प्रेम पत्र, हेर्न मन लाग्यो
रीबनले, बेर्न मन लाग्यो ।
हेर्दै राम्रो, मन लोभ्याउने
त्यहाँ बुट्टा, घेर्न मन लाग्यो ।
उन्को चिठ्ठी, खोल्न मन लाग्यो
पढे पछि, केर्न मन लाग्यो ।
पछि पछि, चित्त नै नबुझ्दा
त्यसलाई, फेर्न मन लाग्यो ।
जति गर्दा, भनेको नहुँदा
आफैलाई, सेर्न मन लाग्यो ।
Cambridge, Massachusetts, USA.