकारलाई रिझाउनु, सिपाही विद्रोह दवाउन गरेको उपकारको बदलामा न्ऋरद्य जङ्गबहादुरले पाउनु, १८६०ईमा सुगौली सन्धि गरेर बाँके बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिनु तर जङ्गबहादुरको राजा बन्ने व्यक्तिगत महत्वकान्छा भने पूर्ण हुन नपाउनु जस्ता सारगर्भित बुँदाहरूलाई भूमिकामा समेट्दै भुमिकाकार अघि बढ्नु भएको छ । बालकृष्णजीले यस भूमिकामा, बिटीस भारतको समकालिन राजनीतिक स्थितिको विवेचना, भारतलाई पराधिनताबाट हटाउनको लागि १८८५ई.मा भारतीय राष्ट्रिय काँग्रेसको स्थापना, १९४१ईमा शहीद हुने शुक्रराज शास्त्री, धर्मभक्त, दशरथचन्द्र र गङ्गालाललाई सहादातको बाटोमा डो¥याउने, लखन थापा मगर थिए भन्ने स्पष्ट ठहर रहेको लेखकको धारणा, ब्रिटिस शासनद्वारा, झुण्ड्याइएका क्रान्तिकारी भगवतसिंहसित लखन थापा मगर (द्वितीय)को तुलनात्मक विवेचना गरिएको, भारतीय आन्दोलनका क्रान्तिकारी नेताहरू(नेताजी सुभासचन्द बोस, त्र्रmान्तिकारी स्वामी दयानन्द सरस्वती, राष्ट्रवादी स्वामी विवेकानन्द,आदिको जीवनीको साङ्केतिक चर्चा, डा. हर्ष बहादुर बुढा डा. के.आई. सिंहबाट प्रभावित भएको कुराको साथै कृतिकारले लेखनीबाट राष्ट्रिय र अन्तराष्ट्रिय प्रसङ्ग र चर्चा उपचर्चाबाट दिएको योगदानमा कृतज्ञ हुनुपर्ने धारणा भूमिकाकारले राख्दै भूमिकाकारले यस कृतिलाई, यस प्रकार मूल्याङ्कन गर्नु भएको छ –‘छोटकरीमा यो पुस्तक नेपालको जनआन्दोलन र क्रान्तिकारीहरूको सङिक्षप्त पूवाद्र्ध इतिहास हो भन्नुमा अतियुक्ती नहोला’ ।

१५० बर्षसम्म ब्रिटिसको पराधिनतामा रहेको भारल १९४७ ई मा स्वतन्त्र हुनासाथ नेपाललाई भारतमा गाभ्न गरिएको कसरतको व्याख्यागर्दै डा. के. आई सिंहले चिनगई नेपालको अस्तित्व जोगाएको कुरा र भारतसँग घनिष्ट सम्बन्ध राखिनु पर्ने तर अन्धभक्त भै भारतीय नेताहरूको स्तुति गरिरहने प्रवृत्तिको तीखो आलोचना गर्दै सतर्क र चनाखो हुनुपर्ने चेतावनी पनि कृतिमा उल्लेख भएको धारणा भुमिकाकारले आफ्नो भूमिकामा प्रष्ट्याउने प्रयास गर्नु भएको छ । भुमिकाकारले डा. हर्षबहादुर बुडा मगरको कृतिले नेपाली वाङ्मयमा नयाँ आयम थपेको धाराण राख्नु भएको छ । यस भूमिकामा भूमिकाकारले कृतिको संङ्क्षेप्तिस्करण गर्दै,आफ्ना धारणा सरलरूपमा समालोचीय रूपमा पस्तुत गर्दै भूमिकालाई मूर्तरूप दिनु भएको छ । बास्तवमा भुमिका अनुकरणीय छ ।

‘जडाउरी’भित्र चियाउँदा

यो डा. हर्षबहादुर बुडा मगर द्वारा रचित ‘जडाउरी’मा लेखिएको चौथो भूमिका हो । यसमा भूमिकाकारले डा. हर्षबहादुर बुडा मगरको ‘पहिलो उल्लेखनीय कविता कृति बनेको छ भन्नु भएको छ । जडाउरीमा १९९९ साल देखि २०५६ सालसम्मका पचासवटा कविता सङ्ग्रहित रहेको, यी कविता भिन्न भिन्न कालखण्डमा रचिएका, ‘जीवन, मृत्यु, प्रणय, युद्ध, राष्ट्रियता, समाजिक चेतना,आदि विविध कविता यसमा समावेश गरिएका, अधिकांश कविता गद्यात्मकभएका, कृतिकारका अनुसार दृश्य, समकालीन चेतना र अन्य गरी विभाजन गरिएकामा भुमिकाकारले यी कवितालाई, व्याक्ति विशेष, दृश्य घटना, समकालिन चेतना, स्थान विशेष घटना प्रधान, कल्पना प्रधान( रोमान्टिक),राष्ट्रिय भावना प्रधान गरी सात उपखण्डमा विभाजन गर्न सकिने अभिव्यक्ति,बेग्ला बेग्लै, स्थानमा रचित भएकाले भिन्न भिन्न अनुभूति भल्किनु स्वभविक ठान्नु, डा. साहाव शैनिक भएर पनि युद्ध र युद्धका परिणतप्रति असन्तुष्ट भएका कविताको रचना गरिनुको साथै एउटा शैनिकको निस्वार्थ जीवनको प्रशंसा गरिएको, कविले सामाजिक चेतना सशक्त भएका कविताको रचना गर्नु, देशको अर्थतन्त्र जर्जर भएको, डा. हर्षका कवितामा सामाजिक शोषण र पर्यावरणीय प्रदुषणबाट सुपरिचित रहेको, राष्ट्र र राष्ट्रियताप्रति सजग र विनित भावका कविता रचिएका, स्वजीवन अवलोकन दृष्टिकोण, जीवन जगतमा सुपरिचित बुडाले जीवनबाट हारखाने र पलायनवादीलाई प्रेरणाप्रदान गर्ने काम, बुढाले ईश्वरलाई मानव सेवा र प्रेममा पाउन हुने धारणा, शोषण रहित समाजको स्थापनाका लागि सबैमा इमान्दारी हुनुपर्ने धारणा आदि आदि पक्षमा सप्रमाण, प्रस्तुति गर्दै भुमिकाकारले आफ्नो भुमिकाको सवलता प्रस्तुत गर्नु भएको छ । यस भूमिका लेखनमा भट्टराईजीले प्रसिद्ध विद्वान रोबर्ट कान्वेष्ट( च्यदभचत ऋयलखभकत) ले कवितालाई कसरी मूल्यवान बनाउन सकिन्छ भन्ने प्रस्तुत गरको धारणालाई यस भूमिकामा समावेश गरेर डा.हर्षका कविताको ओजनको तुलनात्मक विवेचना गर्नु भएको छ , बास्तवमा यसरी तुलनात्मक भूमिका लेख्नू प्रशंसनीय काम हो । हेरौं रोबर्ट कान्वेष्ट( च्यदभचत ऋयलखभकत) का शब्दलाई– “कवितालाई सधैं एउटा बौधिक संरचनाको आवश्यक्ता पर्दछ, कविता तव मात्र अधिक मूल्यवान हुन्छ , जब यसलाई , मानवता, व्यङ्ग्य, तीब्र भावाबेग अथवा समझदारीको दीप्ति दिइन्छ ।”

