14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

साहित्यमा निमुखा

विचार पुष्पराज आचार्य April 13, 2008, 1:11 am

नेपाली साहित्यमा 'सवार्ल्र्टन' को प्रस्तुतिलाई लिएर पत्रपत्रिकामा बहस चलेको छ । विशेषतः सञ्जीव उप्रेतीको उपन्यास 'घनचक्कर' एवं त्यसमा आधारित सुनिल पोखरेलको नाट्य पर््रदर्शनमा दर्ुइ पात्र-मधेसी रिक्साचालक र लाटी मगन्तेको चित्रण पक्षपातपर्ूण्ा छ कि छैन भन्ने बहस सुरु भएको हो । 'सवार्ल्र्टन' को हुन् र तिनीहरूको नेपाली साहित्यमा के स्थान छ - उनीहरूलाई कसरी प्रस्तुत गरिएको छ - यसमै बहस भइरहेको छ ।
शक्तिहीनहरू साहित्यमा कसरी देखापर्छन् - लेखकले कृतिभित्र खेलेको शक्तिको खेल कस्तो हुन्छ - के सबै शक्तिहीन 'सवार्ल्र्टन' हुन् - यसमा पनि बहस हुनर्ुपर्छ ।  अंग्रेजी शब्द हो 'सवार्ल्र्टन' । इटलीका कम्युनिस्ट नेता एन्टोनियो ग्राम्स्की, भारतका 'सवार्ल्र्टन स्टडी ग्रुप' का रञ्जित गुहा तथा गायत्री चक्रवर्ती स्पिभाकजस्ता लेखकले यो शब्द प्रयोग गरेका छन् ।
शक्ति र सत्तामा पहु“च नभएका, सत्ताधारीको सांस्कृतिक विचारधाराको प्रभावमा परी उनीहरूको बौद्धिक र नैतिक प्रभुत्व स्विकारेका, उनीहरूबाट शोषित भएका, शक्ति, पहु“च र आवाज नभएका निमुखा जनसामान्य, कामदार, किसान वा समुदायलाई बुझाउन सवार्ल्र्टन शब्द प्रयोग भएको छ । पाखा लगाइएका, शक्ति र बोली नभएका यस्ता मानिस वा समूहलाई नेपालीमा 'निमुखा' भन्न सकिन्छ ।
निमुखा र अन्यायमा परेकाबीच फरक छुट्याउनर्ुपर्छ । सबै निमुखा अन्यायमा परेका हुन्छन् । तर सबै अन्यायमा परेका निमुखा नहुन सक्छन् । आफू र निमुखामाथि भएको अन्याय र विभेदको विरोध गर्दागर्दै विभेदमा मात्र परेकाले आफू पनि निमुखा भएको दाबी गरे भने निमुखामाथि आफ्नै समूहभित्र अन्याय थपिन्छ । ती बोली नभएकाको आवाज सत्तासम्म पुग्दैन । उनीहरूका कुरा उही समूहको उच्च वर्गमा पनि सुनि“दैन । तर निमुखाहरू संगठित हु“दा आफैं बोल्ने सम्भावना हुन सक्छ- ग्राम्स्की भन्छन् ।
त्यसो भए अरू बेला निमुखाको आवाज कहँ“ हुन्छ - उनीहरूका लागि कसले बोल्न सक्छन् - बोल्दा के हुन्छ र कसरी बोलिन्छ - उनीहरूको आवाज र चेतना सुषुप्त हुन्छ, जाग्न सक्छ । बोल्न सक्ने अर्थात बोलेको अरूले सुनिदिने अथवा कुनै ढंगमा शक्तिमा पहु“च हुने मानिस बोल्छ उनीहरूका लागि-ग्राम्स्की, गुहा, स्पिभाक र अरू लेखकझैं । साहित्यकार बोल्छ उनीहरूका लागि । तर उनीहरूको पक्षमा लेख्ने र बोल्ने निमुखो नहुनसक्छ किनभने उसको केही पहु“च हुन्छ शक्तिमा । ऊ बोलेको सत्ता र शक्तिवालाले सुन्छन् । निमुखा चरित्रलाई केन्द्रमा राखी लेख्ने बंगाली लेखिका महाश्वेतादेवी विश्वविद्यालयमा अंगे्रजी पढाउने प्राध्यापक हुन् । त्यस्तै उनका कथाका निमुखा पात्रबारे समालोचना लेख्ने स्पिभाक अमेरिकी विश्वविद्यालयकी प्राध्यापक हुन् ।
