15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

"पोयम्स" भित्र दक्षिण एसियाली चित्र

कृति/समीक्षा हरिसुन्दर छुकाँ February 4, 2014, 4:50 am

चिया पिउ“दै गर्दा हामी विचार गर्छाैं

हामी किन कविता लेख्छौं होला ?

आखिर त्यसलाई दस जना मान्छेले न पढ्ने हुन् ।

तीमध्ये तीनजना पहिले नै त्यसलाई मन नपराउन

प्रतिबद्ध भइसकेका हुन्छन् ।

तीनजनालाई च्वास्स कतै बिझ्छ

तर उनी जनाहरूलाई चुहिएको धारा र ट्राफिक जामका

बारे सोच्नु छ ।

दुई जनालाई मन पर्छ

र तिमीलाई भन्न पनि कुनै हिचकिचाहट छैन

तर कसरी भन्ने भनेर थाहा छैन ।

–‘जन्मन बा“की एउटा कविताको नाममा’

हो, कविता लेख्न सुरु गरेदेखि आज पर्यन्त पनि कविताप्रतिको आम बुझाइ यस्तै छ, प्रवृत्ति यस्तै छ, परम्परा पनि नैरन्तर्य छ । यसबाहेक पनि कविता लेखिन छोडिएको छैन । साहित्यको सबैभन्दा लेखिने पनि पढिने पनि, विधामा उत्कृष्ट स्थानमा पर्छ–कविता । चाहे कवितालाई मानिसले अथवा पाठकले, अथवा भावकले बुझोस् नबुझोस्, कविताको भावले छोओस् वा नछोओस् तैपनि मानिसहरू कविताप्रति झुकाव राख्छन् । कवितामा सम्मोहनको शक्ति लुप्त हुन्छ । यही लुप्त शक्तिको बोध गर्न पाइयोस् भनेर भावकहरू कविताप्रति झुकाव राख्न् । कविताका अनुरागी हुन्छन् । मानिसहरूलाई आ–आफ्नो दैनिक व्यवहारले गा“जे पनि, थिचे पनि कविताको कोमल स्पर्शले घाउमा मल्हमपट्टिको काम गर्ने भएकोले कविताप्रति चाख राख्छन् ।

केही समयअघि काठमाडौंमा सम्पन्न शान्तिका लागि दक्षिण एसियाली कवि सम्मेलनमा सहभागी कविहरूका प्रतिनिधि कविताहरूको सङ्ग्रहको रुपमा आएको कविता सङ्कलन हो – ‘पोयट्री’ । यही सङ्कलनमा समावेश भएको कविता ‘जन्मन बा“की एउटा कविताको नाममा’ भन्ने शीर्षकका कवयित्री अरुन्धती सुब्रमानियमले उक्त कवितामा कविताको पाठकबारे मत सर्वेक्षण गरिएको भाव र मानिसहरूको कविताप्रतिको चाखलाई पाउन सक्छौं । जुन कवितामा कवयित्री अरुन्घतीले १० जनाले मात्र कविता पढे पनि कविको लागि गर्वकै कुराको रुपमा ग्रहण गर्ने गरेको यथार्थलाई देखाएकी छिन् ।

दक्षिण एसियाअन्तर्गत पर्ने देशहरूमध्ये नेपाल, भारत, भुटान, सिक्किम, बङ्गलादेश र पाकिस्तान प्रतिनिधि कविहरूका कविताहरूको सङ्ग्रहको रुपममा प्रकाशित ‘पोयम्स’ भित्र नेपालीमा अनुवाद गरिएका÷सङ्ग्रहित कविताहरूको सङ्ख्या ४९ छन् । सङ्ग्रहमा भारतका कविहरू क्रमशः अभय के. का ४, अरुन्धती सुमनियमका २, सिद्धार्थ राईका ४ र स्नेहलता राईका ४, भुटानका गोपाल आचार्यका २ र यम थुलुङ्का ६, सिक्किमका दीपा राईको ५, बङ्गलादेशका मोहामद नुरल नुराका ३, पाकिस्तानका नसिर अहमद नसिरका ३ गरी कूल ३३ कविताहरू छन् भने बा“कीमध्ये विगत ४० वर्षदेखि नेपाल बस्दै आएका ब्रिटेनी नागरिक ग्रेटा रानाकी ३ तथा प्रकाश सुवेदीको ६, सचेन्द्र मानन्धरको ३, श्रवण मुकारुङको १, उज्ज्वला महर्जनको १, उषा शेरचनको २ र युक्ता बज्राचार्यको १ गरी जम्मा १७ कविताहरू रहेका छन् । नेपाली कविहरूबाहेक अन्य देशका कवि÷कवयित्रीहरूद्वारा अङ्ग्रेजी भाषामा लिखित कविताहरूको अनुवाद गरिएको छ ।

