यो मन किन हो कुन्नी हरपल हाँस्न खोज्छ
बगेको नदी फर्किन्न आशैमा बाँच्न खोज्छ ।
मेरो भन्नु आशै जिन्दगी एक्लै बाँच्ने चाह
साथ कोही भेट्दिन कसलाई पोखूँ बह,
उदास जीवन रङिन होश सपनी देख्ने गर्छ
बगेको नदी फर्किन्न आशैमा बाँच्न खोज्छ ।
बिर्सूँ भन्छु बितेका दिन सम्झना आउँछ
मनमा मात्रै हैन याद छायाँ बनी आउँछ,
याद जिन्दगी भो मुटुमा बास बस्ने गर्छ
बगेको नदी फर्किन्न आशैमा बाँच्न खोज्छ ।
काठमाडौं