ज्योत्स्ना ः एक अवलोकन

यो बालकृष्णजीको पाँचौ भूमिका लेखन हो । ज्योत्स्ना हरिराज शर्माद्वारा रचित खण्डकाव्य हो । यस खण्डकाव्यको भूमिकामा बालकृष्णजीले २२ बुँदामा यस कृतिको बारेमा समीक्षकीय रूपमा भूमिका लेख्नु भएको छ । यस भूमिकामा भूमिकाकारले, शाक्यहरूको प्राचिन राजधानीमा प्रसिद्ध कथाकार भवानी भिक्षु, र संस्कृत र नेपाली वाङ्मयका विद्वान डा. विक्ष्णुराज आत्रेय पछि लामो समयसम्म साहित्यिक प्रतिभा पाउन नसकेकोमा यस अभावको पूर्ति, हरिराज शर्मावाट देखिनु, कपिलबस्तुको सर्बतोमुखी विकासको साथसाथै साहित्यिक विकास भएको, हरिराज शर्माको २०५२ सालमा ‘कल्पना’ खण्ड्यकाव्य, प्रकासशित भैसकेको र ‘ज्योत्स्ना’ दोस्रो खण्डकाव्य भएको विवरण, प्रष्ट्याउनु भएको छ । ज्योत्स्ना खण्डकाव्यलाई तीनखण्डकाव्यमा विभाजन गरिएको र बनासरको पृष्ठिभूमि आंशिक हुनुको साथै तौलिहवा, पाल्पा, अर्गली, रिडी, रेसुङ्गा, तम्घास आदिको परिवेशमा लेखिएको, आञ्चलिक बर्णनात्मक काव्य पनि भन्न सकिने, नायक कपिलबस्तु निवासी चन्द्र नामगरेका युवक( जो काशीमा पढ्न बसेका र नायिका ज्योत्स्ना भण्डारी –तम्घास निवासी(जो पाल्पामा पढ्न बसेकी र सहायक पात्रहरूमा उनीहरूका बाबा, आमा रहेका विवरण भूमिकामा आएका छन् । भूमिकामा संक्षिप्त कथा बस्तु पनि समावेश गरिएको छ जसको संक्षेप्तिकरण यस प्रकार छ –

कथाबस्तु– काशीमा पढ्न बसेका चन्द्र घर आएका वेला मावली रेशुङ्गा जाँदा अनायास रिडीबजारमा ज्योत्स्नासँग भेट हुन्छ, । दुबै जनाले परिचय लिन्छन् र देशको तत्कालिन राजनीतिक अस्थिरताको साथै विविध खाले देशमा घटेका घटना सत्तालिप्साका आदि चन्द्रबाट सुन्दा ज्योत्स्ना चन्द्रसँग प्रभावित भएर दुबैमा प्रणयको सूत्रपात हुन्छ । काली गण्डकी र ऋषिकेशवलाई साक्षी राखी दुबै प्रेममा आवद्ध हुन्छन् । दुबैले वनारसमा पढ्ने बाचा गर्छन् । ज्योत्स्नाले बनारसमा पढन जानको लागि बाबुआमालाई विश्वस्त पार्न कठिन पर्छ तर ज्योत्स्नाको आग्रह र तार्किक कुराबाट उनलाई बनारस पढ्न पठाइन्छ ।, दुबैले बि.यच.यूमा पढ्न थाल्छन् प्रेम गाढा बन्दै जान्छ । अचानक त्योत्स्ना घर आउनपरेकाले चन्द्रले रेलवे स्टेशनमा आएर विदा गर्दछन् ,घरमा बाबुआमाले ज्योत्स्नाको विवाह गरिदिने प्रस्ताव राख्छन् तर ज्योत्स्नाले जेठमा परीक्षा सकिए पछिमात्र विवाहको बारेमा सोच्ने धारण राख्दै उनी बनारस फर्किन्छन् । आमाको बिमारीको कारणले चन्द्र घर आउँछन् र एक्लै भए पछि ज्योत्स्ना पनि घर आउँछिन् । धेरै दिनसम्म ज्योत्स्ना बनारस नआए पछि चन्द्र भेट गर्न जाँदा ज्योत्स्नाको विवाहको दिन भन्ने थाहा हुन्छ र उनी वेहोस हुन्छन् भने ज्योत्स्नालाई घर भित्र्याउँदा आरती निभेपछि अलच्छिनी भनी आरोप लगाएर उनलाई घरबाट निकाल्न्छि र उनी खोलामा हामफालेर आत्माहत्या गर्छिन् । ज्योत्स्नाको आत्महत्याबाट चन्द्य्र विह्वल भएर पागल बनी उनको पनि प्राणान्त हुन्छ । भूमिकामा उल्लेखित खण्डकाव्यको कथा शारांसको शारांस मैले यहाँ प्रस्तुत गरें अव हामी खण्डकाव्यमा भूमिकाकारले प्रस्तुत गरेका तुलनात्मक विवरणहरूतिर लाग्यौं – भुमिकाकारकै शब्दमा –‘बर्तमान पुस्ताका युवायुवतीमा देखिने प्रेमप्रसङ्गलाई, विषय बस्तुबनाएर लेखिएको यो दुःखान्त प्रणय काव्य हो ।््््््....यसमा प्रेममा अमरता दर्शाउन खोजीएको छ ।’ भूमिकाकार कै शब्दमा –“......अपरिचित मान्छेसँग गाँसिएको प्रेमको विचित्रता, जीवनमका प्रेमको अनिवार्यता,े र त्यागले मात्र प्रेमलाई अमर बनाउँछ त्यसैले साँचो प्रेममा स्वार्थ होइन त्याग चाहिन्छ ।’ यस खण्डकाव्यलाई भुमिकाकारले महाकवि लक्ष्मीप्रसाद देवकोटा को मुना मदन र कुञ्जिनी जस्ता खण्ड काव्यसँग दाँजिएको छ । यस खण्ड काव्यका प्रेम विह्वोललाई भूमिकाकारले माधव धिमिरेको ‘गौरी’ मा व्याक्त भएका कारुणिक भाव ज्योत्स्नामा पनि झल्याक झुलुक पाउन सकिने, धारणा पोख्नु भएको छ ।

