नयाँ बन्ने संविधानको ,पाना अलपत्र
नेपाल अनि नेपालीको, छाना अलपत्र
आज आउला भोली आउला, बिते बर्षौ बर्ष
शान्ति अनि सु–शासनको, राना अलपत्र
आ–आफ्नै राज्य माग्दै, जनता सबै सडकमा
सधैं बन्द हड्तालले, दाना अलपत्र
नेपाली र नेपाली बिच, सद्भाव खल्बलिदा
स्वाभिमान र पहिचानको, गाना अलपत्र
अन्योलमय अन्धकारमा, बित्दा बर्षहरु
लाग्छ सुन्दर भविष्यको, चाहाना अलपत्र ।।