18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अमेरिका उपन्यास नियाल्दा

कृति/समीक्षा सदानन्द अभागी February 4, 2014, 4:25 am
सदानन्द अभागी
सदानन्द अभागी

परिचय

‘अमेरिका उपन्यास’ पनि मैले बरिष्ठ साहित्यकार प्राध्यापक बालकृष्ण भट्टराईजी बाटै प्राप्त गरेको हुँ । गंगा लिगलका प्रकाशित कृतिहरूका संख्या हेर्दा यो उपन्यास प्रन्धौं कृतिको रूपमा आएको देखिन्छ र नेपाली साहित्यको इतिहासमा गंगा लिगल एउटी सशक्त नारीहस्ताक्षरको रूपमा देखा पर्नु भएको छ । नेपाली साहित्यको फाँटमा साहित्यकारको संख्या हेर्दा पुरुष साहित्यकारको संख्यात्मक तुलनामा नारी साहित्यकारको संख्या कम छ । श्रीमती गंगा लिगलले नेपाली साहित्यको फाँटमा आपूmलाई एउटी कवियत्रीको रूपमा परिचय गराई सक्नुभएको छ । श्रीमती गंगा लिगलको जन्म पाल्पा, तानसेनमा भए तापनि बसोवास भने सिद्धार्थनगर भैरहवामा गर्दै आउनु भएकोमा हाल उहाँ अमेरिका ह्यूस्टन, टेक्सासमा हुनुहुन्छ । उहाँले त्रि.वि.बाट एम.ए.ृ कल्चरमा डिग्री हाँसिल गर्नु भएको छ । भैरहवा बहुमुखी क्याम्पसमा उप–प्रध्यापक पनि भैसक्नु भएको छ ।

पुरस्कार र सम्मानहरू

यस कृतिमा उल्लेख भए बमोजिम उहाँ अन्तराष्ट्रिय साहित्य स।माज ह्युस्टन, टेक्सास (संयुक्त राज्य अमेरिका)को अध्यक्ष पनि हुनुहुन्छ । उहाँ धेरै संघसंस्थाहरूबाट सम्मानित तथा अभिनन्दित भै सक्नु भएको छ । उहाले राष्ट्रिय शिक्षा पदक वि. सं. २०४८ मा पाइसक्नु भएको छ साथै भानुजयन्ती समारोह समिति २००९’मा अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसीले ‘प्रसिद्ध कवियित्री २००८’ को प्रमाणपत्रबाट सम्मान र ल्भउबष् िक्यअअष्भतथ या जयकतयल ले नेपाली भाषा र साहित्यमा योगदान गरेवापत प्रमाण पत्र सहित सम्मान गरेको छ । नेवाःखल सिद्धार्थनगर, भैरहवाले चैत्र १४, २०६८मा प्रमाण पत्र सहित, महिला साहित्यकारको रूपमा सम्मान गरेको र अन्तराष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरद्वारा जेष्ठ २५, २०६९ मा पनि उहाँ सम्मानित भै सक्नु भएको छ । यी मान–सम्मान यो कृति प्रकाशनमा उल्लेख भए बमोजिममात्र समावेश गरिएको छ ।

प्रकाशित कृतिहरू

उहाँका कृतिहरू यसप्रकार छन् – विहानी (कवितासङ्ग्रह), समयको लहर (लेख र रचनाको संगालो), युगज्योति (धार्मिक लेख र रचनाको सङ्गालो), आमा (कवितासङ्ग्र), गंगाका तरङ्गहरू, (कवितासङ्ग्रह) , सङ्गीतको आभास ( कवितासङ्ग्रह), ममताको खास्टो (खण्ड–काव्य) ऐना कथासङ्ग्रह), गंगाका गजल (गजलसङ्ग्रह), सखिवियोग (खण्डकाव्य), सागरपारि (कवितासङ्ग्रह), लाली गुँरास (गीतसङ्ग्रह) पत्रमञ्जुष(पत्र साहित्य), भानु तिमे सम्झनामा (कवितासङ्ग्रह) र अमेरिका उपन्यास गरी दशवटा कृतिहरू बजारमा आइसकेका छन् र विभिन्न पत्र–पत्रिकाहरूमा फुटकर कविता र लेख प्रकाशन भइरहेका छन् ।

कृति र कृतिकारप्रति साहित्यकारहरूको धारणा–

गंगा लिगलजीको यो कृतिको भूमिका लेखन तथा शुभकामनाका लेखहरूमा लेखिएका धारणाहरूमा अवलोकन गर्दा, गंगाजीको व्यक्तित्व तथा कृतित्वप्रति राखिएका अभिव्यक्तिहरूलाई यहाँ समेट्न मनासिब देखि समाबेस गरिएको छ – यसकृतिको प्रकाशकीय ‘अन्तराष्ट्रिय नेपाली साहित्य समाज, केन्द्र’की अध्यक्ष गीता खत्रीले अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्र वा शाखाहरूबाट विभिन्न विद्याका कृतिहरू प्रकाशन गर्दै आएकोमा यो ९३वौं कृति प्रकाशन, भानुद्विशतबार्षिकीको अवसरमा अनेसासका “भानुबर्ष” २०१३को उपलक्षमा प्रकाशन गरिएको प्रष्ट्याउनु भएको छ र यो संस्थालाई सशक्त प्रकाशन संस्थाको रूपमा विकसित गर्नको लागि सबै बाट सुझावको अपेक्षा पनि गर्नु भएको छ ।

