मधुर मिलन एउटा यस्तो कथा संग्रह हो जसले गाउ“को कथाको माध्यमबाट मध्य तराईको जीवनलाई अनावृत गर्ने चेष्टा गरेको छ । यो एउटा यस्तो कथा सङ्गालो हो जसले गाउ“को परिवेशलाई सहज तरिकाले पस्किदिएको छ । यसका कथाहरुमा डुबूल्कि लगाउ“दा सहज रुपमा एउटा यात्रा वृतान्त पढेको, एउटा रोमान्चक सस्मरण सुनेको र चार–पा“च दशक पहिलाको गाउ“हरु भेटिएको लाग्दछ । गाउ“लाई आफ्नै मौलिकताकासाथ प्रस्तुत गर्न सक्नु लेखकको सफलता हो ।
नेपाली साहित्यमा आञ्चलिक पृष्ठभूमिमा लेखिएका कथाहरु प्रायः परम्परावादी किसिमका हुने गर्दछन् । कथाकार विश्वराज अधिकारीले त्यस्तो परम्परालाई तोडेका छन् । उनले आञ्चलिक कथा लेखनको पारम्परिकताभित्र प्रयोगात्मकताको सिप छिराएका छन्, जुन कुराहरु कथाको भाषा र शैलीमा अभिव्यक्त भएका छन् । मध्य तराईको बकयादेखि बागमती नदिवीचको गाउ“हरुको कथालाई उनिएको छ । यी कथाहरु पढिसक्दा पाठकको मनमा निकै वेरसम्म गाउ“को सम्झना तिब्रताकासाथ आउछ । गाउ“हरु पाठकको मनभरि लालीगुरा“स भएर आउछन्, आ“खाभरि सुनगाभा–सुनाखरी भएर पलाउछन् । यो लेखकको लेखकिय सामथ्र्य हो ।
एउटा कुशल कलाकारबाट रंगले मात्र उर्तान सक्ने परिवेशहरुलाई कथाकारले शब्दचित्रमा कोरेका छन् । विश्वराज अधिकारीले कथालाई कलात्मक बान्की दिदै आफुले चाहे अनुसार त्यसलाई गति दिन उनी माहिर छन् । शब्दको कलात्मक प्रवाहले लेखकलाई यसरी आकर्षित गर्छ कि त्यसको ध्वनिसंग खेल्ने मनमोहक आनन्दबाट उनी वञ्चित हुन चाहदैनन् । यद्यपि कुनै वस्तु र घटनालाई जस्तो छ त्यस्तै हेर्ने इच्छा उनमा प्रवल छ । तर उनी परिवेश र पात्रलाई जस्ताको त्यस्तै स्वभाविकताकासाथ यथास्थानमा राखेका छन् । यसरी यसमा संकलित कथाहरु उनले गाउ“घरबाट टिपेर यहा“ प्रस्तुत गरिदिएको जस्तो लाग्छ । सम्झनाका थु“गाहरु बटुलबाटुल पारी उनिदिएको साहित्यिक कृति कथाको रुपमा आईदिएको छ, यसभित्र ताजापन छ ।
कतिपय कथाहरु संस्मराणात्मक शैलीका छन्, कथाहरु यथार्थ छन् । कतिपय अवस्थामा पाठकलाई आफैले कुनै पात्रसंग जम्काभेट भएको, कुनै घटना आफैले भोगेको जस्तो अनुभूति हुन्छ । यसरी कथा पढिराख्दा एउटा पाठक आफुलाई त्यो कथाभित्रको एउटा साक्षीको रुपमा आफुलाई पाउछन् । उसलाई लाग्छ, उसले आफैले बयान गर्नुपर्ने गफका कुराहरु बडो सिल्पकासाथ बटुलेर– संगालेर यहा“ समाविष्ट भएको छ ।