यहा“ एउटा समस्या उत्पन्न हुन्छ- लेखकका आफ्ना पृष्ठभूमि, विचारधारा, मूल्यमान्यता, सोच, व्यक्तित्व, वर्ग, सत्ताजस्ता विषयले लेखनमा निमुखाहरू कसरी प्रस्तुत गरिन्छन् भन्नेमा प्रभाव पार्छ । विभिन्न विषयले लेखनमा असर पार्ने भएपछि कसरी कसैका बारेमा लेख्ने - पुरुषले महिलाको विषयमा, पहाडीले मधेसीका विषयमा, उच्च वर्ग र जातकाले निम्न वर्ग र जातका बारेमा, पश्चिमीले पर्ूर्वीयका बारेमा लेख्न तथा बोल्न पाउने कि
नपाउने - लेखेका चिज कति आधिकारिक हुन्छन् - यस्ता प्रश्न उठ्छन् ।
कोही भन्छन्- लेख्नै पाइ“दैन किनकि एकले अर्काका बारेमा लेख्दा पक्षपातपर्ूण्ा र पर्ूवाग्रही हुन्छ । कोही भन्छन्- के लेख्ने के नलेख्ने लेखकको रोजाइ हो, लेखकीय स्वतन्त्रता हो । भनाइ दुवै ठीकै हुन् आंशिकरूपमा । विवाद लेख्न पाइने र नपाइनेमा अड्कन हु“दैन किनभने त्यसको खासै महत्त्व छैन । लेख्नेले पूरै इतिहासमा लेख्न छाडेका छैनन् र छोड्ने लक्षण पनि देखाएका छैनन् । उनीहरू लेख्छन् सकारात्मक कि नकारात्मक ढङ्गको पक्ष लिएर । बरु कसरी लेखिएको छ भनेर लेखनलाई केलाउनु र्सार्थक प्रयास छ । एडवार्ड साइदले पश्चिमले पर्ूवका बारेमा लेख्नै बन्द गर भनेका पनि होइनन् । नारीवादीले पुरुषले महिलाबारे लेख्नै पाइ“दैन भनेका छैनन् । त्यही कारण भारतका निमुखा अध्ययन समूहका सदस्यले 'कसले', 'कसरी' र 'किन' निश्चित ढंगले निमुखाको प्रस्तुति गर्‍यो भन्ने अध्ययन गरेको ।
निमुखालाई प्रस्तुत गर्दा लेखकले समग्रतामा त्यो व्यक्तिलाई कसरी र किन प्रस्तुत गरे भन्ने अध्ययन गरियो भने शक्तिको खेल थाहा पाइन्छ । कुनै लेखकले निमुखा, मधेसी, महिला, दलित, जनजाति, अपांग, तेस्रो लिङ्गी, पिछडिएका र पाखा लगाइएका व्यक्ति वा समूह प्रस्तुत गर्दैमा मैले उनीहरूको पक्षमा बोले“ भन्ने दाबी गर्न सक्दैन । यस्ता पात्र नेपाली साहित्यमा केहीमात्रामा देखिएको आधारमै उनीहरूको सही प्रस्तुति भएको छ भन्नु अहिले उठेको बहुलता र परिचयको विवादलाई अस्वीकार गर्नु हो ।
लेखनमा निमुखाको प्रस्तुति कसरी भएको छ, बुझ्न लेखकले निमुखाप्रति दया र सहानुभूति देखाएको छ कि समानुभूति उत्पन्न गरेको छ भन्ने हर्ेर्नुपर्छ । दया र सहानुभूति शक्ति र सत्तामाथि बसेर देखाइन्छ भने निमुखा पात्रको दुःख, खुसी, जीवन, यथार्थ, र भोगाइको समान अनुभव गर्दा लेखक  र पाठक दुवैले निमुखास“ग समानुभूति राख्छन् । लेखनमा निमुखाहरू लेखकमार्फ बोले कि बोलेनन्, उनीहरूको आवाज लेखकले राख्न सक्यो कि सकेन - कि लेखक थाहा पाएर वा नपाएरै सत्ता र शक्तिधारी समूहको पक्षमा वकालत गर्न पुग्योजस्ता विषय हर्ेदा साहित्य र निमुखाको सम्बन्ध थाहा हुन्छ । उपन्यास घनचक्करले अन्याय र विभेद सहेका असफल विद्यार्थी, जोगी, पागल, निमुखाप्रति केही हदसम्म समानुभूति उत्पन्न गर्छ । 
कान्तिपुरबाट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।