बरिष्ठ साहित्यकार आदरणीय प्रा. बालकृष्ण भट्टराई ज्यूले ‘सृजनशीलताको प्रशंसनीय प्रयास ः ‘अमेरिका’ शीर्षकमा उपन्यासको सामान्य चर्चा र गंगाजीको सृजनशील प्रबृत्ति र ‘अमेरिका’ उपन्यास कृतिको शंङ्क्षिप्त मूल्याङ्कन गर्दै लेख्नुहुन्छ– ‘उपन्यासका सैद्धान्तिक आधारहरूतिर लागि रहनु भन्दा सरल बोधगम्य, भाषामा यथार्थलाई प्रस्तुत गर्ने लेखिकाको प्रवृत्ति देखिएको छ ।’ पुन उहाँको धारणा समग्रमा यसरी प्रस्तुत भएको छ– ‘समग्रमा अमेरिका र त्यहाँको पारिवारिक जीवन एक सामाजिक यथार्थबारे जानकारी गराउन गरिएको प्रयास प्रशंंसनीय छ ।’

मेरो धारणामा माथि भनिएको सैधान्तिक आधारमा रहेर सिर्जना हुनु राम्रो र आवश्यक पनि हो तर लेखकले पोख्न चाहेका धारणाहरू स्वछन्दरूपमा लेख्दा जुन मीठास र भावनाको सरल बहाव हुन्छ । नियमको परिधिमा बाँधिदा त्यो नपाउन पनि सकिन्छ ।

यस कृतिको भूमिका लेखन अनेसास, संस्थापक अध्यक्ष होमनाथ सुवेदीजीले विवरणात्मकरूपमा गर्नु भएको छ । उहाँका सारगर्भित धारणाले भरिएको यस भूमिकाबाट केही शब्दहरूलाई हेरौं –‘गंगा लिगलको ‘अमेरिका’ उपन्यास अन्त हैन, अथ हो । बरु यसको अन्तबाट नयाँ नयाँ उपन्यास आउने छन् जसले जीवनको उपन्यास मात्रै हैन त्यसको व्यास पाठक समक्ष ल्याउने छन् ।’

सुवेदीजीले ‘....सचेतना प्रविधिको अर्को उपन्यास अथ गर्न यो भूमिका भएको छ’ भन्ने धारणा पनि आफ्नो भूमिकामा प्रष्ट्याउनु भएको छ ।

गंगाजीको आफ्नै धारणा–

गंगाजीले जीवनदर्शनका धारणालाई लेखकीयमा प्रष्ट्याउने प्रयास गर्नु भएको छ । साहित्य विधामा उपन्यासलाई मनोरम स्थान ओगट्ने विधाको रूपमा लिदै यसबाट मानजीवनमा कहिले उथलपुथल ल्याउन सक्न,े कहिले अत्यान्त मार्मिक भएर पनि कल्पनाको लहरमा क्षितिज नाध्दै हिड्ने, कतै तारासँग टिलपिल गर्न खोज्ने, कतै मितेरी गाँस्ने, कतै निशाका साथ वेदनाग्रस्त भएर परिवेशसँग घुमफिर गरी हिड्ने आदि धारणा राख्दै उहाँकै शब्दका केही पंक्तिलाई हेरौं–‘कहीं तलाउमा कमलको पूmल भएर उदात्त जीवन जिउन सफल हुन्छ भने कही कमजोर डाँठ छँदा लत्रियर उही हिलोमा जीवन मरणको दोसाँधमा आपूmलाई बाध्यताले द्रवित हुन मजबूर बन्दछ ।’ गंगाजी तपाइँले पोखेका यर्थाता मानव जीवनमा कुनै न कुनै रूपमा भोगिएका तथा भोगिने यथार्थता हुन् । तपाइँको स्वरचित अमेरिका उपन्यासले पनि तपाइँले उपरोक्त पोखिएका धारणालाई बोकेर अग्रगतिमा लम्केको छ । आखिरमा जीवन के रहेछ त भन्दा एक क्षणभङ्गुर त रहेछ नी ? करकलाको पानी सरह पातबाट झरेर भूमिमा विलिन हुने सरह हैन र ?