कविता देश, काल, परिस्थिति र मानिसले भोगेका जीवनको सूचक हो । कविताको कुनै न कुनै बिम्बमा टेकेर, उपमा÷अलङ्कारको सहयोगमा यथार्थको चित्र (पोट्रेट) बनाउ“छ । ‘पोयम्स’ भित्रका अनुदित कविताहरू पढिसकेपछि पाठकले दक्षिण एसियाको एक मूर्त रुप कस्तो बन्दैछ भन्ने सामान्य आङ्कलन गर्न बेर लगाउ“दैन् । मानिसहरूलाई देशको सीमाले, भूगोलले छुट्याए पनि मानिसको भोगाइ, दुःख पृथक भए पनि शान्तिप्रतिको चाहना, मानवताको भाव, मानिसले खोजेको आदर्श समाज भने साझा रहेका ती कविताहरूमार्फत् कवि÷कवयित्रीले भनेका छन् ।

विदेशी अनुदित कविताहरूले विश्वभर बढिरहेको घरेलु तथा महिला हिंसा, महिला प्रताडना, गरिबीको कारण बालश्रम गर्न बाह्य बालबालिकाहरू, प्रताडित महिला र बालबालिकाको नाममा स्वदेशी तथा विदेशी गैससको नाममा गरिरहेको ‘डलर खेती’ राजनीतिले ल्याएको विकृति, वितृष्णा आफूले बा“चेको सहरको कृतिम जिन्दगी, समुद्रमा डुड्डा खियाएर बा“च्ने माझीहरूको दैनिकी, मानिसको जन्म, भोगाइ, मृत्यु संस्कार तथा बढ्दो प्रविधिस“गै भित्रिएको भ्रुण परीक्षण र भु्रण हत्या इत्यादि विषयप्रति गहिरो चासो देखाउन सफल भएका छन् भने नेपाली कविका कविताहरूले देशको स्थिति, इतिहास, शान्तिको चाहनालगायतलाई विषय बनाएका छन् । माथिका विषयहरूलाई कविहरूले विभिन्न बिम्ब र प्रतीकको सहयोगमा यस किसिमले आफ्ना भाव पोखेका छन् ।

म तिम्रा तरङ्ीगत मौनता सुन्न सक्छु

काला बादल तिमीमाथि मडारिएका छन्

तिमीलाई म्वाइ खाने इच्छा गर्दै

पाषाणप्रेमीहरू इष्र्या गर्दै तिम्रो रखबारी गर्छन् तिमीहरूका चिसा पहाड तिमीलाई अङ्गालो हाल्ने

प्रतिक्षामा छन्

–फेवा (अभय के, भारत)

..........

स्वाभिमानका चोटहरू

मनका नीलडामहरू

सङ्घर्षका पीडाहरू

स्थिर, आ“खाका नानीहरू

बलात्कृत अड्ड प्रत्यड्ड लुटिएका अस्मिताहरू

हजारौं हजारौं दामिनीहरू

ओझेलमा परेका दामिनीहरू

सुकसुकाहट र सुस्केराका भीडहरूमा

निरीह आ“खा लिएर

मलाई नै उल्टा प्रश्न गर्छन्

नारी दिवसको परिभाषा के हो ?

– ‘..........’ (दीपा राई, सिक्किम)

......................

चु“डिंयो त्यो आशाको त्यान्द्रा

मुस्कुराउ“दै स्वप्निल सडकहरूमा जाने

त्यो दृढ विश्वास ।

निरन्तर पीडादायी रातबाट

धुन्दलो बिहानीमा जन्मिएको

एकथोपा आ“सुको शीत टप्किरहेछ ।

जीवित गर्भाशयको पोल्टोबाट

चुडाइएको एक पावन जीव

तैरिरहेको मृत्युसरह

शून्यतातिर विलिन हु“दैछ ।

म केबल एक विकल्प थिए“ ।

–‘महिला भ्रूणको तर्फबाट’ (ग्रेटा राणा, बेलायत)

...............

आफ्नो पतिभन्दा जड्डलको साधु राम्रो होला ?

