19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ईगो

लघुकथा जे.वि.राई रुमानी February 3, 2014, 9:18 pm

अझै पनि ऊ निर्धक्क भन्ने गर्छ कि ! मेरो सहित्य लेखन निशुल्क समाज सेवाः हो । हुन पनि हो, आजसम्म उसले जे–जति लेखिरहेको छ ! मात्र, लेखिरहेको छ, निर्वाध । दुईचार साहित्यिक संघ–संस्थामा आवद्ध छ । अर्थात, दाम नभए पनि नाम छ ।

“साहित्यकार ज्यू तपाईको लेखनलाई मान्नै पर्छ ।”

“मेरो लेखनलाई मन पराई दिनु भएकोमा धन्यबाद ।’ ऊ गौरव गर्दै आफ्नो तारीफकर्तालाई भारी भावत प्रदान गर्छ ।

उसको एक समकालिन साहित्यिक सहयात्री पनि छ जो सहित्यमा पनि मूल्य हुनु पर्छ भन्छ । उसले भने जस्तो मूल्य अझै पाउन त सकेको छैन । लेखन दाम–दस्तुर छ । तर, सिमित घेराभित्र उसको साहित्य र व्यक्तित्व सिमान्तकृत छ । ऊ कुनै मिडीयामा आउन पनि चाहँदैन । बिना मूल्यको अफवाह उसलाई विलकुल स्वीकार छैन ।

आज उसको समकालिन सहयात्रीले एउटा सानो विजिनेस सुरु गरेको छ, मूल्य खोज्दै । ऊ भने उहि निशुल्क समाज सेवाम समर्पित छ । सहयात्रीको विजिनेस मारामार चलेको छ । उसले चाहेको र खोजेको मुल्य केहि मात्रामा हाँसिल पनि गरिरहेको छ ।

“तपाईको विजिनेस त राम्रो चल्दो रहेछ नि !’ ग्राहकको भीड पातलिए पछि उसको मुखबाट अनायसै तारिफ फुत्कियो ।

“ठिकठिकै छ ।” सहयात्रीले मुस्कुराउदै भन्यो,– “के गर्नु ! बाँच्ने आधार त चाहियो ।”

अन्ततः बोकेर हिँड्यो “ईगो” ऊ, दिमागभरी बाँच्ने आधारको ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।