कृतिको संरचना–

यो कृति आवरण पृष्ठ सहित २२ +८२=१०४ पृष्ठमा सुसज्जित छ । यो कृतिको, अन्तराष्ट्रिय साहित्य समाज वासिङ्गटन डी.सी. संयुक्त राज्य अमेरिकाबाट वि. सं. २०७० मा भानुद्विशतबार्षिकी महोत्सवको अवसरमा भानुबर्षको लागि सम्पूर्ण साहित्यिक मनहरूमा समर्पण गरिएको छ र यो कृति भानुबर्ष २०१३ को उत्सवलाई शोभा बढाउने उद्देश्यले प्रकाशन भएको थियो । यस कृतिको मूल्य नेपाल र दक्षिणपूर्ब एसियामा ने.रु १५०÷– र नेपाल र दक्षिणपूर्ब एसिया बाहिर यूएस डलर ५÷– राखिएको छ । उपन्यास साना साना गरी १५ खण्डमा विभाजित छ । घटनाक्रमका आधारमा सृर्जना गरिएका यी खण्डहरू रोचक र सान्दर्भिक देखिन्छन् । यो कृति नेपाली डायस्पोरिक समाजको परिकल्पनामा लेखिएको छ ।

उपन्यासको परिभाषागत विविधता

बास्तवमा उपन्यास के हो त भन्दा विभिन्न उपन्यासकारहरूले आआफ्नो अनुरूप परिभाषित गरेको पाइन्छ । यस उपन्यासमा प्रा. बालकृष्ण भट्टराईज्यूले केही उपन्यासकारहरूका धारणालाई पस्कनु भएको छ जस्तै इतिहासकार बालचन्द्र शर्माले ‘उपन्यास धेरै अध्याय वा खण्डहरूमा लेखिएको लामो साहित्यिक कथा हो ।’ भन्नु भएको छ । भारतीय कथाकार तथा उपन्यासकार प्रेमचन्द्रले ‘म उपन्यासलाई मानवचरित्रको चित्र मात्र सम्झन्छु । मानवचरित्रमाथि प्रकाश पार्नु, त्यसको रहस्य खोल्नु नै त्यसको मूल तत्व हो । रुसी साहित्यकार चेखवले‘ उपन्यासको कार्य कुन परिस्थितिमा कसले के बोल्छ र के गर्छ भन्ने बर्णन गर्नु हो ।’ बालकृष्णजीले पनि उपन्यासको परिभाषा यसरी दिनु भएको छ –‘समग्रमा भन्नुपर्दा जीवन र जगतको बृहत्तर बर्णन गरिने साहित्यिको बृहत्तर रूप हो उपन्यास ।’ साहित्यकार÷उपन्यासकार÷विद्वानहरूको परिभाषालाई केलाउँदा एकरूपकता देखिदैन र यसमा विविधता छ । हुन पनि हो , कसले कुन परिवेशमा उपन्यासलाई केलायो र परिभाषित ग¥यो त्यसमा निर्भर रहने कुरा हो । मलाई के लाग्छ भने उपन्यास एक बृहत्तर काव्यिक प्रस्तुति हो जसमा मानव र मानवसमाजका वास्तविक विविध घटनाक्रमहरूलाई काल्पनिक जलप लगाए बर्णन गरिन्छ ।

अमेरिका उपन्यास भित्र प्रवेश गर्दा

उपन्यासको अभ्युदयको इतिहास ठोकुवा गरेर भन्न नसके पनि १७१९मा डायनियल डिफोको च्यदष्लकयल अचगकयभक देखि लिएर, वैदिककालदेखिका अभिव्यक्तिहरूको शब्दावली केलाउँदा र नेपाली उपन्यासको प्राचिनतालाई तुलना गर्दा नेपाली उपन्यास लेखन त्यति पुरानो देखिदैन । त्यसमा पनि नारी हस्ताक्षरलाई केलायो भने अम्वालिका देवीको राजपूत रमणी(१८८९)प्रथम उपन्यासदेखि लिएर गंगा लिगलसम्म आईपुग्दा नेपाली उपन्यासले ठूलो फन्को मारिसकेको छ । उपन्यासको मूल्याङ्कन गर्दा सिद्धान्तत उपन्यासका तत्त्वहरू (कथानक, चरित्र र चरित्र चित्रण, पर्यावरण, दृष्टिबिन्दु, सारबस्तु, भाषा, प्रतिक र बिम्ब, गति र लय) मा आधारित रहेर गर्नु पर्ने हुन्छ तर व्यवहारमा हेर्दा कतिपय उपन्यासकारले ती तत्त्वहरूमा नवाँधिएर स्वतन्त्र÷स्वछन्दरूपमा उपन्यासको सिर्जना गरेको पाइन्छ । सैधान्तिक धरातललाई नियाल्दा गंगाजीको यो उपन्यास सैधान्तिकता र स्वछन्दता अपनाएर मिश्रितरूपमा निर्माण भएको छ ।