यी प्रश्नले एउटी महिलालाई अन्योलमा पार्छ सधैं ।

– ‘शुक्ला शकुन्तला ःदुर्वासा’ (मोहम्मद नुरल हुदा, बङ्गलादेश)

घा“स दाउरा जा“दा

कोइलीको कुहुकुहु सुनिन्

झ्याउ“किरीलाई सुनिन्

न्याउलको विरह स्वरमा

माइतीघर असाध्यै सम्झिइन्

तर हाम्री बज्यैले

‘नारी सशक्तीकरण’ र ‘नारी दिवस’का

नाममा कहिल्यै कुनै दिन नसुनी

‘मौलिक अधिकार’– को

‘अ’ सम्म नसुनी

संसारबाट एक दिन

सुटुक्कै बिदा लिइन् ।

–‘हाम्री बज्यै’ (स्नेहलत्ता राई, दार्जिलिङ)

मेरो रोटी फुलेन

फुल्यो त रोटी गोलो बनेन

बन्यो त रोटी नरम भएन

भयो त रोटी क्ष्मभ कष्मभ पा पाकेन

हर दिन तपाईंलाई मेरो रोटी, रोटी लागेन ।

–‘रोटी’ उज्ज्वला महर्जन, नेपाल)

सङ्ग्रहभित्रका थुप्रै कविताहरूले दक्षिण एसियाली महिलाहरूको ग्रामीण दैनन्दिनी, अवस्था र सहरिया महिलाहरूमा विकसित भएको भ्रुण पहिचानको बिग्र“दै गएको सभ्यतालाई चित्रण गरिएको छ । कवितामा कवयित्री उषा शेरचनले ‘शान्तिको गीतको रियाजमा’ कवितामार्फत् शान्ति स्थापना नहुनुको कारण खुट्याएकी छिन् भने सङग्रहको सबैभन्दा लामो कविताको रुपमा रहेको ‘९८ को आत्मकथा’मा कवि श्रवण मुकारुङले जंगबहादुर राणाको पालादेखि विदेशका लाहुरे बन्न विवस ‘बहादुर’ नेपालीको अवस्थादेखि लोकतन्त्र र गणतन्त्र स्थापनापछि पनि त्यही नियति भोगिरहेका युवाहरूको विवसताको कथालाई देखाउन सफल भएका छन् ।

युगौंदेखि

मेरो रगत र पसिना बेचेर

छाक टारिरहेको मेरो देश

बोलन ।

युगौंदेखि

मेरा रगत र पसिनाको

सुट लगाइरहेको बेलायत

बोलेन

................

केवल सम्झिरहेछु म –

सुगौली सन्धि

र जंगबहादुरको खसी बजार

सम्झिरहेछु म –

यो देशको प्रत्येक बन्द ढोका

बेरोजगार, अवसरहीन छोरा–छोरी

र तिनको अनिश्चित भविष्य

– ‘९८ को आत्मकथा’

...................

जनतालाई तमासे बनाएर

–नाचिरहेका छन् राजनेताहरू

देशलाई डबली बनाएर

–नौटड्ढी देखाइरहेका छन् नेताहरू

– ‘शान्तिको गीतको रियाजमा’

‘आत्मा बचाउन कला चाहिन्छ ।’ भन्ने मूल उद्घोषका साथ सम्पन्न शान्तिका लागि कवि सम्मेलनमा वाचन गरिएका विभिन्न देशका अङ्ग्रेजी भाषाका कविताहरूलाई अर्चनासिहं कार्की, प्रकाश सुवेदी, ऋचा भट्टराई, डा. वीणा विवस, कविर चौधरी, श्यादा मजुरुल इस्लाम, क्यारोलिन राइट, फकरजमान चौधरीले अनुवाद गरेर न्याय गरेका छन् । ‘पोयम्स’ को पठनपछि झिनो र सही रुपले भए पनि त्यस देशको अवस्था थाहा पाउन मद्दत मिल्छ । कवितामात्र नभएर कविको पनि छोटो परिचयले ‘पोयम्स’ लाई अझ ओजिलो बनाएको आभाष मिल्छ । नेपालमा दक्षिण एसियाली कविहरूको गोष्ठी आयोजनामार्फत् कविता आदानप्रदानको संस्कार सुरुवात गर्ने कामको लागि संयोजन चिराग वाङ्दडेलले खेलेको भूमिकाले नेपाली साहित्य सर्जक र अनुरागीहरूलाई पनि सहयोग मिलेको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।