17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल विमला निरौला ढुंगाना April 6, 2014, 3:14 am

प्रगतिलाई बिदेशीएका नेपालीका काम देखें,

मुटुभरी अभावका पिडाहरुको डाम देखें |

उन्नतिका केहि बाला टिपी घरमा बिस्कुन लाउने,

विश्वासमा उदायको कलिलो त्यो घाम देखें |

इमानदार, परिश्रमी, लगनशील नेपालीले,

मेहनत र पसिनालाई रोपेका ति ठाम देखें |

दिन-रात घोटियर मेसिन रुपी शरीर चल्दा,

रगतको सस्तो मूल्य तिरेको त्यो दाम देखें |

इच्छा मिची, खर्च जोगाई खायको त्यो माम देखें,

सुकी-सुकी बटुलेर पठाएको खाम देखें |

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।