19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल श्रेष्ठ परिक्रमा March 13, 2014, 9:14 am

केवल झुठ्ठा आश्वासन दिएर जान्छ यो समयले ।

देखावटी नै सही यो मन सिएर जान्छ यो समयले ।

कहिले अमृत पिलाउँछु भन्छ, अमर बनाउन

तर स्वयं आपैm नै पिएर जान्छ यो समयले ।

चोटले घाइते बनेको यो मनसँग किन–किन

बारम्बार आउँदै जिस्किएर जान्छ यो समयले

रङ्ग–बिरङ्गको जात्रा देखाउँछ समयको तापले

जलेको यो मुटु कुल्चिएर जान्छ यो समयले

खुसीले बाँच्नु है भन्दै पल–पलमा रुवाएर

हरे ! दुःखी यो आत्मा लिएर जान्छ यो समयले

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।