आदर्श प्रेमविना जीवनमा मान, वैभव आदिबाट शान्ति सुख हुँदैन भन्ने धारणा, सच्चा प्रेमीहरू जन्म जन्मान्तरमा पनि पुन भेटहुने भावना, सुख र दुःख , संयोग र वियोग, चन्द्रसूर्य जस्तै आउने जाने गर्दछन् भन्ने दार्शनिक सोच, राष्ट्रियता र प्रकृति प्रेम, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी जस्ता उद्गार, प्रसिद्ध नाटककार समको ‘इच्छ्या कवितासँग भावशाम्य राख्ने, राष्ट्र, राष्ट्रियता। मातृभूमिप्रतिको ममता, समसामयिक राजनीतिसँग प्रष्टता, प्रजातन्त्रले जनतालाई केही दिन नसक्नु, नेपाली सामाजिक जीवन, रोजगारीको खोजीमा विदेश पलायन, पुरानापुस्ताका बाबुआमा र नयाँ पुस्ताका छोरी बीचको द्वन्द्व, शिक्षा हाँसिल गर्न काँशी जाने पुरानो परम्परा, काव्य लेखनमा आएको सुधार, ‘अपिमासं मसं कुर्यात् छन्दोभङ्गं नकारयत्’को सिधान्त निर्वाह गर्ने प्रयास, साहित्य सामाजिक रूपान्तरणको लागि लेखिनेर जनताका आवाज र युगका चाहनामा रचिएमा काव्य लोकप्रिय हुने, मन नपरेकी बुहारी माथि गरिने अमानवीय व्यवहारका आँशिक्षित शासू ,प्रेम विना सबै तुच्छ हुने बिचार, खण्डकाव्यले खण्डकाव्यको सम्पूण गुणलाई अवलम्वन गर्न नसके पनि खण्डकाव्यका धेरै तत्वको निर्वाह भएको, लेखनाथका ‘ऋतुबिचार’का आलङ्कारिक सन्दर्भ सम्झाउने कतिपय हरफहरूमा उपमाको सफल संयोजन, दृष्टान्त र रूपक, उपमा, उत्पे्रक्षा अलंंकारको प्रभावकारी प्रयोग, आदि उपरोक्त बुँदाबुँदामा श्लोकीय उदाहरण सहित भूमिकाकारले खण्डकाव्यको सफल पक्षमा र सुधार पक्षमा गम्भिर विश्लेषण गरेर समिक्षात्मकरूपको अनुकरणीय भूमिका प्रस्तुत गर्नु भएको छ । यस खण्डकाव्यको भूमिकाको सारांश भूमिकाकारको शब्दमा हेरौं – ‘सारांशमा बर्णनात्मकता, प्रबन्धात्मकता, अन्त्यानुप्रास, शृङ्गार र करुणरसको संयोजन, आलङ्कारिकता, पात्र विधान, अनुष्टुप छन्द, सर्गान्तमा छन्द परिवर्तनजस्ता गुणहरूले ज्योत्स्नालाई काव्यिक सौन्दर्यता प्रदान गरेका छान् ...... कविबाट समाज सुधार र समाज परिवर्तन दिन खोजीएको छ ।....आधुनिक गद्यलेखनको प्रतिस्पर्धाको युगमा शास्त्रीय छन्दमा काव्य रचना गर्ने अठोट लिएर अधि सर्नुभएका शर्माजीको प्रयास प्रशंसनीय छ । ’

बास्तवमा मैले उक्त खण्डकाव्यको अध्ययन त गरेको छैन तापनि यस भूमिकाले ‘ज्योत्स्ना’ खण्डकाव्यको चिरफार गर्न कुनै कसरत बाँकी राखेको छैन । माथिका सबै बुँदाहरू मैले भूमिका बाटै सङ्क्षेप्तिकरण गरेको छु यसबाट पनि भूमिकाको मूलमर्म प्रष्ट देखिन्छ ।

नेपाली गद्य विधामा नौलो प्रयोग ‘संग्राम र शान्ति’

‘संग्राम र शान्ति’ डा. हर्षबहादु बुढा मगरको आत्मकथात्मक औपन्यासिक कृति हो । यस कृतिमा लेखिएको बालकृष्ण भट्टराईजीको छैटौं भूमिका हो । यस भूमिकामा बालकृष्णजीले यस कृतिलाई ‘नितान्त एउटा आत्म परक उपन्यास मात्र नभएर शताब्दियौंका युद्धहरूको जीवन्त दस्तावेज हो ’ भन्नु भएको छ । यसरी नै भूमिकामा बालकृष्णजीले प्रसिद्ध ब्रिटिस समालोचक नान्सी स्मीथको अभिव्यक्तिलाई आफ्नो भूमिकामा समावेश गर्दै लेख्न’ हुन्छ–‘बास्तवमा लेखकको आफ्नो अनुभूत, सत्यतामा आधारित अभिव्यक्ति नै जीवन र जगत्को बास्तविकतासँग बढी नजिक हुन्छ र यथार्थ परक पनि हुन्छ ।’ हेरौं प्रसिद्ध ब्रिटिस समालोचक नान्सी स्मीथको अभिव्यक्तिलाई पनि – “क्ष्त ष्क यातभल कबष्म तजबत ाष्चकत लयखभकि बचभ mबष्लथि बगतयदष्यनचबउजष्अब ि।त्जष्क mबथ धभिि दभ तचगभ, दभअबगकभ ब धष्कभ mबहष्m ष्क “ ध्चष्तभ बदयगत धजबत थयग पलयध’ गलतष् िथयग बचभ कपष्ििभम बलम भहउभचष्भलअभम” ९ल्ब्ःऋथ् क्ःक्ष्त्ज्स धचष्ततष्लन थयगच षिभ, कतयचथ, ीयलमयल। ज्ञढढघ, उ।उ।ज्ञण्द्ध(ज्ञण्छ०

