कस्सम
सत्ते धरोधर्म तिम्रो मासु खाने
तिमी असाद्धै राम्री छौं
भगवान कसम ईश्वरले नासै गरुन
तिमीलाई म असाद्धै मन पराउछु
आमा कसम झुठो बोले हैजा लागोस
तिमी बिना म बाँच्नै सक्दिन
मरी जाउँ ढाटे आजको रात काट्न न पाउँ
तिमी मेरो जीवनको पहिलो र अन्तिम प्रेम हौं
आपुनै रगत खानॆ यो आगोले भष्म पारोस
तिमीलाई रानी बनाएर राखुला
कुकुरको मासु खाने नासै भई जाउँ
तिमीलाई पाइन भने म डुबेर मर्छु
विद्या कसम मैले ढाटेको हैन
तिमीलाई न पाए अर्को मैया खोज्न थाल्छु
अनि झुठो कसम खाएर साँचो माया लाउँछु
सत्ते धरोधर्म तिम्रो रगत खाने ढाट्या हैन
कस्सम
टोरोन्टो, क्यानडा