कथासारः–

पाल्पा जिल्लाको सदर मुकाम तानसेन नगरीको प्राकृतिक सौन्दर्यताको बर्णनबाट उपन्यासको थालनी भएको छ । शिक्षाको सुलभता भएर गुल्मीबाट सूर्यप्रसाद श्रेष्ठले शुभम्लाई तानसेन पढ्न पठाउँछन् । शुभमले बी ए सी पढन थाल्दा रामपुरकी खनाल परिवारकी पुत्री सुहाना आई ए पढ्दा दुबैको बीचमा प्रेम हुन्छ र माया साटासाट गर्न थाल्छन् । यी दुबैको प्रेमकथा दुबै परिवारमा थाहा हुन्छ । शुभम् एम एस सी पढ्न काठमाडौ जान्छन् र पछि शुभम्का सारा परिवार काठमाडौ बस्न थाल्दछन् । शुभम् र सुहानामा मायाको कमी हुँदैन । सुहाना पनि पाल्पामा नै एम ए पढन थाल्छिन् कलेज विदा हुँदा मामाको घर काठमाण्डौ जाने र सुभम्लाई भेट्ने गर्थिन् । सुहाना आफ्नो गाउँको प्रधानाध्यापकमा नियुक्ती भएर स्कुललाई त्यस क्षेत्रको स्कुलमा उच्चस्थान प्राप्त गराई पुरस्कृत पनि गराउँछिन् र क्याम्पसतिर पढाउन लाग्छिन् । शुभम्ले काम गर्दागर्दै विध्यार्थी भिसामा अमेरिका जान पाउँछन् । पढ्नुको साथै पैसा पनि प्रसस्त कमाउँछन् । अन्तरजातीय विवाह त्यति वेला ग्राह्य थिएन तर सुहानाले आमाबाबुलाई सम्झाउन सफल भए पछि दुबै परिवारमा मेलमिलाप भयो र विवाहको लागि दुबै थरि सहमतिमा आए । अमेरिकामा शुभम्ले पि एच डी सकेर युनिभरसिटीमा प्रोफेसर भएर साथै उबचत तष्mभ कामगर्न थाल्छन् । यसै बीचमा एकदिन वनमा सिंहबाट भाग्यले जोगिए, उनी नेपाल आए विवाहको तयारीमा जुटे र गहना कपडा किन्न बजार गएर फर्कदा शुभम् गाडी मोडदा ठक्कर खाएर विहोस् भएर हस्पिटलमा भर्ना भइ करिव दुई महिना नै हस्पिटल बस्नु पर्ने हुन्छ । यसै बीचमा शुभम्लाई केल्ली ब्राउनको फोन आयो । त्यो फोन सुहानाले उठाइन् र केल्लीब्राउनले शुभम्सँग प्रेमगरेको कुरा पत्ता लाग्यो । उनी चिन्तित हुन थालिन् । शुभम्ले सम्झाएर विवाह सम्पन्न भयो । विवाह सम्पन्न भए पछि शुभम् अमेरिका लागे । अमेरिका गए पछि केल्ली र शुभम् बीच विवाहको कुरालिएर झगडा हुनथाल्यो । केल्लीको ग्याङ्गको मानिसले शुभम् माथि गोली चलायो । गोली टाउकोमा लागे पनि शुभम् बाँच्न सफल भए । शूभम्ले ग्रिनकार्ड पाइसकेका थिए, पछि सुहना अमेरिका पुगिन् । अमेरिका पुगे पछि शुभम्ले सुहानालाई कृष्ण मन्दिर घुमाउन लेगे । पछि बजारहरूमा जाँदा नेपालीका छोराछोरीले नेपाली बोल्न नजानेको देखेर महिलाहरूबीच नेपालीको पाठशाला भए राम्रो हुने र कामको व्यस्तताको कारणले गर्दा घरमा आफ्नो भाषा बच्चालाई दिन नसकिएको भन्ने जानकारी सुहानाले थाहा पाए पछि नेपाली पढाउने स्कुलको स्थापना गरी पढाउन थालियो । संस्था ९ल्भउबष् िक्यअष्ब िक्भचखष्अभ इचनबलष्शबतयल ९क्ष्ल्क्क्इ० खोलियो, दर्ता पनि गरियो, यसले राम्रो गति लिन थाले पछि शाखाहरू पनि खोलीयो । सुहानालाई अमेरिका गएको दुई बर्ष पछि छोरी(सुमना) जन्मिन् र छोराको जन्म हूनु अनि बाबुआमालाई अमेरिका बोलाएर ६ महिना पछि नेपाल पठाउनु, सुहाना वेहास् भएर लड्नु, जाँच गर्दा रगतको कमी देखिनु र क्यालिफोर्नियाका नेपालीले सहयोग गरेर सुहानालाई आरम लाग्नु , स्कुलमा निरिक्षकको नियुक्ति गर्नु, घरमा केल्ली आएर गन तेर्साएर मार्न खोज्दा सुहानाले पुलिस बोलाएर सुभम्लाई बचाउनु, यो खवर घरमा पत्तालाग्नु र घरफर्कन घरबाट बोलावट हुनु तर उनीहरू तत्काल नेपाल नआइ नेपाली भाषा, संस्कृतिलार्इ सम्बर्धन गर्दै जान,े नेपाल र अमेरिकाको सम्बन्ध दीर्घजीवी राख्ने गरी ६ महिनाको विदा लिएर नेपाल फर्ककनु, नेपाल आउँदा चक्काजाम तथा हडतालमा फस्नु, विदेशीले आफ्नो देशको बारेमा सोधे के भन्नु भन्ने बिचार आउनु, एनकेन तरिकाले सरकारी उच्चपदस्थ कर्मचारीलाई निमन्त्रणा गरेर मिटिङ् राख्नु ठाउँ ठाउँमा कन्फरेन्स गर्नु, अमेरिकामा बसेर पैसा कमाएर नपुगेर अब नेपालमै पैसाकमाउन थाले भन्ने आरोप केही व्यक्तिले लगाउनु तर सुभम् र सुहानाको प्रयत्नबाट कार्यक्रमले सफलता हाँसिल ग¥यो र उनीहरू पुनः अमेरिका फर्के र त्यहाँका अलपत्रपरेका कामलाई सम्हाल्न थाल्नु र त्यो सहरमा न्यान्सीले दुखः दिने भएकोले घर बेचेर लसएङ्गलेशमा घर किने त्यहीं तिनीहरूको जीवनलाई आल्हादित बनाउन सफल भएका थिए तर समय बढदै जाँदा घरव्यवहार , झमेला पनि बढदै जान थाल्यो, घरका परिवारहरूको संख्या पनि बढदै गयो जुन मनमस्तिष्कमा स्वच्छपना थियो त्यसमा बिस्तारै कुहिरो लाग्न थाल्यो । नेपालमा शुभम्को भाइलाई व्यपारमा ५ करोडको घाटा लागेको खबर अमेरिका पुग्यो, शुभम्ले टाउको समात्न थाले र खानाखाएर टेनशन नलिने बरु पार्कतिर घुम्न जाने भनेर सिडीबाट गीत गाउँदै रमाइलो पनामा झुम्दै थिए अचानक पछाडीको गाडीले जोडले एट्याक गर्दछ र शुभमको गाडी पर्खालमा गएर ठोकिन्छ । एकै छिनमा दुई÷ तीनतिरबाट पुलिसको लाइन, मानिसको लाइन हुन थाल्यो एम्बुलेन्स त कति जम्मा हुन थाले कति गाडी भित्रका सबै अचेत भए ।