बास्तवमा बालकृष्णजीको कथन सत्य हो । यस भूमिकामा भूमिकाकारले यस कृतिमा लेखकले भोगेका जीवन जगत्का कटु सत्यहरूलाई काल्पनिकताको जलप लगाएर, सुन्दर बनाएर प्रयास गरिएको, आत्म कथा प्राय प्रथम पुरुष दृष्टिविन्दुमा लेखिने तर यो कृति तृतीय दृष्टिविन्दुमा लेखिएको, मान्छेले मान्छे भएर बाँच्न अवलम्बन गर्नुपर्ने मार्गको दिशा निर्देशन गरेको, यसमा महाभारतकालीन वेदव्यसका छायाँरूपमा हरिस देखिएको र अम्बाजस्ता नारी पात्रको भूमिका ब्लूम, प्रमिला, आशा, देवी आदिले गरेका, प्रथम, दुतिीय विश्वयुद्ध, र पछिका एसिया, युरोप, ल्याटिन अमेरिका, अफ्रिका, मध्यपूर्ब ठाउँहरूमा भएका सानाठूला युद्धको बारेमा फेहरिस्त प्रस्तुत गरेको, माओवादी जनयुद्ध, कमैयाप्रथा, विश्वको समसामयिक भू–राजनीतिक अवस्था, सांस्कृतिक–भाषिक–धार्मिक परिवेश, सामाजिक आर्थिक स्थिति, सम्धी सम्झौता, विश्व युद्ध शीत युद्ध शान्ति र विकासको लागि थालिएका अनौको प्रयासहरू, आतङ्कवादको चपेटामा परेको आजको विश्वलाई शान्तिमा परिणत गर्ने कृतिको उद्देश्य रहेको, यो कृति नेपाली वाङमयको नौलो पुष्पहार र नौलो प्रयोग भएको, महान लेखक लियोटाल्स्टायको युद्ध र शान्ति ध्बच बलम उभबअभ संसारका विविध भाषामा अनुदित भए सरह यो कृति पनि विश्वका विविध भाषामा अनुदित भएमा नेपाली उपन्यास र उपन्यासकारको मूल्याङ्क हुने धारणाहरूलाई भूमिकामा समेटिएको छ र यस कृतिलाई नवीन प्रयोको रूपमा बालकृष्णजीले लिनु भएको छ । बालकृष्णजीको यस कृतिलाई कम्तिमा अङ्ग्रेजी भाषामा भए पनि अनुवाद होस् भन्ने धारणालाई स्वागत योग्य ठान्दै अनुवादककर्ता, प्रकाशकहरू सबैको ध्यान यसमा जावोस् र यो कृतिले अनुवादमा स्थान पावस भन्ने हर्दिक अपिल मैले पनि गर्दछु ।

‘मेरो बस्तीको कथा’ मा बर्तमान नेपाली जनजीवनका व्यथाहरू

यो कृतिका कृतिकार हुनुहुन्छ युद्धविक्रम शाही र शाहीको कृतिमा बालकृष्णजीको यो सातौंं भूमिका हो । युद्धविक्रम शादी कालीकोटको ओदनुक गा.वि.सको डिल्लीकोटमा जन्म भै हाल वीरेन्द्र नगरमा बसोबास गर्दै आएका छन् र कविको पहिलो कृति ‘क्रान्तिका स्वरहरू’ २०५२मा प्रकाशित भएको र यो दोस्रो कृति रहेको छ । यसमा बालकृष्णजीले कविताको परिभाषा दिएर भूमिकाको थालनी गर्नु भएको छ । बालकृष्णजीको कविताको परिभाषा यस प्रकार छ –जगत्मा कविले जे देख्छ र जीवनमा कविले जे भोग्छ त्यसकै प्रभाव र प्रतिक्रिया स्वरूप उसले व्यक्त गर्ने संकेतात्मक अभिव्यक्ति कविता हो । यस भूमिकामा भट्टराईजीले कवि शाहीको कविताको परिभाषा पनि यहाँ समेट्न’ भएको छ र जुन यसप्रकार छ –‘अभिष्ट प्राप्तिका निम्ति गन्तव्यबाट विचलित हुनेहरू र उद्देश्य विपरीत लाग्नेहरूका विरुद्धको आवाज पनि कवि कविता हो ।’ पुन भट्टराईजीको धारणमा ‘स्वतन्त्रता र समनताको पक्षमा उभिनु पनि कविताको धर्म हो’ भन्नु भएको छ । यो भूमिका लेखन पनि विवेचनात्कमरूपमा गर्नू भएको छ । प्रणय सन्दर्भ, बर्तमान नेपाली गाउँघरका अवस्थाको चित्रण, आकाङ्क्षा, नेपाली नेपालीबीच उत्पन्न कटुताको सान्दर्भिकता, राज्यसत्ता दुरुपयोग गर्नेहरूप्रति व्यङ्ग, सामाजिक, सांस्कृतिक रूपान्तरण, क्रान्तिकारी र विद्रोही स्वरहरू, क्रान्ति चेतनना, विद्रोहका स्वरहरूले कृति उत्कृष्ट हुन पुगेको, प्रणय केन्द्रित कविता पनि शिष्ट प्रस्तुति, राष्ट्रिय र अन्तराष्ट्रिय घटनाप्रति संवेदनशील, स्थानीयताको कुशल चित्रण स्थानीय परिवेश, अन्तरनिहित भावअभिव्यञ्जना, अन्त्यानुप्रास अन्तरअनुय्रास।, बिम्ब योजना, प्रतिक अलङ्कार, आदि आदि विषयगत बुँन्दाहरूलाई समेट्दै, विवरणात्मक र विवेचनात्मकरूपमा भूमिका लेखिएको छ । भट्टराईले लेख्नु हुन्छ –‘ क्रान्तिकारी कवि गोपालप्रसाद रिमालको दृष्टिकोण एवम् प्रगतिवादी काव्य प्रवृत्तिबाट प्रभावित कविशाहीले ‘मेरो बस्तीको कथाअन्तरगतका अधिकांस कवितामा सामाजिक ,राजनीतिक, साँस्कृतिक र आर्थिक रूपान्तरणको निम्ति क्रान्तिको गरेको आशय प्रकट गरेका छन् ’ साथै ....‘कृति आधुनिक नेपाली कविताको प्रगतिवादी धारकै एक थप प्राप्ति बन्न पुगेको छ । ’ अतः भूमिकाले कृतिको विवरणत्मक स्थान ओगटेको छ ,

