चिसो रातमा, गाउदा गाउदै लय हराए पछि
छैन् डरअरु दुखसंग, मर्ने भय हराए पछि
उल्लासमा बजेका ति अनेक बाजागाजाहरु
इश्वर नि कोल्टे फेर्यो, उस्को जय हराए पछि
लामा छोटा कसमहरु जिन्दगीको साँघुरो घुम्ती
बीचमै लोप भयौ संगै हिड्ने तय हराए पछि
उदायौ तिमी, तिम्रो रहर, सिमित शहर, पोल्नेडर
फर्कन्छु आजनै मेरो गाँउ,सोझो समय हराए पछि
लथालिङ्ग छरपस्ट दोषी भावका शब्दहरु
तोडी दिए सम्बन्ध, सबै आशय हराए पछि
तोपगाछी-७ झापा , नेपाल, हाल: मलेशिया