18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

इर्ष्या एक सम्बन्धको

कविता बसन्त श्रेष्ठ April 6, 2014, 2:45 am
बसन्त श्रेष्ठ
बसन्त श्रेष्ठ

रुख

ढकमक्क पातहरुले ढाकिएर

सुन्दरताले भरिपूर्ण बनेर

मन्द मन्द हावामा

आफ्ना हाँगा बिंगा हातहरुलाई हल्लाएर

खुशीले झुमिरहेको देखेर

हावा रिसले मुर्मुरिन्छ / इर्ष्याले भरिन्छ

रुखले हावाको खुशी देख्न चाहदैन

प्रकृतिमा सबभन्दा बलवान बनेको हावाले

रुखको खुशी र उन्मादमा नाचिरहेको देख्न चाहेन

अनि रुखको खुशी छिन्ने अठोट गर्यो

हावा हुरी बन्दै तुफान बनेर आयो

रुखका सुन्दर पातहरु चुडेर फालिदियो

हात जस्ता हाँगा बिगा भाँचेर कतै टाढा मिल्काइदियो

क्षणमै रुखलाई नाङ्गो बनाएर छाडिदियो

अनि हावा दम्भले थिचिएर हास्न थाल्यो हुँई हुँई गर्दै

तर केहि समय पश्चात

फेरी रुख ढकमक्क पातले भरिन थाल्यो

हाँगा बिगा फैलिदै बढ्न थाले

रुख त्यसरीनै झुम्न थाल्यो जसरी पहिले झुम्ने गर्थ्यो

रुख पहिलेको भन्दा झन सुन्दर देखिन थाल्यो

यस पटक रुख सानो रुख नभएर बिशाल वृक्ष भयो

बिशाल वृक्षमा ओत लागेर शीतल ताप्न थुप्रै आउन थाले

चरा चुरुंगी गीत गाउँ बस्न थाले

बटुवाहरु पसिना पुछ्न सुस्ताउन थाले अनि

गाई बस्तु हरु एकछिन उग्राउन चौतारीमा बस्न थाले

अनि सुन्छु

हावा कता कता दुख पिडा र रिसले थलिएर रुन्छ रे

रातमा लामो लामो सुस्केरा हाल्छ रे

अझैँ सुन्छु मध्यरातमा सुइँ सुँई गर्दै

विरहको गीत गाउदै सुसाउछ रे |

बिचरा इर्ष्याको पोको हावा |

अचेल माथि माथि लेक लेक तिरै

भागी भागि हिड्छ रे |

भर्जिनिया, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।