‘आमाछोराी’ ः नेपाली साहित्य क्ष्तििजमा उदीयमान दुई प्रतिभाको प्रशंसनीय प्रस्तुति

यो कृति आमा नर्मदेश्वरी सत्यालका २५ र छोरी जयन्ती स्पन्पन्दनका २५ गरी ५०वटा कविताको आधारमा भट्टराईजीले लेख्नु भएको यो आठौंैं भुमिका हो । यस भूमिकामा भट्टराईजीले कवितालाई अभिन्न अङ्ग बन्न पुगेको, कुनै समयमा स्वान्तः सुखाय लेखिने कविता आज जीवनको मर्म र कटुसत्यहरू पोख्ने माध्यम बनेको धारणा राख्दै आमाका कवितामा प्रगतिवादी, क्रान्तिकारी चिन्तनमा आधारित, सिधान्त र व्यवहारमा संतुलित समसामयिक समाजका विकृति, विसङगति, विडम्बनाका विरुद्ध व्यङ्ग, विद्रोहका स्वर धन्काउन सामर्थवान कविता, नारी अस्मिता उपर खेलवाड गर्ने यौन–पिपासु लोग्ने मानिसको शारीरिक प्रेमप्रति घृणा, आमा यस सङ्ग्रहको शसक्त कविता, मान्छेमा असमानता, छुवाछुत शोषण, उत्पिडनका विरुद्ध बिद्रोहकास्वर, अनैतिकताको विरोध, नैतिक मूल्य स्थापनाको लागि आग्रह, ब्रह्मले देखेको कुरा बोल्ने र लेख्ने दृढता राख्ने सत्यालका यी कवितामा युगको आवाज ध्वनित भएको धारणा आदि आदि कुराहरू भूमिकाले प्रष्टरूपमा श्लोकका उदाहरण सहित प्रष्ट्याउने प्रयास भएको छ ।

छोरीका कवितामा

जयन्ती ‘स्पन्दन’ (जयन्ती सत्याल अधिकारी)को बारेमा भुमिकाकारको धारणा यस प्रकार छ– ‘ जयन्ती ‘स्पन्दन’ (जयन्ती सत्याल अधिकारी) आधुनिजक नेपाली साहित्यको प्रगतिवादी साहित्यिक धारमा देखापरेकी एक उल्लेखनीय नारी प्रतिभाको नाम हो ।’ उनको कथा निबन्ध कविता, मुक्तक, गीत, हाँस्यव्यङ्गमा समेत हात चल्ने, भाव अनुकूलको सब्द संयोजनमा सफल देखिएको, जीवनजगतका कुराहरू, मानवजीवन(नारी जीवनका) समसामयिक जीवनका कटु अनुभूतिहरूको विभिन्न कोणबाट पस्तुति गरिनु, अधिकांस कविताहरूमा प्रेमप्रणय, कुण्ठा, निरासा, राष्ट्रियता र बर्तमान परिवेश, नेपालको प्रकृति, युगीन, विसङ्गति,–विकृतिका विरुद्ध व्यङ्ग्य विद्रोहका भाव, नारी अस्मिताको खोजी, बौद्धिकता प्रगतिवादीता र क्रान्तिकारिता, नयाँ मान्यताहरूको स्थापना विज्ञानसम्मत चिन्ता, मानवीय र विश्वजनित मूल्य र मान्यताप्रतिको चिन्ता, नयाँ आदर्शको स्थापना, सामाजिक रुपान्तरणको तीब्रचाहनाजस्ता भावहरू सशक्त रूपमा व्यक्त भएका छन् भन्ने ठहर, भुमिकामा, भूमिकाकारकै शब्दमा उद्धृत गर्दै प्रष्ट पारिएको छ ।

अतः ‘आमाछोरी’ कवितासङ्ग्रहमा स्वच्छन्दवादी चिन्तन, आशावादी, जीवनवादी दिशातिर अभिमुख, आमाद्वारा छोरीलाई व्यक्त गरिएको सहृदयीभाव र छोरीले पनि आमालाई आदर्श गुरुआमाको उच्चस्थानमा स्थापित गरिएको, कृति सिर्जना र प्रस्तुति दुबै दृष्टिले नौलो भएको, नारीवादी चिन्तनप्रति संवेदनशील प्रत्येक आमहरू र प्रत्येक छोरीहरूलाई आमा छोरीले घच्घच्याएको छ र नारीवादी लेखनन परम्परामा यो एक नयाँ पाइला हो भन्ने ठहरसाथ भूमिकाकारले भूमिकालाई स्पष्ट, सचेत र तटस्थरूपमा, कृतिमा गहिरिएर बुँदाबुँदा केलाउँदै सवल पक्ष र सुझावहरू प्रस्तुत गर्नु भएको छ ।

‘बाल बगैँचा’मा विचरण गर्दा

लक्ष्मीनाथ अधिकारीका द्वारा रचित २५वटा कविताको बालकवितासङ्ग्रह ‘बाल–बगैंचा’मा लेखिएको बालकृष्ण भट्टराईको यो नवौं भूमिका हो । यस भूमिकामा लेखकको सङ्क्षिप्त परिचय( तीन दशकदेखि शिक्षण पेशाम रहँदै आएका, लेखन गायन, चित्रकारिता, कर्मकाण्ड, हस्तरेखा विज्ञान, ज्योतिषशास्त्रमा दखल) दिंदै लेखनमा उचित अवसर प्राप्त गर्न नसकेको, बालबालिकालाई पढाउने भएकाले केटाकेटीहरूका रुचिका विषयमा लेखक सुपरिचित भएकाले उहाँले कविताको विषय चयनमा ‘मनोरञ्जनात्मक, ढङ्गबाट,जीवन र जगतका विविधसन्दर्भको उनीहरूलाई शिक्षित दिक्षित र सुसुचित गराउने उद्देश्य रहेको स्पष्ट झल्किन्छ’ भन्ने अभिव्यक्ति भूमिकामा भट्टराईजीले दर्शाउनु भएको छ । लक्ष्मीनाथ अधिकारी द्वारा लिखित बाल बगैंचा बालबालिकालाई मनोरञ्जनात्मक रूपबाट जीवनमूलक शिक्षदिन एउटा सुन्दर सामाग्रीको रूपमा प्रस्तु भएको र लक्ष्मीनाथ अधिकारीको ‘बाल–बगैंचा’ सफल देखिएको धारणा भूमिकामा प्रष्टिएको छ । यस भूमिकामा भट्टराईजीले बालसाहित्य कस्तो हुनुपर्दछ भनि सुझाव पनि दिनु भएको छ –‘बालबालिकाका निम्ति लेखिने साहित्य स्वभावतः सरल, सहज, लयात्मक, चित्रमय र एकै भनाईमा बुभ्mन सकिने हुनुपर्दछ । सरलता र गीयात्मकता बालसाहित्यको प्राण नै हो भने पनि हुन्छ ।’ भूमिका छोटो छ तर मीठो र संदेशमूलक छ । लेखकको दैनिक जीवनदेखि लेखन र बालसाहित्य लेखकहरूलाई समेत यो भूमिकाले सकरात्मक सन्देश दिएको छ ।

प्रदीप प्रधानको एक सफल प्रयास ः ‘मौन रात’