‘नेपाल, अमेरिका, मान्छे समाज, व्यवसायर प्रकृति र सारा एकछत्र बिस्तारै निलो आकाशमा कालो बादल छाउँदै छाउँदै.....।’ उपन्यासको बिट मारिन्छ ।

माथिको कथासारबाट यस उपन्यासको कथाबस्तु र कथानकलाई सजिलेरी नै बुभ्mन सकिन्छ । उपन्यासले धेरै घटनाहरू जो मानवले आफ्नो जीवनमा नभोगी सुख्खे छैनलाई सरल र सहजरूपमा प्रमाणिक अभिव्यक्ति सहित प्रस्तुत गरेको देखिन्छ । नेपालको आर्थिक, सामाजिक, राजनीति र शैक्षिक गतिविधिलाई उपन्यासले राम्रोसँग छुने प्रयास गरेको छ साथै अमेरिकाको पनि । अमेरिका एउटा कानुनी राज्य हो भन्न खोजीएको छ भने नेपलामा कानुनी राज्य हुँदा हुँदै पनि सो अनुकुलको व्यवस्थापन हुन नसकेको सन्देश उपन्यासले दिन खोजेको पनि देखिन्छ । काममा राम्रो पढाईस्तर भएको ठाउँमा पढ्न जानु पर्ने, त्यहाँ जाँदा त्यहीकै परिवेशमा आँपूmलाई लगाएर आफ्नो भविष्यको निर्माण गर्नुपर्ने, उमेर बढ्दै जाँदा जवानी झाङ्गिने र युवायुवतीहरूले आफ्नो जीवन साथीको छनौट गर्ने । जीवनसाथीको छनौट गर्दा आदर्श जीवनका पाटाहरूलाई भूल्न नहुने, जातीय तथा अन्तर जातीय विवाहमा देखापर्ने अड्चन र त्यसमा युवायुवतीले तार्किक बहसद्वारा बाबुआमाको धारणामा ल्याउन सकिने सोचमा परिवर्तन, एउटा शैक्षिक युवायुवतीले समाजमा ल्याउन सकिने सकरात्मक परिवर्तन, राष्ट्र, राष्ट्रियता तथा अन्तराष्ट्रिय सम्बन्धमा सोच, प्रेम गरिन्छ त दुबैको सुझबुमा (दुबैले दुबैलाई बुझेर) गरिनु पर्ने । एकतर्फी प्रेमले निम्त्याउने अप्रिय घटनाहरू, मानव जीवनमा आइपर्ने, उकाली ओराली आदि विविध खाले घटनाहरूलाई हटेर हैन डटेर संघर्ष गरिनु आदिमा उपन्यासले शिक्षा प्रदान गरेको छ । घटनाक्रमहरूलाई उपन्यासमा यथास्थानमा भएका घटना क्रमहरूलाई सोही स्थानमा प्रष्ट्याउँदै गइएको छ र अन्तिम घटना भने कारुणिक छ जसमा नायक नायिका र छोराछोरीको मोटर दुर्घटनामा घटनास्थलमा नै मृत्यु भएको छ । उपन्यासकारले जीवन र जगतलाई राम्रोसँग बुझेको सन्देश उपन्यासले दिएको छ ।

