19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राजेन्द्र पहाडीको हाइकुसङ्ग्रह बियाडको एक सर्वेक्षण

कृति/समीक्षा निरञ्जन पौडेल April 5, 2014, 7:29 pm

वि.सं. २०३० सालमा पर्वतको कुश्मामा जन्मिएका राजेन्द्र पहाडीले नेपाली साहित्य क्षेत्रमा हालसम्म ११ वटा पुस्तकाकार कृति सार्वजनिक गरिसकेका छन् । यस बाहेक उनका थुप्रै फुटकर रचनाहरु विभिन्न पत्रपत्रिका र पुस्तकहरुमा प्रकाशित भएकाछन् । उनले नेपाली साहित्य जगतमा पु¥याएको योगदानलाई मनन गर्दा उनी नेपाली साहित्य जगतका एक उज्जवल नक्षेत्र हुन् भन्दा अतिशयोक्ती हुँदैन । साहित्यिक कृति प्रकाशनको क्रममा उनले हालसालै हाइकू कविताहरुको सङ्ग्रह बियाड प्रकाशनमा ल्याएकाछन् ।

सुन्दर कलेवर, आकर्षक रूपरङ्ग र गहकिलो अन्तरबस्तु भएको बियाड हाइकूसङ्ग्रह समसामयिक, जनपक्षीय र मानवीय भावनाले ओतप्रोत छ । पर्वत जिल्लाको अग्रणी साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले प्रकाशकीय दायित्व निर्वाह गरेको यस सङ्ग्रहमा पहाडीले सिर्जना गरेका १ सय ७२ वटा हाइकूहरू सङ्ग्रहीत रहेका छन् । जसरी एउटा झुल्को आगोको फिलिङ्गोमा संसार नष्ट गर्न सक्ने जति क्षमता छ, त्यसरी नै पहाडीको कृतिमा उनले समाजमा रहेका कुरिति र विकृतिलाई नष्ट गर्न सधैं तत्पर रहेको आभास दिन्छन् आफ्ना हाइकूहरु मार्फत । वियाड हाइकूसङ्ग्रह भित्रका रचना पढ्दै जा“दा यसमा व्यक्त भएका भावनाले मलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले प्रतिपादन गरेका दुई पंक्तिको याद पनि आयो । घिमिरेको कालिगण्डकी कवितामा लेखिएको छ “मेरै सिल्पी यस सकलमा स्वस्त आकार देऊ, यौटा सानो सरल कृतिमा पूर्ण संसार देऊ ।”

हाइकू आफैमा लघुत्तम कविताको रुप हो । हाइकूमा प्रस्तत गरिएका ख“दिला विचारलाई शुत्रवद्ध बनाएर, चट्ट चाटिने आकारको शैलीमा लेखिनु पर्ने र यिनले प्रेषित गर्ने भावना विचारोत्तेजक हुनुपर्ने अपेक्षा राख्दछन् यसका पारखीहरु । त्यसो त सबै तत्व मिलेका हाइकू पढ्दा जिब्रो ट्वाक्क नपड्काउने व्यक्ति कमै होलान् । मैले माथि उल्लेख गरेजस्तै राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुई पंक्तिमा कति खँदिला विचार छन्, कति सम्प्रेषणीय भाषा छ, लय कति सुन्दर र मीठो छ, अनुप्रयास पनि सुन्दर ढङ्गबाट मिलेको छ । वास्तवमा एउटा प्रभावशाली कविको मार्मिक प्रस्तुतीले भिन्दै खालको झन्झनाहट पैदा गर्दछ मस्तिष्कमा ।

मेरो समझमा हाइकूजस्ता छोटा कविताले पनि कवित्वको यो मर्मलाई बोक्न सक्दछन् भन्ने लाग्छ । हाइकू गम्य र मननयोग्य हुन्छन् नै । हाइकू आफैमा छोटा हुन्छन् अपितु यिनले दिने सन्देश बढी नै विस्तृत र फराकिला हुन्छन् । थोरैमा धेरै अभिव्यक्त गर्न सक्ने क्षमता नै हाइकूको मर्म हो । यसैले म के ठान्दछु भने हाइकू आफू सानो हुनु र आफ्नो क्षितिज फराकिलो हुनु यसको महत्ता हो । पहाडीको हाइकूसङ्ग्रह बियाड भित्र एकसरो विचरण गर्दा पनि मेरो मानसमा धेरै खालका मनोभावहरु तछाडमछाड गर्दै आइरहे ।