प्रदीप प्रधान द्वारा रचित १८वटा कथाहरू भएको यो कथासङ्ग्रहमा लेखिएको बालकृष्ण भट्टराईजी यो दसौं भूमिका हो । यसमा बालकृष्णजीले प्रदिप र उहाँको सम्न्बन्ध विद्यार्थी कालदेखि भएको र प्रधानको प्रतिभा माथि प्रशंसा गर्दै, १९ बर्षसम्म खेतीवालको जीवन, बाइस महिनासम्म अमेरिकाको साइपन(उपनिवेशराज्य )को बसाई, राजनीतिक यात्रा र एकदशकको व्यपारिक जीवनमा थुप्रै मोडहरू पारगर्दै साहित्यलाई अङ्गालेर, समसामयिक, नेपाली समाजमा घटेका, घटिरहेका र बर्तमानले भोगेका यथार्थ, स्वदेश तथा विदेशमा सिर्जित कथाहरू जसमा कुनैमा बाल मनो विज्ञान भएको कुनैमा विदेश बाट घरफर्कदा बाटोमा नै लुटिएका, साथै माओवादी जनयुद्ध, त्यसले युवायुवती सहभागि हुन र मृत्युवरण हुन वाध्यता, आदि आदि विविधतामा रहेका यी कथाहरूले समसामयिक समाजको प्रतिनिधित्व गरेका, पात्रहरूको चयन र भूमिकामा सफल रहेको ,कही कहीं विविध सन्दर्भमा अभिव्यक्तिगत अस्पक्ष्टना, भाषिक र व्यकरणगत त्रुटी दोहोरिएका भएता पनि कथा पठनीय रहेको, नेपाली समाजमा प्रयोग हुने उखान–टुक्काले कथा सिङ्गारिएको शोषण रहित समाजको सिर्जनाको लागि अनुचित गतिविधिको भण्डाफोर गरिएको, कथाकारको कलम प्रगतिवादी धारामा प्रवाहित भएको आदि आदि सत्यतथ्यकथ्यहरूको विश्लेषण गर्दै भूमिकाकारले भूमिकालाई समाप्त पार्नु भएको छ । गुरु– शिक्ष्यको तीब्र घनिष्टताको धारणा जति पोखे पनि भूमिका लेखन भने सन्तुलित, तटस्थ र पक्षपात रहित देखिन्छ ।

कलिला कविको ः चम्किलो ‘शुभारम्भ’

‘शुभारम्भ’ कवितासङ्ग्रह १५ बर्षीय प्रदीप पन्थी द्वारा लेखिएकोमा, बालकृष्ण भट्टराईको, यो एघारौं भूमिका बन्न पुग्यो । यस भूमिकामा भट्टराईजीले आफ्नो पिताले भन्ने गरेको संस्कृतको पद्यांश –‘बालोऽहं जगदानन्द,न मे बाला सरस्वती (सानो हुँदैमा उसको सरस्वती सानो हुँदैन)को सम्झना आउनु र सो पद्यांशका पंक्तिहरूमा कृतिकार र कृतिकारको स्तरको मूल्यांकन गर्दै भट्टराईजीले यो पंक्तिलाई यसप्रकार प्रस्तुत गर्नु भयो –‘बालोऽसि प्रदीपानन्द, न ते बाला सरस्वती । भूमिकाकारलाई प्रदीपका कृतिको अध्ययनले मन र मस्तिष्कमा अमिट छाप परेको, प्रदिपका हजुरबुबा युवराज पन्थी ‘मानस रामायणका स्रष्टा भएको, र प्रदिको शैशवकाल हज’रब’बाको साथमा वितेको र हजुुरबाको छाप प्रदीप र प्रदिपका दाजु अनुप (जसले प्रबन्ध सङ्ग्रह लेखेका छन्)लाई परेको, प्रदिपका बुबा माधवजी पनि ‘सर्बत्र विजयमिच्छेत् पुत्रादिच्छेत् पराजय’ भन्ने सूक्तिमा विश्वास कर्ता रहेको, आदि पारिवारिक वातावरणीय प्रभाको बारेमा भूमिकामा उल्लेख भएको छ । भूमिकामा भट्टराईजीले संक्षेपीकरण गर्दै लेख्नु भएको छ – ‘सर्सर्ती हेर्दा ‘शुभारम्भ’भित्र बस्तुविधानका दृष्टिले प्रकृति चित्रण, राष्ट्रियता, देश भक्ति, शहीदप्रतिको श्रद्धा, शिक्षा, राजनीति र जीवन बोध भएका कविता पाएँ । ’ यो कृति छन्दमा लेखिएको, सबै जसो कविता २०५५ देखि २०६० सम्म मा लेखिएका , बिरालो र बाघजस्ता सुन्दर प्रतिकको संयोजन भएको, भाव भाषा, लय, कथ्यको चयन, काव्यात्मक गुणहरू, रहेको, समकालिनहरूको हाराहारीमा उभिन सकेको र ‘यथार्थमा यो कृति समाजिक रूपान्तरण अभियानको अर्को आरम्भ बनेको छ’ भन्ने अभिव्यक्ति भूमिकामा आएकाछन् । यो भूमिकाले पारिवारिक साहित्यिक सिर्जनाको इतिहास बोक्नुको साथै प्रदीप पन्थीको कविता लेखन समकालिन स्रष्टाको तुलना समेतलाई समेटे र उदाहरणीय भूमिका प्रस्तुत गरिएको छ ।

‘सागरका कविताहरू’भित्र डुबुल्की लगाउँदा

विजय सागर( विजय गोविन्द सेष्ठ)को यो कवितासङ्ग्रहमा २९वटा गद्यकविताहरू २०३०को दशकदेखि २०६० सम्म रचिएका, साना सना कविता सहित १५१ पंक्तिसम्मका कविता समावेश भएका छन् । बालकृष्ण भट्टराईजीको यो कृतिमा लेखिएको १२वौं भूमिका हो । यस भूमिकामा बालकृष्णजीले कविताहरूको सङ्क्षेपीकरण गनुको साथ साथै समग्रमा कविताको मूल्याङ्कन यसरी गर्नु भएको छ –‘यसरी समग्रमा हेर्दा ‘सागरका कविताहरू’भित्रका अधिकांश कविताहरूमा युगबोध छ, मुलुक र माटोको मूल्यको खोजी छ , गरिवी, शोषण र उत्पीडनका व्यथाहरूको स्पन्दन छ, जीवनका उत्सर्ग, मुलुकको विकास, राष्ट्रिय गौरवको निरन्तरताको तीब्र चाहना प्रतिबिम्बिित भएको छ साथै द्वन्द्वको अवशान र शान्तिको पुनःस्थापनामा राष्ट्रिय सम्पदाहरूको संरक्षण र स्वर्णिम भविष्यप्रतिको विश्वास, जगाउँदै कविद्वारा युगीन दायित्व, समुचित किसिमबाट निर्वाह गरिएको छ ।’ भूमिकामा बिम्ब, प्रतिक, मिथकीय प्रयोग, स्वभूमिका विषयबस्तुमा शीर्षकीकरण, व्यञ्जनामूलक अभिव्यक्ति सहज सरल एवम् सम्प्रेष्य भाषिक शिल्पले कवि विजयलाई विजय नै बनाएको अभिव्यक्ति प्रकट गर्दै विविध पक्षलाई भूमिकामा समेट्दै भूमिकाकारले भूमिकाको धर्म निभाउने काम गर्नु भएको छ ।

