शार्दूलविक्रीडित छन्द
छाडेनौ कहिल्यै कुनै दमनको लाठी र गोली पनि
उत्रन्छन् त्यसका विरुद्ध महिला बन्दी बनायौ भने ॥
आफैैले अधिकार खोस्न नसके के दिन्छ त्यो ढाँटले
हाम्रा हात र पाउ छन् सबतिरै जागौ न है आँटले ॥
ठूलो क्रान्ति भयो र यो मुलुकमा हाम्रो लडाई चल्यो
ल्यायो शान्ति र शक्ति त्यो समयलॆ साम्राज्य ढल्दै गयो
हामी आज समान छौ अब तिमी नै शक्तिशाली बन
माटोको जगमा उठेर महिला गर्छन् नी आन्दोलन ॥
गर्छन् चर्तिकला अहो ! पुरुषले नारी भनेरै पनि
फैलन्छन् महिला त्यहाँ किरणका रेखाहभरु झैं बनी
हामी नै यिनका विरोध गरने औजार बोक्छौ अब
हामी हौ यिनका विरोध पथको संसार जोड्छौ अब ॥
राखी लक्ष्य लडौ चढौ शिखरमा चढ्दै उकाली पनि
हेप्ने शक्ति उही पहाड घरमा लुक्दैछ उस्तै बनी
छाड्दैनौ अधिकार खोस्न महिला कस्सेर लड्छौ अझै
सामन्ती घरमा पसेर जन हो निषेध तोड्छौ अझै ॥