सरसर्ति हेर्दा एक पोख्त व्यक्तिले निकै सुन्दर ढंगबाट बुनेको गुन्द्री जसरी विचारलाई पनि बुनिएको जस्तै लाग्यो हाइकुमा पनि । हाइकु पढ्दा मेरो मन, मस्तिस्कमा ५–७–५ को शैलीमा लेखिने छोटो प्रस्तुतिमा विचार व्यक्त गर्नुपर्ने बाध्यात्मक स्थितिले कतै दिमाखलाई तिखार्न खोजेको त होइन ? भन्ने प्रश्न पनि उब्जिरहेको थियो । भन्छन् सियो जति तिखो बनायो त्यति सिउन सजिलो हुन्छ, मेसिनले घोटी चिप्लो बनाएको तिखो सियो लुगा सिउ“दा कति छिटो अगाडि बढ्छ, भित्रभित्र पस्छ, छाम्दै जा“दा कुनै वेला मान्छेको हात च्वास्स

घोच्छ । हो त्यसै गरी हाइकुमा सम्प्रेषित विचार, प्रस्तुत गर्ने शैली र बिम्वको छनोट र बनोट पद्दती पनि त्यस्तै भएको जस्तो आभास मलाई अध्ययनका समयमा भइरहेको थियो । साथै मलाई जस्तै आभास प्रा.डा. रामकुमार पा“डेलाई पनि भएको थियो होला सायद । त्यसैले पनि उनले खुशी सहित यस कृतिमा शुभकामना व्यक्त गरेका छन् ।

बियाड माथि मेरो नजर अघि बढिरहेको छ । मेरो समझमा निखुलताले प्रवेश गरिरहेको महसुश गरिरहेको छु । जे होस् घाम लागिरहेको छ । कुहिरो हराइसकेको छ, अब अलि अलि मात्र बा“की छ । खाने मुखलाई जु“गाले छेक्दैन भनेझैं प्रयत्न गरी उदाएका व्यक्तित्वलाई कुनै पनि समस्याले अथवा सफलताकोे गोरेटोमा हि“डेको मान्छेलाई कुनै प्रकारको कुहिरोले छेक्दैन । बरू तेजमान गतिमा बढेका सूर्यका किरणलाई बीच बाटोमै ठिङ्ग उभिएर कुहिरो र बादलले मुड्की ताकेर तेर्सिएका हुन्छन् । सूर्यले किरण त पोख्छ तर, कुहिरोले ती संघर्षशील किरणलाई निल्दै गरेका दृष्यहरू कहिलेका“ही देखिन्छ । ती किरणहरू कुहिरोमा अल्मलिएर तेजमान गतिमा अघि बढ्ने कोसिस गरेपनि एक छिर्को पनि धर्तीमा नपरीकन विलाउ“छन् । यो कुरालाई हेरेर, अध्ययन गरेर हामीले यो नसोचौं की संसारमा यस्ता कुहिरोहरू हुन्छन् । र घामका तेजिला किरणहरू पूर्ण रूपमा अस्त भइसके । यदि हामीले अझै पनि यो विचार आफनो मस्तिष्कमा राखेका छौं भने हामीले ठूलो भुल गरिरहेका

छँैं । तर, उदीयमान प्रतिभा भने सधैं श्रम र सृजनाको यात्रामा निरन्तर बढेर कहिल्यै कुहिरो भित्र हराएको घाम बन्नु पर्दैन । म आफैभित्र यस्तै ठम्याईमा पुगेँ ।

हाइकूमा जादू हु“दो रहेछ । थोरैमा धेरै भन्नु पर्ने, भाषा तिखो बनाउनु पर्ने, घोटी घोटी चिप्लो बनाउनु पर्ने, गद्य भइकन पद्यको अनुभूति बनाउनु पर्ने । गहिरो भाव लुकेको सुन्दर विम्वको प्रयोग भएको यो बियाड सङ्ग्रहमा मैले पाए“ ।