‘धीर’को मूक्तककारिता ः एक चर्चा

पाल्पा, बौघा–गुम्हा –२ निवासी मुक्तककार दैवीप्रसाद न्यौपाने द्वारा सिर्जित चतुस्पदी शैलीका शीर्षकीकरण गरिएका १००वटा मुक्तकमा भट्टराईजी द्वारा लेखिएको यो तेह्रौ भूमिका हो । यसमा मुक्तककार शिक्षण पेशा अङ्गालेका, निम्न मध्यम बर्गिय चेतनाबाट उठेका, सानै उमेरमा पितृ–सुखबाट बञ्चित संघर्षशील जीवन बिताएका युवकको पहिलो कृति भएको, परिचायत्मक आलेखका रूपमा यसलाई सीमित राखिएको, मुक्तककारले प्रकृति, नेपाली जीवन, समाजिक, राजनीतिक व्यवस्था, विकृति–विसङ्गति, गरिवी, भ्रष्टचार, भाषासाहित्य, मानवीय स्वभाव, आदि जीवन र जगतका विविध फाँटबाट विषय चैन गरी लेखिएका र यिनमा राजनीतिक व्यङ्ग, भित्रिदै गरेको बाह्यसंस्कृतिप्रति चिन्ता प्रकट गरिएका, अधिकांश मुक्तकहरू परिचायत्मक प्रकृतिका रहेका, सामन्य पाठकले सहजै बुभ्mनसकिने खालका, समाजलाई अग्रगामी दिशामा लैजान गरिएको मुक्तककारको प्रयास प्रशंसनीय रहेको, जटिलता र चुनौतीलाई सामना गर्दै ‘धीर’ले ‘नदीमा हाम नफाली पौडन सकिदैन’ भन्ने भनाईलाई चरितार्थ गर्दै सागरमा हामफालेको समय, श्रम, साधनाले धीरलाई पारी पुग्न सफलता मिलोस् भन्ने कामना राख्दै छोटो मीठो प्रस्तुतिमा भूमिका समाप्त भएको छ ।

निजात्मक अनुभूति र सामाजिक मर्मको सिङ्गो प्रस्तुति ः इतिहास अधुरै रहन्छ

भट्टराईजीले, धौलागिरि अञ्चल लिमीठानामा २०१६ साल वैशाख ४ गते जन्मेका, २०३० देखि लेखनमा द्रुतता लिएका , २०५०सालमा ‘वातावरण लेखसङ्ग्रह(भाग १)साथै ‘नेपालको आधुनिक बैंकिङ्ग प्रणाली,(२०६१) प्रकाशन गरिसकेका र साहित्यतिर ‘इतिहास अधुरै रहन्छ’ नामक प्रथमकृति प्रकाशनमा रहेका योगेन्द रेग्मीको्र कृतिमा लेखेको यो चौधौं भूमिका हो । यस भूमिकामा भट्टराईजीले कविताको परिभाषा(‘जीवन र जगत्का परिदृश्यहरूको प्रभावबाट निःसुत कलात्मकअभिव्यक्ति शब्दान्तरमा काव्य र कविता हो) र कविता वा काव्यको सिर्जना कसरी हुन्छ (‘सम्भवतः स्वान्त ‘सुखाय,वा लोकोपकारका निम्ति आन्तरिक अनुभूतिहरूको प्रकटीकरण र मान्छेका सिर्जनाधर्मी प्रबृतिबाट काव्य वा कविताको जन्म हुन्छ’) भन्ने आफ्ना धारणा राख्दै यस कृतिको भूमिकामा अग्रसर हुनु भएको छ । यस कृतिमा २०३८ देखि २०६२सालसम्म विभिन्न स्थानमा रचिएका लामा र छोटा गरी दुई दर्जन भन्दा बढी कविताहरू, शीर्षकविहीन सातवटा गजलहरू, शीर्षक सहितका छवटा मुक्तकहरू समावेश रहेका, समाजमा देखिने अभाव, विपन्नता, सामाजिक, अर्थिक, राजनीतिक, कविता र विसङ्गतिलाई कविताको शीर्षकीकरण गरेका, सङ्ग्रहमा सङ्कलित सम्पूर्ण कविता र मुक्तकहरूलाई बस्तु विधान र भावभूमिका दृष्टिले कविका केही कवितालाई वैयक्तिक जीवनका निजात्मक अनुभूतिहरूको अवतरणको रुपमा, केही कवितालाई देशीय र युगीन परिदृश्य अनि ती परिदृश्यहरूबाट प्रभावित, मानसिकताको प्रतिबिम्ब गरी दुई पाटामा राखेर हेर्न सकिने र समग्रमा योगेन्द्र रेग्मीलाई नेपाली कविताको विशाल फाँटमा तैनाथ कविताकर्मीहरूको लाममा सशक्त रूपले उभ्याउने जमर्को गरेको धारणा भुमिकामा प्रष्टिएको र भूमिकाकारले उपरोक्त उल्लेखित बुँदाहरूमा श्लोकको माध्यमबाट कविताहरूको मर्मलाई पुष्ट्याईँ दिन कञ्जुस्यार्इँ गर्नु भएको छैन ।

