18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लेखनमा नारीवाद

विचार गीता शर्मा April 10, 2008, 4:56 am

सन् १८२५ देखि साहित्यलेखनको सुरुवात भएको मानिन्छ । सुरुमा पुरुषले मात्र लेखन क्षेत्रलाई अँगालेको इतिहास छ । नारी सामान्यतः पाठकका रूपमा मात्र सीमित थिए । यस समय नेपाली नारी वर्गीय स्वर प्रस्तुत हुने अवसरको गुन्जायस नै थिएन । किनकि, यस समयलाई पितृसत्तात्मक सामन्तवादी सामाजिकताको युग भनेर चिनिन्थ्यो । पुरुषको जस्तोसुकै अपराध पनि क्षम्य छ, नारीले सहनुपर्छ, आप\mनो कथित आदर्श-कर्तव्यबाट डग्नुहुन्न, एकदिन सफलता मिल्नेछ भन्ने कर्मवादी-भाग्यवादी पितृसत्तात्मक सामन्तवादबाट उन्मुक्त विचार झल्काइन्थे । यिनै परम्परागत सोचाइमाथि वैचारिकता साहित्यले जन्माइसकेको थियो । सन् १९३० देखि नारीवादी साहित्यका दृष्टिले नारीले पनि सामान्यतः कलम चलाउन थाले । यस समयलाई नारीलेखनको सुरुवात भन्न सकिन्छ । जसको प्रतिनिधित्व देवकुमारी थापाबाट भएको हो । तर पनि ती सबै लेखनले नारीप्रति सहानुभूति मात्र प्रकट गरेको पाइन्छ । निकै समय नारीलेखन चिप्लेकीराको गतिमा मात्र हिँडिरह्यो । नारीलेखन नारीवादी लेखन हुन सकेको थिएन । सन् १९६० तिर आएर विश्व नारीवादले उग्र रूपमा चर्को मोड नै सिर्जना गर्न सफल देखियो । नारीजन्य वेदना, हर्ष, उन्माद, उमंग, उत्सुकताजस्ता भावना तथा समस्या पुरुषद्वारा अनुभूत हुन सक्दैन भनेर नारी लेखक, पाठक, समीक्षकको अवधारणाको विकास भयो । यस समय नारीलेखनको रूपमा पारिजात, माया ठकुरी, प्रेमा शाह, बेञ्जु शर्मा, बानिरा गिरीहरू देखापरे । सन् १९५१ देखि अनेक आन्दोलन र आवाजले विरोध गर्दै आएका सामाजिक कुसंस्कारलाई वैधानिक रूपमा गैरकानुनी तुल्याई बालविवाह, अनमेलविवाह, बहुविवाहजस्ता प्रथामा रोक लाग्यो । नारीको अस्मिता र मूल्यका कुरा पनि उठ्न थाले । नेपाली साहित्यको मूलधारले पनि अस्तित्ववादलाई अँगालेको थियो । यस समय नारी उदारवादतिर मात्र नरहेर अस्तित्वको खोजी गर्दै अस्तित्ववादलाई अँगाल्दै मानव मूल्य र अस्तित्वको कुरा उप्काउँदै अघि बढ्न थाले । त्यतिखेर उच्चशिक्षा हासिल गर्ने नारी पनि प्रशस्तै भइसकेका थिए भने पेसागत क्षेत्रमा पनि नारीको उत्तिकै सहभागिता हुन थाल्यो । यसै सिलसिलामा केही नारीलेखक अस्तित्ववादबाट नारीवादतिर उन्मुख भए । नारीवादी लेखन प्रखर, प्रौढ र परिपक्व भइहाल्नचाहिँ सकेको थिएन । पुरुषद्वारा सहानुभूतिपूर्वक नारीको चित्रण गरिएका उदारवादी, नारीवादी रचना त पुरानै काँटका भए । पितृसत्तात्मक समाजले यस्तो जरा गाढेको थियो कि नारीलेखनको प्रारम्भमा नारी शोषण र पीडाकै चित्रण गर्ने काम बढी भएको पाइन्छ । यस्तो परिस्थितिमा नारीवादी चिन्तनले तीव्र रूप पाउन सकेन । नेपाली साहित्यमा मनोविश्लेषणात्मक साहित्यलेखनको लामो अवधि पार गरिसके पनि नारीवादी लेखन प्रखर, प्रौढ र परिपक्व भइहाल्न सकेको थिएन । किनकि, यसले पनि