उपन्यासमा पात्रहरूको चयन

उपन्यास भित्रका पात्रहरू चयनमा पनि सामान्य परिवारका सदस्यहरूलाई लिइएको छ । यी पात्रहरूको अन्तरजातीय विवाह गराइएको छ । स्वजातभित्र पनि जातभातको कसी लगाउने समाजमा एक नेवार कुलको नायक शुभम्सँग ब्राह्मणखनाल कन्या सुहानाको विवाह गराइ जातभातको कसौटीलाई समाजबाट हटाउनु पर्छ भन्ने उपन्यासले उद्देश्य बोकेको देखिन्छ । यतिमात्र हैन यी पात्रहरूले कठीन परिश्रम गरेर नेपाल र अमेरिका दुबै ठाउँमा आफ्नो पेट पाल्नेदेखि समाज सुधारका पक्षमा उदाहरणीय(अग्रगामी)काम गरेका छन् । अमेरिकामा नेपाली भाषासंस्कृतिलाई बचाउनु पर्छ भन्दै नेपाली भाषाका पाठशाला खोल्नु, संस्थाहरू खोल्नु र विस्तार गर्नु, नेपाल र अमेरिकाको सम्बन्ध दीर्घजीवी बनाउन नेपालमा अएर पनि संस्था सञ्चालन गर्नु जस्ता कर्महरू देखिएका छन् । शुभम्का आमाबाबु सरिता श्रेष्ठ र सूर्यप्रसाद श्रेष्ठ(जो छोराछारी पढाउनु पर्छ भन्ने धारणा बोकेर पढने वातावरण सिर्जना गरिदिन्छन्), शुभम्का भाई बहिनी सुरज श्रेष्ठ(व्यपार व्यवशायमा लागेर ५करोडको घाटा खाएका छन् र जस्को कारणले शुभम्मा टेन्सन उत्पन्न भै शान्ति खोज्दै पार्कमा जाँद मृत्युवरण हुन पुगेका छन्) र बहिनी सारिका श्रेष्ठ (भाउजुसँग राम्रो सम्बन्ध छ) । सासु बुहारीको सम्बन्ध नेपाली समाजमा प्राय सुमधर सम्बन्ध पाइँदैन तर यहाँ भने सुमधुर सन्बन्ध छ जो शिक्षाप्रद र प्रशंसनीय कामको प्रस्तुति हो । सासुले भन्छिन्‘....मेरी सुहाना अति लच्छिनकी छिन् । बोली चाली र व्यवहार सम्पूर्ण हेर्दाआँखामा राख्दा पनि नबिझाउने छिन् । यस्ती बुहारी पाउनु पनि भाग्यको कुरा हो ।’ नेपाली समाजका आजका सासु तथा बुहारीकोहरूको लागि एउटा राम्रो शिक्षा प्रदान गरेको छ उपन्यासले । सुहानाका बाबाआमा, सुरेशप्रसाद खनाल शुष्मा खनाल जो सुहानालाई पढाउने तथा सुहनाका धारणालाई मान्दै शुभम्सँग विवाह गरिदिन सहमत हुन्छन् । यसरी नै सुहानाका भाई सिर्जन खनाल पनि यस उपन्यासमा देखिएका पात्र हुन्् । यस उपन्यासकी सुहाना पात्र उच्चकोटीको धारणा बोकेर आफ्नो सक्षमता प्रदर्शन गर्न सक्ने समाजलाई प्रभावित पार्न सक्ने( समाजको नेतृत्व बोकेकी), राष्ट्र र राष्ट्रियताप्रति गहिरो चिन्तन बोकेकी, शील–शोभाव, शिष्ट भएकी छन् । यस उपन्यासकी प्रतिनायिका, शुभम्की गर्लफ्र्याण्ड केली हुन् । यिनको भूमिका उपन्यासमा अति दुःखित छ । केलीले शुभम्सँग एकपक्षीय प्रेम गर्छे । नेपालमा शुभम् अस्पतालमा छँदा फोन गर्छै, फोन सुभम्ले नभै सुहानाले उठाउँछिन्, केलीले शुभम्सँग प्रेम गरेको कुरा पत्तालाग्छ । अमेरिका गए पछि उसले शुभम्सँग विविाहको प्रस्ताव राख्छे , शुभम्ले नमाने पछि आक्रमण गर्छे, जेल जान्छे पुन जेलबाट फर्केपछि पनि पुन आक्रमण गर्छे , सुहानाले पुसिललाई खबरगरे पछि ५मिनट भित्रै पुलिसले पकडेर १० बर्षको लागि जेल हाल्दछ । पात्रहरूको चयन पनि राम्रोसँग गरिएको देखिन्छ ।