‘जिन्दगीका प्रयासहरू’मा राजनीतिक चेतना

कवि रामबहादुर श्रेष्ठ, २००७ सालमा बाग्लुङ्गमा जन्मेर न्याय सेवाको लामो अवधी पारगरी रुपन्देहीमा १५ बर्षदेखि बस्दै आउनु भएको र ‘जिन्दगीका प्रयासहरू’(२१वटा कविताको सङ्ग्रह प्रथमकृति)मा बालकृष्ण भट्टराईजीले भूमिका लेख्नु भएको यो १५वौं भुमिका लेखन हो । यसमा बालकृष्णजीले, ‘बाल्यजीवनका हरेका पाइलामा आफ्ना अग्रज तथा मान्यजनबाट प्राप्त ज्ञानबाट प्रबृत्तिहरूको निर्माण हुनु ,विकसित प्रबृत्तिबाट उसमा परिपक्कता आउँछ, जीवनका भोगाई यादिबाट परिपक्क भावनालाई जब ऊ शब्दमा रूपान्तरण गर्छ तब ऊ बाट साहित्यको निर्माण हुन्छ । कलात्मक बान्किला र छरिता पदावलीमा जब ऊ चोटिला अभिव्यक्ति दिन थाल्छ ऊ बवि बन्छ,,अनि उसका शृङखलित,सारगर्भित सन्देशमूलक शब्दका पङ्क्तिहरू कविता बन्छन् ’ भन्ने धारण राख्दै भट्टराईजीले स्रष्टा रामबहादेर श्रेष्ठलाई बान्किला पदावलीमा चोटिला अभिव्यक्ति प्रस्तुत गर्ने चोटिला कवि हुन्’ भन्ने धारणा राख्नु भएको छ । यस कृतिले समेटेका विविध पक्षहरूमा बुँदागत विश्लेषण गर्दै धेरै जसो कवितामा राजनीतिक सचेतता देख्न सकिने, आशा निराशा, निस्पक्षता, समानता सामाजिक न्याय, इमान्दारी, स्वावलम्बन, देश भक्ति, नारीवादीता, राजनीतिक सचेतता, प्रतिगमनको विरोध अग्रगामी चेतनाको विकासद्वारा, सामाजिक रुपान्तरण, द्वन्द्वको अन्त्य र शान्तिको स्थापनामा कविको कलम केन्द्रित रहेको बालकृष्णजीले आफ्नै शब्दमा प्रस्तुत गर्नु भएको छ र कलात्मकता, वैचारिक परिष्कार, शिल्प चेतना,र शब्द सौन्दर्यमा कविले अझै परिश्रम गर्नुपर्ने सुझाव पनि दिनु भएको छ ।

त्राहि माम् ! मा एक दृष्टि

यो भट्टराईजीको अन्तिम(१६वौं) भूमिका हो । यो भूमिका कवि हर्षध्वज राईका छ वटा (लामा र छोटा गरी) कवितासङ्ग्रहमा लेखिएको छ । सर्बप्रथम भूमिकाकारले कविता कसरी निमार्ण हुन्छ भन्ने धारण राख्नु भएको छ । ‘मानिसका मनमा विशिष्ट भावहरू जन्मन्छन् तर ती भावलाई सबैले शब्दमा प्रस्तुत गर्न सक्दैनन् जस्ले ती भावलाई शब्दमा उतार्न सक्छ त्यो नै कवि कहलाउँछ’ भन्दै कवि हर्षध्वज राईका गन्थन (कवितासङ्ग्रह) , अन्तर्वेदना (कवितासङ्ग्रह), भवनाको सँगालो (कवितासङ्ग्रह), बितेका वेली बिस्तार (आत्म कथा) प्रकाशित भै सकेका, नूर–गंगा प्रतिभा पुरस्कार, तँन्नेरी प्रतिभा सम्मान र अन्य विभिन्न सम्मानबाट सम्मानित भैसक्नु भएको, कवितामा बर्तमानप्रतिको असन्तुष्टि, सत्ताधारी र विद्रोहीहरूमा देखिएका विसङ्गति, र समाजमा व्याप्त प्रतिकुल परिस्थितिको चित्रणको साथै, शान्तिको चाहना, चरित्र निर्माण र समाज निर्माणमा कविको धारणालाई यस भूमिकामा भूमिकाकारले छोटो तर मीठो प्रस्तुतिका साथमा भूमिका प्रस्तुत गर्नु भएको छ ।

अतः‘प्रस्थान गर्नुअधि’ भूमिकासङ्ग्रह बालकृष्ण भट्टराईले १६वटा कृतिमा लेख्नु भएको भूमिका हो । यो कृति मैले सरसर्ती पढ्ने अवसर पाएँ । यसमा मैले समालोचना भन्दा पनि कृतिमा लेखिएका र मैले मनन् गरेका केही सत्यतथ्यहरूलाई अधिकांश रूपमा भूमिकाकारकै शब्दहरूलाई टिपेर उतार्ने प्रयास गरेको छु र हरेक सिर्जनाको अन्त्यमा लागेका मेरा धारणा पनि विवेचनाको रूपमा प्रस्तुत गरेको छु । यी भूमिकाहरूलाई बालकृणिजीले सन्तुलित, सारगर्भित, स्वदेशी तथा विदेशी साहित्यको दाँजोमा कृतिकार र कृतिले दिन खोजेको शन्देस तथा महत्वपूर्ण कृति(जस्तै सङ्ग्राम र शान्ती)लाई अन्तराष्ट्रिय भाषामा अनुदित गराउँदा, नेपाली साहित्यको अन्तराष्ट्रिय जगतमा गरिमा बढ्ने तथा मूल्याङ्कन हुने जस्ता धारण र सुझाव दिंदै समीक्षकीय रूपमा प्रस्तुत गर्नू भएको छ । यस्ता सारगर्भित सुझावमा सबैको ध्यान जानु पर्छ भन्ने मेरो पनि धारणा छ र अनुवादक व्यक्ति तथा संस्थाहरू, प्रज्ञाप्रतिष्ठान, प्रकाशकहरू सबैमा मेरो पनि ‘सङ्ग्राम र शान्ती’ अनुवादको हार्दिक अपिल गर्दछु । भूमिका लेखनमा भाषा सरला, शिष्ट छ र परिमार्जित छ । भूमिकाहरू स्वच्छन्दरूपमा लेखिएका छन् । कतिपय भूमिका लेखनको थालनीमा दार्शनिक अभिव्यक्ति पनि दर्शिएका छन् । बास्तवमा भन्नु पर्दा भूमिका लेखन पठनीय र अनुकरणीय छ । यस्ता गहन भूमिकाकारलाई नवसर्जकहरूको कृतिमा भूमिका लेख्न कहिल्यै आलस्य नआवोस् भन्ने मेरो हार्दिक आग्रह छ र साथै धन्यवाद छ । झट्ट हेर्दा मभन्दा तन्नेरी लाग्ने तर उमेरमा म भन्दा करिव दुई बर्षले अग्रज दाजुको कृतिमा कलम चलाउन पाउँदा मैले आपूmलाई भाग्यशाली ठानेको छु । समालोचनामा लेख्न पर्ने कुराहरूधेरै छन् तापनि लेख धरै लामो भएकोले यहीं बिटमार्ने अनुमति चाहान्छु ।

शान्तिचोक, बार्ड नं १ कावासोती, नवलपरासी, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।