पितृसत्तात्मक समाजका शोषण र नारी पीडाकै चित्रण गर्ने काम बढी मात्रामा गरिरह्यो । सन् १९९० को राजनीतिक परिर्वतनसँगै नारीलाई पुरुषसमान हक, समान कामका लागि समान ज्याला, छोरीलाई पनि छोरासमान अंशजस्ता वैधानिकताका लागि कानुनी माग बढे । नेपाली नारी आन्दोलनको इतिहासमा सुवर्ण अक्षरले लेखिनुपर्ने एउटा आप\mनै खालको साहसिक जागृति मिलोमत संघर्ष र सफलता हो । सन् १९९३ मा मञ्जु काँचुलीको 'विश्वमित्रको सुहागरात' कथाले पत्नीको मनोइच्छाअनुकूल नभए पनि पुरुषलाई बलात्कार गर्ने वैधानिकता दिने संस्थाको रूप विवाहजस्तो बन्धनलाई लिई एकोहोरो नहुने भन्ने आवाज उठायो । सन् १९९८ मा सीता पाण्डेले 'किन लोग्नेमान्छे मात्र माथि' निबन्धबाट नारी आप\mनो हुस्सु र कमलो मनका कारण आफैँ सर्वस्व पुरुषलाई सुम्पेर उसैको मनमौजी खटनमा आफू बस्नाले आप\mनै स्वभाव वा कारणले तल पर्ने गरेको यथार्थ पस्किइन् । पितृसत्तात्मक समाजका दुर्गुण फलाक्नु मात्र आजको नारीवादी लेखनको उपलब्धि मान्न सकिन्न जुन गुरुप्रसाद मैनाली युगले पनि गरेको थियो । यसका लागि नारी स्वयंले विश्वासको वातावरण खडा गर्नुपर्छ । पुरुषसरह काम गर्न र हरेक क्षेत्रमा बराबरको हक लाग्नेजस्ता प्रवृत्तिलाई मात्र आत्मसात् गर्नु आवश्यक छ । शोषण, अन्याय, अत्याचारजस्ता प्रवृत्ति कतै हुनुहुन्न । सबै क्षेत्रका लागि बराबर हक हुनुपर्छ । कतिपय ठाउँमा नारी आपै“mले यस सिद्धान्तको गलत अर्थ लगाई परिवारकै वातावरण बिर्गान पुगेका पनि छन् । नारीको मुक्ति केवल पुरुषसँग बदला लिएर पूरा हुन्न । वास्तवमा नारीवादभित्र नारीको हकहित, स्वतन्त्रता, समानता र पितृसत्तात्मकताको विरोधसम्मका सन्दर्भ सबै नारीवादीले स्वीकारेको देखिन्छ । तर, यसको दायराभित्र नारी मनोविज्ञान र यौन प्रसंगचाहिँ कति हदसम्म पर्छ भन्नेमा नारी लेखक, पाठक र समीक्षकबीच मतभिन्नता देखिन्छ । नारीवादप्रति बिल्कुल चासो र ज्ञान नराख्ने नारी लेखक पनि छन् । नारीले लेख्दैमा नारीवादी हुने पनि होइन । नारीवादी लेखनको चर्चामा नारीलेखक स्वयं नारीवादीप्रति उन्मुक्त अवस्थामा रहेका छन् । त्यस्ता लेखनमा पनि दुईथरीका धार देखापर्छन् । एक धार नारीलेखक सामाजिक बन्धनबाट भर्खरै छुटेको वा छुट्न लागेको बेला सुहाउँदो युगीन नारीवादी स्वरूप हो । यस धारमा रहेर लेखनकार्यलाई अग्रसरता दिने भागिरथी श्रेष्ठलाई लिन सकिन्छ । अर्काे धारमा निकै जागृत अवस्थामा मञ्जु काँचुली, सीता पाण्डेजस्ता नारीलेखकलाई लिन सकिन्छ । त्यसैले नारीवादी लेखनको स्वीकार्य रूप भने पहिलो धारले पाएको छ । पुरुषको दुर्गुण मात्र गाएर नारीवादी चिन्तन हँुदैन । नारीको भावनालाई बुझी सुहाँउदो विचार अघिसार्नु नै नारीवादी चिन्तन हो । सामाजिक र आर्थिक योगदानका सन्दर्भ समावेश गरी नारी स्वयं आत्मर्निभर कसरी हुने भन्नेतर्फ आजको नारीवादी लेखन केन्दि्रत हुन जरुरी छ ।
 

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।