संकलित कथाहरुको सुन्दर पक्ष भनेको यसमा राजनीतिक चेतनालाई छिराउने प्रयत्न गरिएको छैन । जे भईराखेको छ, जे हुन खोज्दैछ, जे जुन रीतमा छन् त्यसलाई त्यसैगरि लेखकले सुनाईदिएको छ । तसर्थ कथाभित्र मानववीय अनुभूति सुन्दरतापूर्वक समिटिएको छ । कथाहरु भित्र यथार्थहरुको सटिक चित्रण छ । यथार्थलाई टिपेर उन्ने कला बेजोड छ । मलाई विश्वास छ यि कथाहरुमार्फत नेपाली साहित्यमा विश्वराज अधिकारीले गरिराखेको हस्तक्षेपमाथि नेपालका समालोचकहरुको दृष्टि पुग्नेछन् । गाउ“मुखि लेखनलाई उनले राम्रोसंग पर्गेल्न भ्याएका छन् । यी कथाहरुमार्फत मूलतः उनले दुईटा चेष्टा गरेको भेटिन्छ, एउटा कथामा गाउ“को प्रभावशाली उपस्थिति र दोस्रो शब्दहरुको प्रयोगमा आञ्चलिकताको कोैमार्यता । लेखकले कथालाई अभिव्यक्त गर्न त्यहिको भाषा र शैलीको खोज गरेका छन् । जहा“को कथा उतारिएको छ शब्दहरु पनि त्यहिका छन् । उनका रचनाहरुको प्राणतत्व भनेको यहि ग्रामिणता हो । नेपाली साहित्यमा उनको यो प्रयोगले एउटा बहस पनि खडा गरिदिएको छ । यो कुन अर्थमा भने उनले सम्वादहरुमामात्र होइन, अभिव्यक्त गर्दा पनि प्रवाहशीलता र मौलिकतालाई जिउ“दो राख्न त्यहिका शब्दसम्पदालाई उनेका छन्, जहा“निर नेपालीका बहुप्रचलित शब्दहरु पनि प्रयोग गर्न सकिन्थ्यो त्यहा“ उनले बज्जिका भाषाका शब्दहरुलाई स्वभाविकताकासाथ प्रयोग गरिदिएका छन् । यसले नेपाली भाषाको शब्दसम्पदालाई विस्तार गर्ने काममात्र गर्दैनन् त्यहा“को परिवेशलाई पनि स्वामित्वग्रहण गर्ने काम गर्छन् ।
अहिले नेपाली साहित्यको बहस यहि चौवाटोमा उभिएको छ । नेपाली कथा साहित्यले अहिले पनि नेपालको एउटा वृहतर हिस्सालाई आफुभित्र प्रकट गर्न सकिरहेको छैन । आज पनि एउटा ठुलो हिस्साको जनजीवन अलिखित छ । त्यहा“का स्वर र रुपलाई नेपाली शब्दसामथ्र्यलेमात्र सम्प्रेषण गर्ने स्थितिमा छैन, त्यसैले शब्द विस्तारको चुकुललाई खोल्नु पर्ने समयको हा“क हो । विश्वराज अधिकारीले कथाविधालाई एउटा क्रान्तिकारी मोड दिएको छ ।
विश्वराज अधिकारीले यी कथाहरु भाषा, कथ्यशिल्प र मानवीय मनोभावलेमात्र रचेका छैनन् । कथामा सूक्ष्मरुपले सनातनी रुढिवादविरुद्ध प्रहार गरिएको छ, असमानता, अभाव र आक्रोषको चित्रण गरिएको छ । आज पनि गाउ“घरका अनेकौ यथार्थ यहा“ जोडिएको लाग्छ । उनले प्रस्तुत गरेका परिवेश र पात्रहरुका बारेमा नेपाली साहित्य अनुरागीहरुलेमात्र नभएर राजनीतिक गतिविधि र सामाजिक थिति बुझन चाहने पाठकले पनि यी