उपन्यास र प्राकृतिक चित्रण÷वातावरण

यो उपन्यास अमेरिका र नेपालका प्राकृतिक बर्णले सजिएको छ । ढुङ्गैढुङ्गाले बनेको ढुङ्गे बजारले चिनिने तानसेन बजार, शीतल पाटी, श्रीनगरको त्यो सुन्दरता जहाँ ऐसेलु, काफल, चुत्रा, नास्पती, सुनगाभा, पोखरीका कमलका पूmलको यौवनता, शिक्षाको केन्द्र, बजारको व्यवस्था, सामानको उपलब्धता, प्राकृतिक सौन्दर्यतामा विविधता, गुल्मी जिल्ला, पाल्पा रामपुर, काठमाण्डौ, आदि नेपालका ठाउँहरूको प्रकृतिक बर्णन तथा नेपालको वाताबरण( परिवेशमा)को साथै अमेरिकाको न्यूयोर्क, वासिङ्टन डिसी न्बक कतबतष्यल, ऋबषियचलष्ब कृष्ण मन्दिर, शिव मन्दिर, देवी मन्दिर समुद्री किनारा, पार्कहरू(अमेरिकको परिवेश)मा यो उपन्यासको सिर्जना भएको छ । यस उपन्यासले विविध खाले वातावरणालाई समेट्दै मीठो रूपमा प्रस्तुति गरिएको छ ।

भाषा शैली

वास्तवमा उपन्यासलाई ओजपूर्ण बनउनुको लागि भाषाले प्रभाव पार्दछ । स्वयम् कृतिकारको लेखनस्तर कस्तो छ, पात्रहरू कस्ता चयन गरिएका छन्, संवादमा पात्रहरूको स्तर कस्तो छ, कुन परिवेशमा उपन्यासको लेखन थालिएको हो, त्यसमा भाषाले विविधता लिने भएकोले यस उपन्यासका पात्रहरू पढेलेखेका छन्, स्वयम् कृतिकारको अध्ययनस्तर पनि उच्च छ र यसमा प्रयोग गरिएको भाषा पनि स्तरीय छ । यसमा नेपाली र अंग्रेजी पनि मिसिएको छ । प्रतिनायिका केलीले बोल्ने भाषा अंग्रेजी बाहेक सबै नेपाली भाषा प्रयोग गर्न सकिन्थ्यो तर त्यसो भएको छैन । यसमा भूमिकाकार होमनाथ सुवेदीजीले यस सम्बन्धमा यसरी पुष्ट्याई दिनु भएको छ –‘...... अंग्रेजी वा स्प्यानिस भाषाका शब्द प्रयोग भएकोमा पनि डायस्पोराको साहित्यले त्यसलाई आफ्नो प्रकृति मानेर स्वीकार गर्दछ ।’ उपन्यासलाई स्वच्छन्दरूपमा बग्न दिएको छ । बीच बीचमा गीतलाई समावेश गरिएको छ । यहाँ आँखामा राख्दापनि नबिझाउने, साउँभन्दा व्याज प्यारो, एकता बल हो, गुन भनेको एकचोटि मात्रगर्न सकिन्छ, भ्यागुतोका खुट्टा तान्ने प्रबृत्ति जस्ता आदि शब्दहरूले उपन्यासलाई सजाउने प्रयास गरिएको छ र भाषालाई मीठो पार्न खोजीएको छ । सङ्क्षेपमा भन्नु पर्दा यो उपन्यासमा संवादात्मक र बर्णनात्मक शैली अपनाइएको देखिन्छ । भाषा स्तरीय र गतिशील छ । पाठकलाई अध्ययन गर्दा पढौं पढौं लागिरहन्छ । हेरौं प्रस्तुतिका केही पङ्क्तिहरू–

‘त्यस पछि त किन चाहियो गर्मी मौसममा फुलेको पूmलझैं हरर गर्दै मुस्कान छरेर आनन्दले चरासरी हरर उङ्न थालिन् र खुसीले गुनगुनाउन पनि थालिन्ः’ (पृष्ठ ४०) । यसरी नै अर्को पंक्तिपनि लिउँ– ‘अव केवल राधारलाई कृष्णको प्रतिक्षा थियो ।’ (पृष्ठ ४४)

प्रतिक र बिम्बहरूको प्रयोग

यस उपन्यासमा हामीले प्रतिक र बिम्बहरूको प्रयोग भएको पनि ठाउँ ठाउँमा पाउँछौं । राधालाई कृष्णको प्रतिक्षा, साउँभन्दा व्याज प्यारो, जूनताराहरू र दीपावलीको उज्यालो एकसाथ, उदय भएको, गुलाबका कोपिला, पूmलका दीप र दीया, पूmलको रौनक आदिशब्दहरूलाई सुहाना र शुभम् र उनका छोरा छोरीको लागि प्रयोग गरिएको छ ।

उपन्यासको नामाकरण तथा लयबद्धता

यस उपन्यासको नामाकरण अमेरिका राख्नु पनि स्वभाविक देखिन्छ । नेपालमा भन्दा उपन्यासमा अमेरिकामा भएका गतिविधिलाई बढी समावेश गरिएको छ । यो नामाकरणले पाठकलाई कौतुलता सिर्जना गर्दछ । उपन्यासमा १६वटा परिच्छेदमा बर्गीकरण गरिएको भिन्न सन्दर्भ तथा घटना क्रमलाई लाई समावेश गरेर स्वच्छन्द रूपमा बग्न दिए तापनि उपन्यासले आफ्नो बाटो छाडेको भने छैन । लयबद्ध÷क्रमिकताको कारणले पढ्ने जिज्ञासा पनि यसले प्रदान गरेको छ ।