मैले हाइकूसङ्ग्रह पढ्दा यसका सबै हाइकूलाई जोडेर एउटा आख्यानको रूप दिए“ । त्यहा“ मैले आफनो मनलाई विच्छ्याएँ । संसारमा छिटो दौडिने मन, आख्यानको सिंहासनमा यति छिटो लुटपुटियो, कहिले प्रेमलाई अङ्कमाल गर्न पुग्यो त कहिले प्रकृतिको काखमा खेल्न पुग्यो । त्यस्तै, कहिले गणतान्त्रिक चेतनामा राजनीति गर्न पुग्यो त कहिले साम्यवादको उच्च आशामा पनि पखेटा हाल्यो । एउटो मन थरी थरीका ठाउँमा थरी– थरीका ऋतुमा फल्ने फलको स्वाद लि“दै डुल्यो । एउटा कथाभित्र अनेक दृष्य आउँछन्, अनेक पात्र आउँछन्, त्यहा“ मन छ । त्यस्तै, प्रस्तुत हाइकूसङ्ग्रहलाई पनि टुक्राएर हेर्दा कसैले यसलाई अचारको रूपमा चाट्न सक्छ । जोडेर हेर्दा आफ्नै मनको गति पाउन सक्छ, मनको सङ्गति–विसङ्गति पाउन सक्छ । उच्च आशा र कल्पना पाउन सक्छ साथै यथार्थ र आदर्श भेट्न सक्छ ।

हाइकू सङ्ग्रह यस्तो होला कि एकल हाइकूले धेरैको सभामा बुझे भने ताली पाउ“ला, बढी अमिलो रूचाउनेले सा“धेको निबुवा खाएर ¥याल ग्रन्थी रसाउला । एउटा मात्र हाइकूमा सम्पूर्ण कुरा भन्न खोजिए पनि त्यो सम्भव होला तर म पनि विचारको संकेत मान्छु । राजेन्द्र पहाडीका धेरै कृतिहरू बजारमा आइसकेका छन् । जुन कृतिहरू तिखारिएको भाषामा तथा माझिएको भा“डोमा टलक्क टल्काएर खाउ“–खाउ“ लाग्दो गरी हाइकूका स–साना ऐसैंलु दाना रसिलो पारेर राखिएको छ ।

पहाडीको पछिल्लो प्रकाशन बियाड हाइकूसङ्ग्रहमा समाविष्ट विषयवस्तुहरु जीवन्त छन्, चोटिला छन्, समकालीन विषयवस्तुमा आधारित छन् र व्यङ्ग्यप्रधानताले ओतप्रोत छन् । जसलाई घामको किरणले ओइलाउन दिइएको छैन, भर्खरै बोटबाट टिपेर ल्याए जस्तै छन् । यिनका हाइकूमा जीवन अनुभवको उहापोहहरु अटेसमटेस भएर खनिएकाछन् । समाजको सकारात्मक रुपान्तरणका अपेक्षाहरु विच्छाइएकाछन् हाइकूरुपी विस्कुन बनाएर । सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक अतिसारका विरुद्ध आवाज बुलन्द गरिएकाछन् । यस अर्थमा यिनको हाइकूसङ्ग्रहले एक खालको पाठकीय तरङ्गको सिर्जना गर्ला भन्ने अपेक्षा गर्न सकिन्छ ।

एउटा समीक्षात्मक अन्तरदृष्टिले म सर्जक राजेन्द्र पहाडीको लेखनीले थप उज्यालो पर्गेल्दै अघि बढ्न सक्नुपर्छ भन्ने विश्वास राख्दछु । आगामी सङ्ग्रहमा जनता, देशको उन्नती प्रगती एवम् सबै क्षेत्रका लागि उच्च आशायुक्त हाइकूसङ्ग्रहहरू बजारमा आउन सकुन् । भाषा झनै बोधगम्य, सरल र झरल बनेर आओस् । किसान मजदुर र गरिवले बुझुने भाषाशैलीको प्रयोग भएर सिर्जनाहरु जन्मिइरहुन् । विगत र वर्तमानजस्तै आगामी रचनाहरु पनि सुटुक्क आएर भावक मनभित्र पसुन्, विम्वमा आउन्, बुनिएर आउन्, सरल भाषामा तिख्खर भएर आउन् । उनको लेखनमा बोलिएको भाषा, पर्वतको कुना, कन्धरा र पहाडबाट आएको शब्द मात्र नभई सिंगो नेपालको एउटा बुलन्द आवाज हो । उनको प्रगतिशील कलम अझै अगाडी बढोस् यही हार्दिक सादुवाद प्रकट गर्दछु !

कुस्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।