कथाहरु पढनु पर्छ । तराईमा रुपान्तरण र मूलप्रवाहिकरणको आकाक्षा राख्ने प्रत्येकले यी कथाहरु पढदा आफुले एउटा सन्देश भेटाएको पाउछन् । मध्य तराईको जीवन–संघर्षलाई नियाल्न पनि यी कथाहरु उपयोगि हुन्छन् । त्यहा“का समाजलाई हेर्ने दृष्टिकोणमा आफुलाई फरकपन भेटाउछन् । सामान्य नेपाली पाठकलाई तराईका बारेमा जे घोकाईएको छ त्यो भन्दा फरक एउटा खुला परिवेश अनावृत भएको पाइन्छ । यी कथाहरुका पात्रहरु आममानिस छन्, प्रायः हरितन्नमहरु नै छन् । गाउ“ भनिएको नै हुने–खानेहरु भन्दा पनि बिहान– बेलुकाको मेहनतले बाच्नेहरुको हो । यहा“ महिला र पुरुष र विभिन्न जातिय समुहहरुवीचको सम्बन्धलाई पनि दर्शाएको छ ।
विश्वराज अधिकारी पछिल्ला लामो समयदेखि अमेरिकामा बस्नु हुन्छ । उनको लेखकिय पृष्ठभूमि लामो छ । उनी पत्रकारितामा पनि एउटा उचाई प्राप्त गरेका छन् । उनको मौलिक विशेषता भनेकै उनको शब्दगुन्जनले नेपाली भूमिबाट टाढापनको पर्खाललाई छिचोल्दै ग्रामिण स्वरको परम्परालाई नया“ उचाई दिनु हो । उनी नेपाल बाहिर बसेर पनि आफ्नो बाल्यकालको पृष्ठभूमिलाई सम्झिराख्नु, त्यहा“ शब्दहरुलाई खेलाउन सक्नुमा उनको सशक्त, प्रत्यक्ष र बेजोडको प्रभावहासिल गरेका लेखक तराईमुखि लेखनमा विरलै छन् । यस अर्थमा उनको लेखनले एउटा नया“ यात्रातर्फ पनि प्रेरित गरेको छ । गाउ“को ढुकढुकीलाई छाम्ने, तराईको जनजीवनलाई बाहिर ल्याउने र स्थानिय भाषाहरुको शब्दसम्पदाहरुलाई नेपाली मूलधारसंग जोड्ने एउटा परम्पराको साक्षी बनेको छ । निमुखाहरुको मनोदशा र भोगाईलाई बाहिर ल्याउने अटुट कर्ममा उनको कथा प्रतिवद्ध छन् । उनको कथाहरु स्वैर कल्पनाबाट जन्मिएका होइन, पात्र र परिवेशको सूक्ष्म एवं सटिक चित्रण हुन पुगेको छ । आफ्नो जीवनभोगाई अनुसारको सन्देशलाई कथ्यको आकार दिने हुटहुटिले गर्दा उनले परदेशमा पनि यी कथाहरु रचना गर्न पुगे । लेखकको बाल्यकाल रौतहटमा बितेको हो, ति क्षणलाई शब्दचित्रमा उतार्ने र उनीहरुलाई चहक्याउने प्रयास यि कथाहरुमा गरिएको छ । पात्रहरु मुर्त छन्, जीवन्त छन् । आज पनि उनीसंग प्रत्येक पात्र र परिवेशका असली नाम र अनुहार झझल्को उनीभित्र छ, यस संङ्गालोका धेरै कथाले त्यहि भन्छ ।
यो संकलनलाई पाठकहरुले मनपराउनेछन्, समालोचकहरुले यसकाबारेमा लेख्ने छन् र यो कथा तराई बुझन खोज्नेहरुका लागि एउटा “गाईड” पुस्तिकाका रुपमा प्रचार पाउनेछन् भन्ने मंंगलकामना छ ।