तिमी मेरो हुनै पर्छ भन्ने कहाँ लेख्या छ र
जोडी लेख्ने देवतालाई कस्ले पो देख्या छ र
मौन स्विकार गर्नु भन्दा इन्कार नै गर बरु
उम्किन नै दिन्न भन्दै बाटो कहाँ छेक्या छ र
बदनामी को डर किन मायानै लीलाम भएपछि
सस्तो कथा बनाएर सडकमा कहाँ बेच्या छ र
सुसंकार र उचाईका कुरा गर्छौ सधै किन
धरातल नै बिर्सिएर अन्त कहाँ टेक्या छ र
जिन्दगीको यात्रा अलग यात्री पिच्छे भिन्नाभिन्नै
अमर कथा सम्योगान्त कस्को पो भेट्या छ र