19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिलिप राई April 5, 2014, 6:51 pm

कसैले छाती छामे कसैले नाडी समाए

म मर्नु भन्दा पहिले मेरो मलामी आए

सास केहि बाँकी थियो आस केहि बाँकी थियो

ढुकढुकी चल्दा चल्दै गाउँमा हल्ला चलाए

भिड छ आँगनभरि हल्ला र कोलाहल छ

कोहि त आफ्ना पनि रहेछन आँसु खसाए

कसैले कात्रो ल्याए कसैले माला उने

मेरै नजर सामु कसैले मेरो अर्थी बनाए

तिमीलाई हेरी जाने आखिरी धोको थियो

तिमी आउनु भन्दा पहिले मेरो लास जलाए

दिक्तेल, हाल: रियाध, साउदी अरब

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।