ताल बेताल
सडकको पेटी-पेटीमा
दगुरिरहन्छ
घाँटीको नशा फुल्ने गरि
चर्को चर्को स्वरमा
कुर्लिरहन्छ।
पढेलेखेको छैन उ
तर पढन्दासहरुको
खोजि गर्दै हिडछ
दुई रुपैयामा
पच्चीस पैसा नाफा निकालेर
दैनिक गुजारा गर्छ
बीच सडकमा
भुवन केसीको हत्या
भुवन केसीको हत्या
भन्दै चिच्याउदै हिडछ
चूरो कुरो त
चलचित्रको शूटिंगको
दृश्यमा पो भुवन केसीको
हत्या भएको हुन्छ
यसरी नै
पढेलेखेकालाई दैनिक जसो
बलिको बोको बनाई दिन्छ
कोही उ जस्ता
देशका प्रतिष्ठित
पत्रकार बनेका छन्
कोही उ जस्ता
साहु महाजन भएका छन्।
बिहानीपख
प्रभातकालीन
दिउँसो तिर
मध्यान्हकालिन
त्यसै गरी
साँझपख
सन्ध्याकालीन
अंकहरु बोकेर
उ कहिले पुतलीसडक
कहिले बागबजार
कहिले न्युरोड
कहिले बानेश्वर
त कहिले रत्नपार्कमा
अविछिन्न्न गतिमा
दगुरिरहन्छ
दगुरिरहन्छ
बस दगुरिरहन्छ
अनि,
त्यसरी नै चिच्याईरहन्छ।
कालिका एफ एम ,चितवन