उपन्यासमा विविधता

यो उपन्यास नेपालको र अमेरिकको सामाजिक परिवेशमा लेखिएको सामाजिक दुःखान्त उपन्यास हो । यस उपन्यासले अमेरिकमा भएका नेपालीहरूलाई नेपाली भाषा, सांस्कृति तथा नेपालीपनलाई जहाँ गए तापनि छाड्न नहुने शिक्षा प्रदान गरेको छ । नेपालीहरू आज विदेशीन परेको कारण नेपालको राजनीति, वेरोजगारी, बन्दहड्ताल जस्ता कारणले नेपालका आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पारेका असरले गर्दा यहाँका युवायुवती सबै विदेश पलायन हुनु परेको र नेपालमा बसेर गरेको व्यवसायले पनि नाफा भन्दा घाटामा नै धकेलेको सत्यतालाई अङ्गालेको छ ,र सुभम्को भाइलाई ५ करोडको घाटा भएको उदाहरणा प्रस्तुत गरेर उपन्यासले नेपाली समाजको यथार्थ चित्रणलाई प्रस्तुत गरेको छ । नेपालीहरू जुनदेशमा गए पनि आफ्नो मातृभूमि सरह नै माया गर्दछन् एवम् नुनको सोझो गर्दछन् भन्ने धारणा पनि आएको छ उपन्यासमा । गुरू पूर्णिमाको दिन गुरूको पूजा गर्नु पर्छ भन्ने धारणा, पौराणिक कथाहरू बालबालिकालाई श्रवण गराउनु, नेपाली एकतालाई मज्बुत पार्न संस्था खोल्न पर्ने धारणाको विकास, समाजमा सकरात्मक सोचाईका मात्र मानिसहरू छैनन् र नकरात्मक सोचाईका मानिस पनि हुन्छन् र यस्तो नकरात्मक सोचाईले मानवमा दानवताको धारणा पलाउने धारणा, नेपालको भन्दा अमेरिकाको कानुन झनै कडा हुनु, औषधीउपचार निशुक्ल सर्बसाधरणले पाउनु, देशमा संविधानका नबनेकोमा चिन्ता, ठाउँ ठाउँमा दार्शनिक अभिव्यक्ति (जस्तै – ‘जहाँ विश्वास छ, त्यहाँ प्रेम छ, जहाँ प्रेम छ त्यहाँ शान्ति छ, जहाँ शान्ति छ त्यहाँ सत्य छ, जहाँ सत्य छ त्यहाँ ईश्वर छ, जहाँ ईश्वर छ त्यहाँ आनन्दै आनन्द छ ।’पृष्ठ ७०) पनि पाउँछौं यस उपन्यासमा । उपन्यासले जातको विभेदलाई अन्त गरी समतामूलत समाजको परिकल्पना गरेको छ । यस पृथ्वीमा मानिस भएर जन्मे पछि त्यसले आफ्नो जीवनमा भोग्न पर्ने यथार्थताहरूलाई उपन्यासले समेटेको छ । मानव जीवनमा घट्न सक्ने घटनाक्रमहरूलाई समेट्ने प्रयास भएको छ ।

समग्रमा उपन्यासले स्वदेश र विदेशको समाजिक, पारिवारिक जीवन पद्धति, राष्ट्र, राष्ट्रियता, प्राकृतिक सौन्दर्यता, भाषा संस्कृति, धार्मिक अबलम्वन, सरल, सहज प्रस्तुति, दार्शनिक तथा भावपूर्ण अभिव्यक्ति, प्रेममा दीगो पनको अनुभूति दिएको छ र आखिरिमा अमेरिकामा कार दुर्घटनामा परेपछि दःुखान्त परिणतिमा समाप्त भएको छ उपन्यास । उपन्यासले यथार्थतालाई समेट्न खोजेको छ । सामाजिक परिवेशलाई समाएको छ । जीवन जगतलाई उपन्यासकारले राम्ररी बुझेकी छन् । यहाँ एउटा प्रश्न खडा हुन सक्छ के उपन्यासमा कुनै कमीकमजोडी छैनन् ? निश्चय पनि सवलपक्ष र दुर्वलपक्षलाई विश्लेषण गर्नु पर्ने अवश्य हो तर पूर्णता कहीं पनि हुँदैन । त्यसो हुँदा लेख्दै जाँदा दुर्वलपक्ष परिमार्जन हुँदै जान्छन् भन्ने मेरो धारणा छ । अत उपन्यास मीठो छ । युग बोधी, जीवन बोधी, दर्शन बोधी, यो उपन्यास पठनीय छ । यस्तो गहन उपन्यासकी कृतिकारलाई मुरी मुरी धन्यवाद छ ।

शान्तिचोक, कावासोती– १ नवलपरासी, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।