19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जीन्दगी

कविता रविन्द्रमान श्रेष्ठ April 13, 2008, 11:57 am

विशाल मरुभूमीमा हिँड्दै गएँ म
पैतालाको निशानी छाड्दै गएँ म
        पैंतालाको निशानी माथि पैंतला राखी
        टाढाबाट कोही आईरहेछ
नयाँ निशानीको अध्याय थपिँदै
पुराना निशानी मेटिदै गए ।
        नजिकदैं गएको त्यो मानिस पाएँ
        रगतको नाताको मेरो आफ्नै सन्तान थियो ।
दूर क्षितिजमा पुगे म
संसारबाट नै बिलिन भएँ म ।
ब्रसेल्स, बेल्जियम
(अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्धारा १२ अप्रील २००८ मा ब्रसेल्समा आयोजित वसन्त कवि गोष्ठीमा वाचित कविता)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।